वैदेशिक रोजगारका लागि एक वर्षमै ८ लाख ३९ हजार नेपालीले लिए श्रम स्वीकृति

Raju Yadav Raju Yadav
|
शुक्रबार, श्रावण २, २०८२
|
|
२ पटक हेरिएको
Shares
वैदेशिक रोजगारका लागि एक वर्षमै ८ लाख ३९ हजार नेपालीले लिए श्रम स्वीकृति

सारांश

  • २ साउन, काठमाडौं ।
  •   गत आर्थिक वर्षमा वैदेशिक रोजगारको लागि ८ लाखभन्दा बढी श्रमिकले श्रम स्वीकृति लिएका छन्।
  • वैदेशिक रोजगार विभागले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै गत आर्थिक वर्ष २०८१/८२ मा ८ लाख ३९ हजार २६६ जनाले वैदेशिक रोजगारको लागि श्रम स्वीकृति लिएको जानकारी दिएको हो।

२ साउन, काठमाडौं । 

गत आर्थिक वर्षमा वैदेशिक रोजगारको लागि ८ लाखभन्दा बढी श्रमिकले श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै गत आर्थिक वर्ष २०८१/८२ मा ८ लाख ३९ हजार २६६ जनाले वैदेशिक रोजगारको लागि श्रम स्वीकृति लिएको जानकारी दिएको हो।विभागकाअनुसार श्रम स्वीकृति लिनेहरुमा ७ लाख ४४ हजार ८ सय ११ जा पुरुष र ९४ हजार ४५५ जना महिला रहेका छन्।

गत आर्थिक वर्षमा सबैभन्दा धेरै श्रमिकहरु दश सबैभन्दा धेरै श्रम गन्तव्य मुलुकहरु युएई, साउदी अरेबिया, कतार, कुवेत, मलेसिया, रोमानिया, जापान, कोरिया, क्रोएसिया र बहराईन रहेका छन्। पत्रकार सम्मेलनमा बोल्दै विभागका महानिर्देशक कमल प्रसाद भट्टराईले विगत पाँच वर्षमा ३५ लाख १६ हजार ९६५ जनाले श्रम स्वीकृति लिएको उल्लेख गरे। उनका अनुसार हालसम्म १ हजार ६ सय ८७ संस्थाहरुले इजाजत प्राप्त गरेकोमा २०८२ असार मसान्तसम्म २१२ वटा संस्थाहरु नविकरण भएका छन्। उनले श्रम स्वीकृतिको सेवा प्रवाहलाई ‘वर्क प्रमिट अन दि सेम डे’को पूर्ण कार्यान्वयन भइरहेको पनि बताए।

उनले रित नपुगेको अनलाइन दरखास्तको हकमा आवश्यक कागजात पेस गर्न तत्कालै सन्देश पठाउने गरिएको पनि बताए। वैदेशिक रोजगारीको क्षेत्रलाई विचौलियामुक्त गरी शून्य सहनशीलताको नीतिलाई विभागले पूर्ण रुपमा अंगिकार गरेको पनि बताए।  महानिर्देशक भट्टराई वैदेशिक रोजगरासम्बन्धी कानुनलाई संशोधन गरी सरल, सहज र समय सापेक्ष बनाउने तथा वैदेशिक रोजगारीमा जान लाग्ने समय र लागत घटाउने विभागको अगामी योजना रहेको बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घोडेजात्रामा राष्ट्रपति र प्रधानमन्त्रीले गरे अश्वकला अवलोकन
घोडेजात्रामा राष्ट्रपति र प्रधानमन्त्रीले गरे अश्वकला अवलोकन
पानीको प्रयोगबाटै देश समृद्ध बनाउने लक्ष्य लिएका छौं : ऊर्जामन्त्री खड्का
पानीको प्रयोगबाटै देश समृद्ध बनाउने लक्ष्य लिएका छौं : ऊर्जामन्त्री खड्का
दुुई वर्षदेखि तलब नपाएको भन्दै खाँडाचक्रका कर्मचारीले गरे तालाबन्दी
दुुई वर्षदेखि तलब नपाएको भन्दै खाँडाचक्रका कर्मचारीले गरे तालाबन्दी
भारतले ३६ घण्टाभित्र आफूविरुद्ध सैन्य कारबाही गर्ने योजना बनाएको पाकिस्तानको दाबी
भारतले ३६ घण्टाभित्र आफूविरुद्ध सैन्य कारबाही गर्ने योजना बनाएको पाकिस्तानको दाबी
ऊर्जामन्त्रीले बुझे ताप्लेजुङमा लत्रेको विद्युत् तारमा बोलेरो जलेको घटनाको छानबिन प्रतिवेदन
औषधिसम्बन्धी गैरसरकारी विधेयक संसदमा दर्ता
औषधिसम्बन्धी गैरसरकारी विधेयक संसदमा दर्ता
सामाजिक सद्भाव कायम राख्न गृहद्वारा ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई १० बुँदे सर्कुलर जारी
सामाजिक सद्भाव कायम राख्न गृहद्वारा ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई १० बुँदे सर्कुलर जारी
नामिबियाका ट्रम्पलमनले लुम्बिनीबाट एनपीएल खेल्ने
नामिबियाका ट्रम्पलमनले लुम्बिनीबाट एनपीएल खेल्ने
निजामती अस्पतालमा तीन जना प्रदर्शनकारीको मृ*त्यु
निजामती अस्पतालमा तीन जना प्रदर्शनकारीको मृ*त्यु
मौसम खराब हुँदा अवतरण हुन सकेनन् जहाज, आधा दर्जन प्लेन आकाशमा घुम्दै
मौसम खराब हुँदा अवतरण हुन सकेनन् जहाज, आधा दर्जन प्लेन आकाशमा घुम्दै