औद्योगिक व्यवस्थापन लिमिटेडलाई एक हप्ताभित्र कार्ययोजना लिएर हाजिर हुन उद्योगमन्त्रीको निर्देशन

Raju Yadav Raju Yadav
|
बिहिबार, श्रावण १, २०८२
|
|
६ पटक हेरिएको
Shares
औद्योगिक व्यवस्थापन लिमिटेडलाई एक हप्ताभित्र कार्ययोजना लिएर हाजिर हुन उद्योगमन्त्रीको निर्देशन

सारांश

  • १ साउन, काठमाडौं ।
  •   उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले औद्योगिक व्यवस्थापन लिमिटेडलाई एक हप्ताभित्र कार्ययोजना लिएर मन्त्रालयमा हाजिर हुन निर्देशन दिनुभएको छ ।
  • औद्योगिक व्यवस्थापन लिमिटेडको ३८ औं वार्षिक उत्सवको अवसरमा आयोजित समारोहमा उहाँले यस्तो निर्देशन गर्नुभएको हो ।

१ साउन, काठमाडौं । 

उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले औद्योगिक व्यवस्थापन लिमिटेडलाई एक हप्ताभित्र कार्ययोजना लिएर मन्त्रालयमा हाजिर हुन निर्देशन दिनुभएको छ । औद्योगिक व्यवस्थापन लिमिटेडको ३८ औं वार्षिक उत्सवको अवसरमा आयोजित समारोहमा उहाँले यस्तो निर्देशन गर्नुभएको हो । अहिलेकै जसरी अब  पनि संस्था चल्ने कुरा सह्य नहुने बताउनु भयो । उद्योगमन्त्री भण्डारीले जिडिपिमा उद्योगको योगदान घटेको भन्दै यसलाई वृद्धि गर्न अब प्रभवकारी हिसावले लाग्नुपर्ने बताउनु भयो ।

उहाँले १५ प्रतिशतको हिस्सा ५ प्रतिशतमा झर्नु लाजमर्दो विषय भएको भन्दै अब सरकारले औद्योगिक क्षेत्र बढाएर उद्योगीहरुलाई आमन्त्रण गर्नुपर्ने आजको आवश्यकता रहेको बताउनु भयो । मन्त्री भण्डारीकाअनुसार अब औद्योगिक पूर्वाधार बनाउनुपर्छ । कुनैपनि उद्योगी व्यवसायीले जग्गामा लगानी गरेर पूर्वाधार बनाउन कठिन छ । छिमेकी मुलुकहरुमा पनि सरकारले नै औद्योगीक पार्क बनाएर उद्योगीहरुलाई उद्योग चलाउन दिर्दै आएको छ, त्यसबाट सिक्नुपर्छ । मन्त्री भण्डारीले राज्यले उद्योगलाई सहज रुपमा औद्योगिक पूर्वाधार दिएपछि उद्योग क्षेत्र स्वतः फस्टाउने बताउनु भयो । उहाँकाअनुसार एउटा आकर्षक औद्योगिक क्षेत्र बनाएर उद्योगीहरुलाई आउनुस् भनेर आमन्त्रण गर्ने काम अब राज्यले गर्नैपर्छ । त्यसका लागि औद्योगिक व्यवस्थापन लिमिटेड जस्ता निकायहरुले प्रभावकरी हिसावले काम गर्न जरुरी रहेको मन्त्री भण्डारीको भनाई रहेको छ ।

उहाँले भन्नुभयो– ‘म यही मञ्चबाट निर्देशन दिन्छु । औद्योगिक व्यवस्थापन लिमिटेडलाई अबको एकहप्ता भित्र कार्ययोजना लिएर मन्त्रालयमा आउनुस् । यसरी चल्दैन । सरकारले गर्नुपर्ने के हो ? कुन मन्त्रालयमा के गर्नुप¥यो ? हामी गर्न तयार छौं । यो संस्थान यो गतिले चलेर हुँदैन । समय तालिका भित्रै कार्ययोजना लिएर आउनुस् । सरकारले गर्नुपर्ने सबै काम गर्छ । यो संस्थान सुस्ताउनुपर्ने कारण नै छैन । कार्ययोजना बनाएर समय तालिका तय गरेरै अब कार्यान्वयन  गर्नुपर्छ । देशमा औद्योगिक लहर सिर्जना गर्नुपर्छ ।’ उहाँले पहिलो पटक केपी शर्मा ओली प्रधानमन्त्री बन्दा सात वटा प्रदेशमा सात वटा ठूला पूर्वाधार बनाउने निर्णय भएर

शिलन्याश भएपनि आज एक दशक पुग्दा समेत शुरु हुन नसक्नु दुर्भाग्य भएको बताउनु भयो । उहाँकाअनुसार अहिले ती शिलन्याश भएका ठाउँमा प्रक्रियाका नाममा काम शुरु हुन सकेका छैनन् । ती पूर्वाधारहरु बनाएर उद्योग क्षेत्र विस्तार गरि उद्योगको जिडिपिको हिस्सा ५ प्रतिशतबाट २० प्रतिशतमा पु¥याउनुपर्छ । एउटा औद्योगिक क्षेत्र बनाउन १० अर्ब लाग्छ भने अब पीपीपी मोडलमा औद्योगिक पार्क बनाउँदै लैजानुपर्नेमा मन्त्री भण्डारीले जोड दिनुभयो । उहाँले संसदबाट पास भएको बजेटलाई कार्यान्वयन गर्ने गरी अघि बढ्न समेत औद्योगिक व्यवस्थापन लिमिटेडलाई निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भ्रष्टचारी ठहर सर्लाहीका कांग्रेस सभापति सिंहले पदबाट दिए राजीनामा
भ्रष्टचारी ठहर सर्लाहीका कांग्रेस सभापति सिंहले पदबाट दिए राजीनामा
कान्तिलोकपथमा औषधि बोकेको ट्रक ब्रेकफेल भई दुर्घटना, सडक पूर्ण अवरुद्ध
कान्तिलोकपथमा औषधि बोकेको ट्रक ब्रेकफेल भई दुर्घटना, सडक पूर्ण अवरुद्ध
लाइन होटलहरुमा मुख्यमन्त्री सिंहको अनुगमन
लाइन होटलहरुमा मुख्यमन्त्री सिंहको अनुगमन
सामाजिक सञ्जाल मार्फत अराजक गतिविधि फैल्याउने व्यक्ति पक्राउ
सामाजिक सञ्जाल मार्फत अराजक गतिविधि फैल्याउने व्यक्ति पक्राउ
पर्व बिदामा पनि आयोगका कार्यालय खुला रहने
पर्व बिदामा पनि आयोगका कार्यालय खुला रहने
राष्ट्रपति पौडेल र न्युजिल्यान्डका उपप्रधानमन्त्रीबीच शिष्टाचार भेट
राष्ट्रपति पौडेल र न्युजिल्यान्डका उपप्रधानमन्त्रीबीच शिष्टाचार भेट
जग्गा घोटालामा टीकापुरका उपमेयर दोषी ठहर
जग्गा घोटालामा टीकापुरका उपमेयर दोषी ठहर
परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता
परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता
आजको मौसम : देशभर चट्याङसहित वर्षाको सम्भावना
आजको मौसम : देशभर चट्याङसहित वर्षाको सम्भावना
सविता भण्डारी बराललाई महान्यायाधिवक्ता नियुक्त गर्ने तयारी
सविता भण्डारी बराललाई महान्यायाधिवक्ता नियुक्त गर्ने तयारी