गोरखामा लिची बिक्रीबाट रु ११ करोड आम्दानी

Raju Yadav Raju Yadav
|
शुक्रबार, आषाढ १३, २०८२
|
|
२ पटक हेरिएको
Shares
गोरखामा लिची बिक्रीबाट रु ११ करोड आम्दानी

सारांश

  • १३ असार, गोरखा ।
  • गोरखाका किसानले लिची बिक्रीबाट यो वर्ष रु ११ करोड १५ लाख आम्दानी गरेका छन् ।
  • गत वर्षको तुलनामा जिल्लामा यसपटक लिची उत्पादनबाट किसानले झण्डै एक करोड १५ लाख बढी आम्दानी गर्न सफल भएकोे कृषि ज्ञानकेन्द्र गोरखाका प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिनुभयो ।

१३ असार, गोरखा ।

गोरखाका किसानले लिची बिक्रीबाट यो वर्ष रु ११ करोड १५ लाख आम्दानी गरेका छन् । गत वर्षको तुलनामा जिल्लामा यसपटक लिची उत्पादनबाट किसानले झण्डै एक करोड १५ लाख बढी आम्दानी गर्न सफल भएकोे कृषि ज्ञानकेन्द्र गोरखाका प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिनुभयो ।  “गतवर्ष यहाँ रु १० करोड बराबरको लिची बिक्री भएको थियो”, उहाँले भन्नुभयो, “तर यसपटक रु एघार करोडभन्दाबढी मूल्यको लिची किसानले बिक्री गरेका छन् ।’’ प्रमुख बस्ताकोटीले लिचीका लागि मौसम अनुकुल भएको तथा बगैँचा व्यवस्थापन राम्रो भएकाले उत्पादन बढेको बताउनुभयो ।

“यसपाली लिची उत्पादनका लागि मौसम अनुकूल रह्यो,” उहाँले भन्नुभयोे, “त्यसमा पनि किसानले समयमै औषधि उपचार तथा बगैँचाको राम्रो मलजल तथा सिँचाइ  व्यवस्थापन गरेका कारण उत्पादन राम्रो भएको हो ।” गोरखामा यो वर्ष एक हजार सात सय १६ मेट्रिक टन लिची उत्पादन भएको छ, जबकी गत वर्ष एक हजार पाँच सय ९७ मेट्रिक टन लिची उत्पादन भएको थियो । अघिल्लो वर्ष  एकसय ८० हेक्टर क्षेत्रफलमा लिची उत्पादन भएकोमा यो वर्ष एक सय ८७ हेक्टरमा लिची उत्पादन भएको प्रमुख बस्ताकोटीको भनाइ छ । उत्पादित लिची प्रतिकेजी रु ६५ का दरले बिक्री हुँदा किसानले मनग्य आम्दानी गरेको उहाँले बताउनुभयो । जिल्लाको पालुङटार नगरपालिकालाई लिचीखेतीको मुख्य पकेट क्षेत्र मानिन्छ । पालुङटारको वडा नम्बर ६, ७ र ८ बाट मात्रै ८० प्रतिशत लिची उत्पादन हुने गरेको छ । ती वडामा करिब ३० हजार लिचीका बोट छन् । पालुङटार क्षेत्रमै १५० हेक्टर जमिनमा लिचीखेती गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीमा १० के.जी. गाँजासहित दुई युवक पक्राउ
सर्लाहीमा १० के.जी. गाँजासहित दुई युवक पक्राउ
रहरले नभइ परिस्थितिले प्रधानमन्त्री बनेकी हुँ : सुशीला कार्की
रहरले नभइ परिस्थितिले प्रधानमन्त्री बनेकी हुँ : सुशीला कार्की
कोशी प्रदेशसभाः नीति तथा कार्यक्रममाथि छलफल
कोशी प्रदेशसभाः नीति तथा कार्यक्रममाथि छलफल
६८ लाखमा बनेको ‘भ्यूटावर’ प्रयोगविहीन
६८ लाखमा बनेको ‘भ्यूटावर’ प्रयोगविहीन
अध्यक्षको मनपरी शैलीविरुद्ध राष्ट्रिय अपाङ्ग महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी
अध्यक्षको मनपरी शैलीविरुद्ध राष्ट्रिय अपाङ्ग महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी
संसद पुनर्स्थापना रोजेर महाधिवेशन ढिलो गरे कांग्रेसलाई प्रत्युत्पादक हुन्छ : प्रदीप पौडेल
संसद पुनर्स्थापना रोजेर महाधिवेशन ढिलो गरे कांग्रेसलाई प्रत्युत्पादक हुन्छ : प्रदीप पौडेल
थाइल्याण्डबाट नेपालमा २२ किलो गाँजा तस्करी, विमानस्थलबाट समातिए दुई भारतीय
थाइल्याण्डबाट नेपालमा २२ किलो गाँजा तस्करी, विमानस्थलबाट समातिए दुई भारतीय
भारतको जम्मु–कश्मिरमा पर्यटकमाथि हमला, कम्तीमा २६ को मृत्यु
भारतको जम्मु–कश्मिरमा पर्यटकमाथि हमला, कम्तीमा २६ को मृत्यु
एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनामा २०४ जनाको मृत्यु
एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनामा २०४ जनाको मृत्यु
आत्मालोचना गर्दै विश्वप्रकाशले भने- देउवा, ओली र प्रचण्डले अब राजनीतिबाट बिदा लिनुपर्छ
आत्मालोचना गर्दै विश्वप्रकाशले भने- देउवा, ओली र प्रचण्डले अब राजनीतिबाट बिदा लिनुपर्छ