भिजिट भिसा प्रकरण : छानबिन समितिप्रति रास्वपा असन्तुष्ट, थप निर्णय गर्न बैठक बस्दै

Raju Yadav Raju Yadav
|
मंगलबार, आषाढ १०, २०८२
|
|
२ पटक हेरिएको
Shares
भिजिट भिसा प्रकरण : छानबिन समितिप्रति रास्वपा असन्तुष्ट, थप निर्णय गर्न बैठक बस्दै

सारांश

  • १० असार, काठमाडौं ।
  •   भिजिट भिसा प्रकरण छानबिनका लागि सरकारले बनाएको छानबिन समितिप्रति रास्वपाले असन्तुष्टि जनाएको छ ।
  • रास्वपाले भिजिट भिसा प्रकरणको विरोध गर्दै जेठ १३ गतेदेखि संसद् अवरोध गर्दै आएको थियो ।

१० असार, काठमाडौं । 

भिजिट भिसा प्रकरण छानबिनका लागि सरकारले बनाएको छानबिन समितिप्रति रास्वपाले असन्तुष्टि जनाएको छ । रास्वपाले भिजिट भिसा प्रकरणको विरोध गर्दै जेठ १३ गतेदेखि संसद् अवरोध गर्दै आएको थियो ।  उसले अध्यागमन विभागमा हुने सेटिङ र मानव तस्करी प्रकरणमा गृहमन्त्री रमेश लेखकको समेत संलग्नता रहेको हुन सक्ने भन्दै उच्चस्तरीय संसदीय वा न्यायिक समिति गठनको माग गर्दै आएको थियो ।

तर सरकारले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वैरागीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो । वैरागी नेतृत्वको छानबिन समितिले समस्या समाधान गर्न नसक्ने रास्वपाले जनाएको छ । रास्वपाका प्रवक्ता मनिष झाले टालटुले समिति गठन गर्दैमा रास्वपाले संसद् बैठकमा सहभागिता नजनाउने बताए । ‘बैठकमा हाम्रो सहभागिता हुँदैन । सहभागिता हुँदैन भन्दै गर्दा बहिस्कार गर्ने वा अवरोध गर्ने भन्ने अलग कुरा हो’, झाले भने, ‘टालटुले र कर्मकाण्डी छानबिन समिति बनाइयो यसले कुनै समस्या समाधान गर्दैन ।’उनले बैठक अवरोध वा बहिस्कार के गर्ने भन्ने प्रतिनिधि सभा बैठकअघि संसद् भवनमा छलफल गरेर निर्णय गर्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?