अदालत हाजिर भए धवल शम्शेर

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ २, २०८२
|
|
२ पटक हेरिएको
Shares
अदालत हाजिर भए धवल शम्शेर

सारांश

  • २ असार, काठमाडौं ।
  • राप्रपाका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य डा.
  • धवलशम्शेर राणा काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छन् ।

२ असार, काठमाडौं ।

राप्रपाका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य डा. धवलशम्शेर राणा काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छन् । उनी अदालतमा हाजिर भएलगत्तै न्यायाधीश शिवप्रसाद खनालको इजलासमा बयान सुरु गर्ने तयारी छ । अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार राणा सोमबार बिहान आफैं अदालत आएका हुन् । उनको बयान लिएर सकिएपछि बहस हुने र न्यायाधीशबाट थुनछेक सम्बन्धी आदेश आउने छ ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र भने अझै सम्पर्कमा छैनन् । गत चैत १५ गते राजावादीहरुले तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक बनाउन भूमिका खेलेको आरोपमा प्रहरीले मिश्र र राणालाई पक्राउ गरी मुद्दा चलाएको थियो । राणा र मिश्र हाजिरी जमानीमा छुटेका थिए । प्रदर्शनका मुख्य कमाण्डर दुर्गा प्रसाईंसहित ७ जना भने पुर्पक्षका लागि थुनामा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘निःशुल्क सिपमूलक तालिमका लागि’ ६८ हजार ८६६ को आवेदन
‘निःशुल्क सिपमूलक तालिमका लागि’ ६८ हजार ८६६ को आवेदन
आजको राजावादी प्रदर्शन सकियो, भोलि फेरि १२ बजेदेखि हुने
आजको राजावादी प्रदर्शन सकियो, भोलि फेरि १२ बजेदेखि हुने
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यूनविरुद्ध पक्राउ पुर्जी जारी
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यूनविरुद्ध पक्राउ पुर्जी जारी
भगौडा बर्गको पक्षपोषण गर्दै छन् सरकार : प्रभु साह
भगौडा बर्गको पक्षपोषण गर्दै छन् सरकार : प्रभु साह
कैलाली ५: रास्वपा उम्मेदवार दोब्बर मतले अघि, प्रेम आले चौथो स्थानमा
कैलाली ५: रास्वपा उम्मेदवार दोब्बर मतले अघि, प्रेम आले चौथो स्थानमा
विदेशीको विरोधले सेनाले हेटौंडा कपडा उद्योग चलाउने योजना रोकियो : रक्षामन्त्री
विदेशीको विरोधले सेनाले हेटौंडा कपडा उद्योग चलाउने योजना रोकियो : रक्षामन्त्री
मन्त्रिपरिषद्को बैठक बस्दै
मन्त्रिपरिषद्को बैठक बस्दै
झन्डै ४० घण्टापछि बल्ल नियन्त्रणमा आयो प्लाइ उद्योगको आगो
झन्डै ४० घण्टापछि बल्ल नियन्त्रणमा आयो प्लाइ उद्योगको आगो
घुससहित पक्राउ परेका जिल्ला अदालत कपिलवस्तुका दुई कर्मचारीविरुद्ध मुद्दा दायर
घुससहित पक्राउ परेका जिल्ला अदालत कपिलवस्तुका दुई कर्मचारीविरुद्ध मुद्दा दायर
प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगे बालेन
प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगे बालेन