स्वास्थ्य मन्त्रीलाई हर्कको प्रश्न : कार्यकर्ताको भवनलाई तीन करोड दिनेले सिटी अस्पताललाई कति दिन्छौँ ?

Raju Yadav Raju Yadav
|
सोमबार, जेठ २६, २०८२
|
|
४ पटक हेरिएको
Shares
स्वास्थ्य मन्त्रीलाई हर्कको प्रश्न : कार्यकर्ताको भवनलाई तीन करोड दिनेले सिटी अस्पताललाई कति दिन्छौँ ?

सारांश

  •   धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई कडा प्रश्न गरेका छन्।
  •   सत्तारुढ नेपाली कांग्रेस निकट नेपाल तरुण दलको भवन बनाउन सहरी विकास मन्त्रालयले तीन करोड विनियोजन गरेको आरोप छ।
  • गणेशमान सिंह स्मृति भवनका लागि विनियोजित बजेट तरूण दल भवनका लागि भन्दै तीन करोड बजेट छुट्याएको खबर बाहिर आएको थियो।

२६ जेठ, काठमाडौं । 

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई कडा प्रश्न गरेका छन्।  सत्तारुढ नेपाली कांग्रेस निकट नेपाल तरुण दलको भवन बनाउन सहरी विकास मन्त्रालयले तीन करोड विनियोजन गरेको आरोप छ। गणेशमान सिंह स्मृति भवनका लागि विनियोजित बजेट तरूण दल भवनका लागि भन्दै तीन करोड बजेट छुट्याएको खबर बाहिर आएको थियो।

चर्को आलोचना भएपछि तरूण दलका अध्यक्ष विद्वान गुरूङले  तरूण दल भवन नभई तरूण दलको आग्रहमा गणेशमान सिंह स्मृति भवनका लागि बजेट विनियोजन भएको बताएका थिए। सोही प्रशंग निकाल्दै उनले फेसबुकमा लेखे, ‘आफ्नो कार्यकर्ताको लागि भवन बनाउन ३ करोड दिने कांग्रेसले धरानको सिटी अस्पताल बनाउन कति दिँदो रैछ ! हेर्छु ! पत्र बुझाएको छु अस्ति ! स्वास्थ्य मन्त्रीज्यू !’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?