‘दिगो वन व्यवस्थापनमा ध्यान दिन जरूरी भइसक्यो’

Raju Yadav Raju Yadav
|
सोमबार, जेठ ५, २०८२
|
|
४ पटक हेरिएको
Shares
‘दिगो वन व्यवस्थापनमा ध्यान दिन जरूरी भइसक्यो’

सारांश

  • दिगो वन संरक्षण र सम्वर्द्धनका लागि सबै निकाय हातेमालो गरेर अघि बढ्न जरूरी रहेको सरोकारवालाहरूले बताएका छन् ।
  • डिभिजन वन कार्यालय पर्साले आज यहाँ आयोजना गरेको वन सम्वर्द्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन विषयक छलफलका वक्ताहरूले वनलाई बनाउन सबैले समन्वय गरेर अघि बढ्नुपर्ने बताउनुभएको हो ।
  • वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका अनुसन्धान अधिकृत विष्णुप्रसाद ढकालले दिगो वन संरक्षण र सम्वर्द्धनका लागि सरोकारवाला निकाय हातेमालो गरेर अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।

 

 

५ जेठ ,पर्सा ।

दिगो वन संरक्षण र सम्वर्द्धनका लागि सबै निकाय हातेमालो गरेर अघि बढ्न जरूरी रहेको सरोकारवालाहरूले बताएका छन् । डिभिजन वन कार्यालय पर्साले आज यहाँ आयोजना गरेको वन सम्वर्द्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन विषयक छलफलका वक्ताहरूले वनलाई बनाउन सबैले समन्वय गरेर अघि बढ्नुपर्ने बताउनुभएको हो ।

वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका अनुसन्धान अधिकृत विष्णुप्रसाद ढकालले दिगो वन संरक्षण र सम्वर्द्धनका लागि सरोकारवाला निकाय हातेमालो गरेर अघि बढ्न आवश्यक रहेको बताउनुभयो । “एउटा निकायले चाहेर मात्र दिगो वन संरक्षण हुन सक्दैन । त्यसका लागि सबै निकायले एक अर्काेसँग सहकार्य गरेको खण्डमा मात्रै प्रभावकारी ढङ्गले संरक्षणको काम अघि बढाउन सकिन्छ”, उहाँले भन्नुभयो, “राज्यका निकायले सरोकारवाला निकायसँग मिलेर नै दिगो वनका कार्यक्रमलाई कार्यान्वयन गर्नेतर्फ अग्रसर हुन जरूरी भइसकेको छ ।” अधिकृत ढकालले विभिन्न खालका लहराले समस्या निम्ताउन थालेको बताउनुभयो । “

विभिन्न प्रजातिका लहरा तथा झारले साल प्रजाति रूखको अपेक्षाकृत वृद्धि विकास हुन सकिरहेको छैन”, उहाँले भन्नुभयो, “त्यसतर्फ पनि गम्भीर भएर समीक्षा गर्नुपर्ने बेला भइसकेको छ ।” डिभिजन वन कार्यालय पर्साका डिभिजनल वन अधिकृत मञ्जुर अहमदले पर्सामा साझेदारी र सामुदायिक वनमार्फत वन जङ्गलको संरक्षणमा दिगोपना खोज्दै आइरहेको बताउनुभयो । “सीमित स्रोतसाधन र जनशक्तिको बाबजुत पनि वनजङ्गल संरक्षण गर्नेतर्फ अग्रसर हुँदै आइरहेका छौँ”, उहाँले भन्नुभयो, “भावी पुस्ताका लागि पनि वनजङ्गल जोगाउन अनिवार्य छ ।” डिभिजनल प्रमुख अहमदले वनजङ्गलको प्राकृतिक स्रोतको दिगोपनमा ध्यान दिन जरूरी रहेको बताउनुभयो । “वनपैदावर प्राकृतिक स्रोत भएकाले पनि सबैले हातेमालो गरेर जोगाउन जरूरी भइसकेको छ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?