प्रतिनिधिसभामा भूमि सम्बन्धी विधेयक प्रस्तुत गरिने

Raju Yadav Raju Yadav
|
बुधबार, बैशाख ३१, २०८२
|
|
३ पटक हेरिएको
Shares
प्रतिनिधिसभामा भूमि सम्बन्धी विधेयक प्रस्तुत गरिने

सारांश

  • बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजे बस्नेछ ।
  •   बैठकमा मङ्गलबार सुरु भएको आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल जारी रहने छ ।
  • यसअघि यही वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संसदका दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रम प्रतिनिधिसभा र राष्ट्रियसभाबाट आइतबार बहुमतले पारित भएको थियो ।

 

३१ वैशाख,काठमाडौं–

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजे बस्नेछ ।  बैठकमा मङ्गलबार सुरु भएको आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल जारी रहने छ ।

यसअघि यही वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संसदका दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रम प्रतिनिधिसभा र राष्ट्रियसभाबाट आइतबार बहुमतले पारित भएको थियो ।यस्तै, बुधबारको बैठकमा ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ पेस गरिने कार्यसूची छ । यसैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ प्रस्तुत गर्ने छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?