बुढानीलकण्ठमा सुरु भयो कांग्रेस पदाधिकारी बैठक

Raju Yadav Raju Yadav
|
शुक्रबार, बैशाख २६, २०८२
|
|
२ पटक हेरिएको
Shares
बुढानीलकण्ठमा सुरु भयो कांग्रेस पदाधिकारी बैठक

सारांश

  •   २६ वैशाख, काठमाडौं ।
  •   सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ।
  • बैठक केही बेरअघि सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा सुरु भएको हो।

 

२६ वैशाख, काठमाडौं । 

सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ। बैठक केही बेरअघि सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा सुरु भएको हो।  कांग्रेसका एक पदाधिकारीले नेपालखबरलाई दिएको जानकारीअनुसार बैठकमा समसामयिक राजनीतिक, संक्रमणकालीन न्याय (टीआरसी) लगायत एजेन्डा प्रस्तुत भएका छन्।

त्यसो त यसबीच गभर्नर नियुक्तिका विषयमा कांग्रेस र एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीबीच खटपट भइरहेको खबर पनि सार्वजनिक भएको छ।  कार्यकाल सकिनु १ महिनाअगाडि नै नियुक्त गर्नुपर्ने कानुनी प्रावधान भए पनि अघिल्ला गभर्नरको कार्यकाल सकिएको एक महिनासम्म पनि सरकारले गभर्नर नियुक्त गर्न सकेको छैन।गठबन्धन सरकारका प्रमुखहरु प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको लगातारको छलफलपछि बुधबार नेपाल राष्ट्र बैंककै कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजीनामा स्वीकृत गराएर बिहीबार राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने निश्चित भएको थियो। पछिल्ला दिन त सत्ता गठबन्धनको मुख्य दल कांग्रेसका दोस्रो तहका नेताले सार्वजनिक रूपमै प्रधानमन्त्री ओलीको शैलीप्रति असन्तुष्टि जनाइरहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?