स्वास्थ्य संस्थाले नागरिक बडापत्रमा सेवाको शुल्क टाँस्नुपर्छः पौडेल

Raju Yadav Raju Yadav
|
बिहिबार, बैशाख १८, २०८२
|
|
२ पटक हेरिएको
Shares
स्वास्थ्य संस्थाले नागरिक बडापत्रमा सेवाको शुल्क टाँस्नुपर्छः पौडेल

सारांश

  •   १८ वैशाख, पोखरा – स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निःशुल्क नभएको स्वास्थ्य संस्थाले नागरिक बडापत्रमा सेवाको शुल्क टाँस्नुपर्ने बताएका छन्।
  •   उनले नेपालमा कहीँ पनि स्वास्थ्य निःशुल्क नभएको ठोकुवा गर्दै सरकारी अस्पताल निजीभन्दा सस्तो मात्रै भएको बताए।
  • बिहीबार तनहुँको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एल नेपालको सहकार्यमा स्थापना गरिएको हेमोडायलासिस युनिटको शुभारम्भमा उनले भने,  ‘नागरिक बडापत्र टाँसेर के सेवाबापतको कति पैसा लिनुभएको हो त्यो सार्वजनिक गर्नुपर्छ।

 

१८ वैशाख, पोखरा –

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निःशुल्क नभएको स्वास्थ्य संस्थाले नागरिक बडापत्रमा सेवाको शुल्क टाँस्नुपर्ने बताएका छन्।  उनले नेपालमा कहीँ पनि स्वास्थ्य निःशुल्क नभएको ठोकुवा गर्दै सरकारी अस्पताल निजीभन्दा सस्तो मात्रै भएको बताए। बिहीबार तनहुँको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एल नेपालको सहकार्यमा स्थापना गरिएको हेमोडायलासिस युनिटको शुभारम्भमा उनले भने,  ‘नागरिक बडापत्र टाँसेर के सेवाबापतको कति पैसा लिनुभएको हो त्यो सार्वजनिक गर्नुपर्छ। ’

मन्त्री पौडेलका अनुसार साउनदेखि अस्पतालहरुमा एक्सरेको रिपोर्ट ‘ब्ल्याक प्रिन्ट’ को सट्टामा पेनड्राइभ दिइने भएको छ। बिरामीको खर्च घटाउन ‘ब्ल्याक प्रिन्ट’ हटाएर डिजिटल रिपोर्ट दिन लागेको मन्त्री पौडेलले बताएका हुन्। ‘त्यो एउटा रिपोर्टको सामान्य किन्ने मुल्य ४०० पर्छ। अस्पतालमा आउदा कति पर्छ रु आफ्नो ठाउँमा छ। एमआरआइ गर्दा ४ वटा प्लेट निकाल्नुपर्छ। त्यसको मुल्य अस्पतालहरुमा करिब २४/२५ सय छ’, पौडेलले भने, ‘त्यो रिपोर्ट व्यक्ति नागरिकले त हेर्न जान्दैन। हेर्ने डाक्टर भएको ठाउँमा मात्रै हो। अब त्यो ‘ब्ल्याक प्रिन्ट’ बाट रिपोर्ट दिन बन्द गरिन्छ। रिपोर्ट पेनड्राइभमा दिइन्छ।’ डाक्टरले डेक्सटप ल्यापटपमा रिपोर्ट हेर्ने मन्त्री पौडेलको भनाइ छ। मन्त्री पौडेलले पेनड्राइभमा रिपोर्ट दिन थालेपछि बिरामीको लगानी घट्ने बताए। ‘बढीमा २ सयमा हुने कुरा अहिले हामीले २४ सय खर्च गरेका छौं’, उनकाे भनाइ थियो। स्वास्थ्य बिमा जो जहाँ छ त्यहीको अस्पतालबाट लिन पाउने बताए। ‘हिजोदेखि हामीले जो मानिस जहाँ बिरामी हुन्छ त्यही उपचार गर्न पाउने गरी रिफर गर्ने व्यवस्था हामीले गरेका छौं’, मन्त्रीपरिषद्को निर्णय सुनाउदै मन्त्री पौडेलले भने, ‘व्यक्ति विमामा आबद्ध हुन पहिला तीन महिना लागथ्यो अब एक महिनामात्रै लाग्छ। यी यस्ता थुप्रै परीवर्तनहरु हामीले गरेका छौं।’ उनले अस्पतालको फार्मेसीले औषधी छैन भन्न नपाउने दाबी गरे। मन्त्री पौडेलको भनाइ छ,

‘त्यो गैरकानुनी हो। धेरै औषधी बेचेर फार्मेसीलाई नाफा हुन्छ। आफैंलाई नाफा हुने काम पनि किन हुदैन?’ औषधी बेचेर नाफा कमाउनुको सट्टा औषधि नै छैन भन्न नपाइने उनले चेतावनी दिए। जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपाचार केन्द्रलाई विशिष्टकृत अस्पतालको रुपमा विकास गर्न आफूले पहल गरिरहेको मन्त्री पौडेलले सुनाए। ‘त्यसो भयो भने नेपालबाट मात्रै होइन यहाँ बाहिरबाट पनि उपचार गर्न मानिसहरु आउने स्थिति आउँछ।’ ३०० शैय्याको अस्पताल बनाउन भारत सरकारको स्वास्थ्य मन्त्रालयमा पूर्वाधार र यन्त्रउपकरणको सम्झौताको फाइल पुगेको उनले जानकारी दिए। उनले अबको तीन महिनाभित्र जिपी कोइराला राष्ट्रिय उपचार केन्द्रमा सिटी स्क्यान मेसिन आउने घोषणासमेत गरेका छन्। लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एल नेपालको सहकार्यमा अस्पतालमा ७ वटा हेमोडायलासिस मेसिन जडान गरिएको छ। पहिलो चरणमा एक सिफ्ट मात्रै डायलासिस गरिने अस्पतालका कार्यकारी निर्देशक डा। रामकुमार श्रेष्ठले जानकारी दिए। दैनिक पाँच जनाको निशुल्क डायलासिस हुने बताए। डायलासिसको परीक्षण गरिसकिएको छ। मेसिन लायन्स क्बलले दिएपनि भौतिक पूर्वाधार र जनशक्ति अस्पतालले व्यवस्थापन गरेको हो। ‘अस्पतालले ७ जनाको डायलासिस टिम निर्माण गरेका छौं’, उनले भने।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाफलमा स्टिकर तथा मेडल गोदाममा आगलागी, डेढ घण्टामा नियन्त्रण
बाफलमा स्टिकर तथा मेडल गोदाममा आगलागी, डेढ घण्टामा नियन्त्रण
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
कीर्तिपुरस्थित निर्माणाधीन क्रिकेट रंगशालाको निरीक्षण गर्न पुगे प्रधानमन्त्री
कीर्तिपुरस्थित निर्माणाधीन क्रिकेट रंगशालाको निरीक्षण गर्न पुगे प्रधानमन्त्री
प्रधानमन्त्री ओलीले सुनाए आफ्नो मिर्गौला फेल हुनुको कारण
प्रधानमन्त्री ओलीले सुनाए आफ्नो मिर्गौला फेल हुनुको कारण
बितेका छ महिनामा धनुषामा सडक दुर्घटनामा २६ जनाको मृत्यु
बितेका छ महिनामा धनुषामा सडक दुर्घटनामा २६ जनाको मृत्यु
सुनको मूल्यले बनायो फेरि नयाँ रेकर्ड, तोलाको १ लाख ५२ हजार ६ सय रुपैयाँ
सुनको मूल्यले बनायो फेरि नयाँ रेकर्ड, तोलाको १ लाख ५२ हजार ६ सय रुपैयाँ
बागमती नगरपालिकाका मेयर एकैदिन २ भ्रष्टाचार मुद्दामा दोषी ठहर
बागमती नगरपालिकाका मेयर एकैदिन २ भ्रष्टाचार मुद्दामा दोषी ठहर
गौतमबुद्ध विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान
गौतमबुद्ध विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान
मधेश भवन अगाडि आज पनि सांसदहरु धर्नामा
मधेश भवन अगाडि आज पनि सांसदहरु धर्नामा
छोराको हत्या आरोपमा मकवानपुरका भ्लोन दम्पती हिरासतमा
छोराको हत्या आरोपमा मकवानपुरका भ्लोन दम्पती हिरासतमा