हट्यो प्रेस काउन्सिल अध्यक्षको योग्यता बदल्ने प्रस्ताव

Raju Yadav Raju Yadav
|
बुधबार, बैशाख १७, २०८२
|
|
२ पटक हेरिएको
Shares
हट्यो प्रेस काउन्सिल अध्यक्षको योग्यता बदल्ने प्रस्ताव

सारांश

  •   १७ वैशाख, काठमाडौं ।
  • केही नेपाल ऐन संशोधन विधेयकबाट प्रेस काउन्सिल अध्यक्षको योग्यता बदल्ने प्रस्ताव हटेको छ ।
  • सरकारले प्रेस काउन्सिलको अध्यक्षको योग्यतामा फेरबदल गर्ने गरी यो विधेयक ल्याएको थियो ।

१७ वैशाख, काठमाडौं ।

केही नेपाल ऐन संशोधन विधेयकबाट प्रेस काउन्सिल अध्यक्षको योग्यता बदल्ने प्रस्ताव हटेको छ । सरकारले प्रेस काउन्सिलको अध्यक्षको योग्यतामा फेरबदल गर्ने गरी यो विधेयक ल्याएको थियो । तर, संसदले त्यसलाई हटाएर विधेयक अगाडि बढाएको हो । प्रेस काउनिसल ऐनको दफा ६ मा काउन्सिलको गठन सम्बन्धी व्यवस्था छ । दफा ६ को उपदफा १ मा अध्यक्षको योग्यता सम्बन्धी व्यवस्था छ । ‘सर्वोच्च अदालतको अवकाश प्राप्त न्यायाधीश वा वरिष्ठ अधिवक्ता वा पत्रपत्रिकाको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तिहरूमध्येबाट नेपाल सरकारबाट मनोनित व्यक्ति अध्यक्ष’ हुने प्रावधान छ ।

सरकारले यसलाई बदलेर ‘सर्वोच्च अदालतको अवकाश प्राप्त न्यायाधीश वा वरिष्ठ अधिवक्ता’ भन्ने शब्दको सट्टा ‘उच्च अदालतको अवकाश प्राप्त न्यायाधीश वा त्यस्तो न्यायाधीश हुन योग्यता पुगेको व्यक्ति’ भन्ने शब्द राखेको थियो । प्रतिनिधि सभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिले प्रेस काउन्सिलका अध्यक्षको योग्यता बदल्ने सरकारको प्रस्ताव सम्बन्धी व्यवस्थालाई विधेयकबाट झिकेर प्रतिनिधि सभामा पेस गरेको थियो । जसलाई प्रतिनिधि सभाले पारित गरेर अगाडि बढाएको छ । केही नेपाल ऐन संशोधन विधेयक अघिल्लो सरकारको पालामा तत्कालीन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ल्याएका थिए ।

२६ वैशाख २०८० मा यो विधेयक प्रतिनिधि सभामा दर्ता भएको थियो । दफावार छलफलका लागि प्रतिनिधि सभाले विषयगत समितिमा २९ भदौ २०८० मा पठाइएको थियो । समितिबाट पास भएर सभामा १४ वैशाख २०८१ मा पुगेको थियो । मंगलबार प्रतिनिधि सभाले पारित गरेको छ । अब यो विधेयक राष्ट्रिय सभामा जानेछ । राष्ट्रिय सभाले पारित गरेपछि पुनः प्रतिनिधि सभामा आउने छ । सभामुख हुँदै राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनको रुपमा लागू हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ कृषिमन्त्री आएपनि मन्त्रालयको प्रवेशद्वारमा कर्मचारीको धर्ना जारी
नयाँ कृषिमन्त्री आएपनि मन्त्रालयको प्रवेशद्वारमा कर्मचारीको धर्ना जारी
सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउनुपर्छ : राष्ट्रपति
सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउनुपर्छ : राष्ट्रपति
धुम्बाराहीमा इभी बसमा आगलागी
धुम्बाराहीमा इभी बसमा आगलागी
पोखरामा निर्माणाधीन घरको लिफ्टबाट खसेर इन्जिनियरको मृत्यु
पोखरामा निर्माणाधीन घरको लिफ्टबाट खसेर इन्जिनियरको मृत्यु
भष्टाचारिलाई पाँच वर्षे हदम्यादको बारेमा सरकारले स्पष्ट जवाफ दिनुपर्छ’
भष्टाचारिलाई पाँच वर्षे हदम्यादको बारेमा सरकारले स्पष्ट जवाफ दिनुपर्छ’
मिश्र र राणालाई रिहा नगरे आन्दोलन गर्छौँ : पशुपतिशम्सेर
मिश्र र राणालाई रिहा नगरे आन्दोलन गर्छौँ : पशुपतिशम्सेर
कर्मचारी सरुवा तत्काललाई रोक्का
कर्मचारी सरुवा तत्काललाई रोक्का
प्रधानमन्त्रीको निर्देशनः सरकारले आयोजना गर्ने कार्यक्रममा सहभागी नहुनेलाई अर्को पटक नबोलाउनू
प्रधानमन्त्रीको निर्देशनः सरकारले आयोजना गर्ने कार्यक्रममा सहभागी नहुनेलाई अर्को पटक नबोलाउनू
चीनको नयाँ हाई–स्पिड ट्रेन परीक्षणमा, ४५० किमी प्रतिघण्टा गति
चीनको नयाँ हाई–स्पिड ट्रेन परीक्षणमा, ४५० किमी प्रतिघण्टा गति
रौतहटबाट चार महिनामा एक करोड बढीका अवैध सामान बरामद
रौतहटबाट चार महिनामा एक करोड बढीका अवैध सामान बरामद