अख्तियार र सीआइबीको कर्मचारी हुँ भन्दै ठगी गर्ने पक्राउ

Raju Yadav Raju Yadav
|
शनिबार, बैशाख १३, २०८२
|
|
४ पटक हेरिएको
Shares
अख्तियार र सीआइबीको कर्मचारी हुँ भन्दै ठगी गर्ने पक्राउ

सारांश

  •   १३ वैशाख, जनकपुरधाम —  जिल्ला प्रहरी कार्यालय धनुषाले आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान र सीआइबीको कर्मचारी भन्दै ठगी गर्दै हिँड्ने एकजनालाई पक्राउ गरेको छ।
  • अख्तियार दुरुपयोग अनुसन्धान र सीआइबीको कर्मचारी हुँ भन्दै ठगी गर्ने एक जनालाई सहिदनगर नगरपालिकाबाट पक्राउ गरिएको हो।
  • पक्राउ पर्नेमा बटेश्वर गाउँपालिका–५ कालिपुरका ३० वर्षीय रामभजन मण्डल रहेका छन्।

 

१३ वैशाख, जनकपुरधाम —

 जिल्ला प्रहरी कार्यालय धनुषाले आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान र सीआइबीको कर्मचारी भन्दै ठगी गर्दै हिँड्ने एकजनालाई पक्राउ गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान र सीआइबीको कर्मचारी हुँ भन्दै ठगी गर्ने एक जनालाई सहिदनगर नगरपालिकाबाट पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा बटेश्वर गाउँपालिका–५ कालिपुरका ३० वर्षीय रामभजन मण्डल रहेका छन्। उनले आम सर्वसाधारण र प्रहरीलाईसमेत झुक्याएर ठगी गर्ने गरेको धनुषा प्रहरीले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ। अख्तियार दुरुपयोग अनुसन्धान बर्दिबास र केन्द्रीय अनुसन्धान ब्यूरोको कर्मचारी हुँ भन्दै विभिन्न लाभ लिने गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?