मानव बेचबिखनमा संलग्न फरार प्रतिवादीलाई ११ वर्षपछि पक्राउ

Raju Yadav Raju Yadav
|
बुधबार, बैशाख १०, २०८२
|
|
२ पटक हेरिएको
Shares
मानव बेचबिखनमा संलग्न फरार प्रतिवादीलाई ११ वर्षपछि पक्राउ

सारांश

  •   १० वैशाख, काठमाडौं ।
  •   प्रहरीले मानव बेचबिखनमा संलग्न फरार प्रतिवादीलाई ११ वर्षपछि पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा ओखलढुंगा चम्पादेवी गाउँपालिका–१ घर भएका हाल काठमाडौं महानगरपालिका–२६ ठमेल बस्ने  ३० वर्षीय आशिष नेपाली रहेका छन् ।

 

१० वैशाख, काठमाडौं । 

प्रहरीले मानव बेचबिखनमा संलग्न फरार प्रतिवादीलाई ११ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगा चम्पादेवी गाउँपालिका–१ घर भएका हाल काठमाडौं महानगरपालिका–२६ ठमेल बस्ने  ३० वर्षीय आशिष नेपाली रहेका छन् । उनले पीडित बालिकालाई २०७० फागुन ११ गते चीनको खासास्थित छिरिङ डान्सबारमा लगि १८ हजार रूपैयाँमा बेचबिखन गरेको आरोप छ ।

सोही घटनामा संलग्न रही वारदात मिति देखि फरार रहेका आशिषलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौं बबरमहलबाट मंगलबार पक्राउ गरेको हो । उनी उपर काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?