तीनकुने घटना : दुर्गां प्रसाईंसहितका व्यक्तिमाथि पुनः म्याद थप हुँदै

Raju Yadav Raju Yadav
|
बुधबार, बैशाख १०, २०८२
|
|
२ पटक हेरिएको
Shares
तीनकुने घटना : दुर्गां प्रसाईंसहितका व्यक्तिमाथि पुनः म्याद थप हुँदै

सारांश

  •   १० वैशाख, काठमाडौं ।
  • तीनकुनेमा भएको राजावादी प्रदर्शनमा पक्राउ परेकाहरूलाई आज बुधबार पुनः म्याद थप गर्न लागिएको छ ।
  • राजावादी प्रदर्शनका जनकमान्डर तोकिएका दुर्गा प्रसाईंसहितका व्यक्तिमाथि म्याद थप गर्न जिल्ला अदालत काठमाडौं उपस्थित गराइएको छ ।

१० वैशाख, काठमाडौं ।

तीनकुनेमा भएको राजावादी प्रदर्शनमा पक्राउ परेकाहरूलाई आज बुधबार पुनः म्याद थप गर्न लागिएको छ ।राजावादी प्रदर्शनका जनकमान्डर तोकिएका दुर्गा प्रसाईंसहितका व्यक्तिमाथि म्याद थप गर्न जिल्ला अदालत काठमाडौं उपस्थित गराइएको छ । प्रसाईं र उनका बडिगार्ड दीपक खड्कालाई दोस्रो पटक म्याद थप गर्न लागिएको हो ।

उनीहरूविरुद्ध पहिलो पटक २९ चैतमा काठमाडौं जिल्ला अदालतबाट १२ दिनको म्याद थप भएको थियो । तीनकुने घटनामा नै पक्राउ परेका रवीन्द्र मिश्रलगायत २० जनाविरुद्ध २६ चैतमा १५ दिनको म्याद थप भएको थियो । उनीहरूसँगै म्याद मिलान गर्न प्रसाईंलाई १२ दिन म्याद थप भएको थियो । अहिले पुनः उनीहरूलाई म्याद थप गर्न काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ । पक्राउ परेकाहरूको धमाधम बयान भइरहेको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख रामहरि शर्मा काफ्लेले बताए । उनका अनुसार बयानको काम अन्तिम चरणमा पुगेको छ । अहिले परिसरको हिरासतमा ६४ जना छन् । अहिलेसम्म पक्राउ परेका मध्ये ८५ जनालाई अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको थियो । उनीहरूमध्ये २१ जनालाई भने हाजिरी जमानीमा रिहा गरेर अनुसन्धान गरिएको छ । तर हाजिरी जमानीमा छाडिएकाहरूलाई मुद्दा भने चलाइने प्रहरीले बताएको छ ।

दुर्गा प्रसाईंको नेतृत्वमा १५ चैतमा भएको राजावादी प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको ज्यान गएको थियो । पत्रकारसहित दुई जनाको मृत्यु भएको तीनकुने घटनाको मुख्य योजनाकार प्रसाईं भारतको आसामबाट २८ चैतमा पक्राउ परेका थिए । २९ चैतमा काठमाडौं ल्याएर उनीमाथि अनुसन्धान अघि बढाइएको छ । झापाको बिर्तामोड नगरपालिका–५ का ५४ वर्षीय विवादास्पद व्यक्ति प्रसाईंले पछिल्लो समय ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ चलाइरहेका थिए । उनैको महाअभियानलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले १५ चैतमा तीनकुनेमा सभा गर्नका लागि अनुमति दिएको थियो । राजा फर्काउने दाबी गर्दै १५ चैतमा प्रसाईंको नेतृत्वमा तीनकुनेमा प्रदर्शन भएको थियो । तर उक्त प्रदर्शन हिंसात्मक बन्यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोर्चुगल पठाउने भन्दै ५ लाख ३५ हजार ठगेर फरार २७ वर्षीया युवती पक्राउ
पोर्चुगल पठाउने भन्दै ५ लाख ३५ हजार ठगेर फरार २७ वर्षीया युवती पक्राउ
प्रदेश गौरवको आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले भवनको शिलान्यास
प्रदेश गौरवको आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले भवनको शिलान्यास
बन्दीपुरका एक सय किसानलाई मौरीसहित घार वितरण
बन्दीपुरका एक सय किसानलाई मौरीसहित घार वितरण
संसद्‍मा बोल्न नपाएपछि पत्रकार सम्मेलनको तयारी गर्दै गृहमन्त्री लेखक
संसद्‍मा बोल्न नपाएपछि पत्रकार सम्मेलनको तयारी गर्दै गृहमन्त्री लेखक
कक्षा १२ को परिक्षा आजदेखि, ४ लाख ६७ हजारले परीक्षा दिँदै। 
कक्षा १२ को परिक्षा आजदेखि, ४ लाख ६७ हजारले परीक्षा दिँदै। 
मकवानपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु
मकवानपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु
बिहानै डोल्पामा ४.१ म्याग्निच्युडको भूकम्पको धक्का
बिहानै डोल्पामा ४.१ म्याग्निच्युडको भूकम्पको धक्का
फेटा गाउपालिकामा वडा स्तरीय सुधार समिति गठन
फेटा गाउपालिकामा वडा स्तरीय सुधार समिति गठन
१४ किलो सुन प्रकरणमा त्रिभुवन विमानस्थलका सरसफाइ सुपरभाइजर पक्राउ
१४ किलो सुन प्रकरणमा त्रिभुवन विमानस्थलका सरसफाइ सुपरभाइजर पक्राउ
स्वार्थ समूहको प्रभावमा मन्त्रिपरिषद् विस्तार भएको प्रभु साहको आरोप
स्वार्थ समूहको प्रभावमा मन्त्रिपरिषद् विस्तार भएको प्रभु साहको आरोप