कपिलवस्तुमा चैते धान खेती सुरु

Raju Yadav Raju Yadav
|
सोमबार, बैशाख ८, २०८२
|
|
२ पटक हेरिएको
Shares
कपिलवस्तुमा चैते धान खेती सुरु

सारांश

  •   ८ वैशाख,  कपिलवस्तु ।
  • कपिलवस्तुमा चैत धान खेती सुरु गरिएको छ ।
  • चैतै धान खेतीलाई प्रोत्साहित गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई कपिलवस्तुबाट चैते धान प्रवर्द्धन कार्यक्रम अन्तर्गत सो खेती गरिएको हो ।

 

८ वैशाख,  कपिलवस्तु ।

कपिलवस्तुमा चैत धान खेती सुरु गरिएको छ । चैतै धान खेतीलाई प्रोत्साहित गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई कपिलवस्तुबाट चैते धान प्रवर्द्धन कार्यक्रम अन्तर्गत सो खेती गरिएको हो । आर्थिक .०८१/०८२को विनियोजित बजेट बाट १४ हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिएको परियोजनाले जनाएको छ ।

परियोजनाको कपिलवस्तु इकाई प्रमुख राकेश ओझाले कपिलवस्तुका ३ पालिकाका १६  कृषकहरूले १४ हेक्टरमा चैती धान लगाएको बताए । बाणगंगा नगरपालिका वडा नम्बर ११ का ७, १० का ४, २ का १ ३  का १ वडा नम्बर ६ का १, वडा नम्बर ९ का १,  बुद्धभुमी नगरपालिका वडा नम्बर ३ टाकुमा १ तथा कपिलवस्तु नगरपालिका वडा नम्बर ११ नैनपुराका १ कृषकले चेते धान खेती सुरु गरेका हुन । गत बाषर्् २ कृषकले ढाई हेक्टरमा चेत धान लगाएका थिए । धानको बीउमा ५० प्रतिशत अनुदान र सिचाईमा ८५ प्रतिशत अनुदान दिइएको प्रमुख ओझाले बताए । हर्दिनाथ एफ वान जातको धान रोपिएको हो ।

गत वर्ष ढाई हेक्टरमा गरिएको चैत खेतीबाट प्रति हेक्टर ४ मेट्रिक टन धान उत्पादन भएको थियो । बुद्धभुमी नगरपालिका वडा नम्बर ३ टाकु स्थित जिज्ञासु युवा स्वरोजगार कृषक समूहका असरा थारुले यस बर्ष परियोजना सहयोगमा समूह अन्तर्गत ३ हेक्टर क्षेत्रमा चैते धान सुरु गरिएको बताए । उनले नमुनाकारुपमा आफूहरूले चैते धान लगाएको बताए । राम्रो भए आगामी बर्ष देखि चेते धान खेतीलाई बढाउँदै लाने बताए । परियोजना प्रमुख ओझाले कपिलवस्तुमा धान खेती सबै भन्दा बढी ७० हजार हेक्टरमा गर्ने गरिएको बताए । तर चैते धान भने न्यून मात्र गरिने र यसको प्रोत्साहनकालागि चैते धान खेती सुरु गरिएको बताए । चेत धान ७० देखि ८० दिन भित्र तयार हुन्छ । यसले राम्रो मूल्य समेत पाउने गरेको । चिउरा उद्योगले धान किन्न घर मै आउने गरेको कृषकहरू बताउँछन् । प्रति किलो ४० रुपैयाँमा बिक्री हुने गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?