‘अर्थतन्त्र लयमा फर्किएको छ’: अर्थमन्त्री पौडेल

Raju Yadav Raju Yadav
|
आइतबार, बैशाख ७, २०८२
|
|
४ पटक हेरिएको
Shares
‘अर्थतन्त्र लयमा फर्किएको छ’: अर्थमन्त्री पौडेल

सारांश

  •   ७ वैशाख, काठमाडौं- राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८२/०८३ को प्रस्तावित बजेट तथा कार्यक्रमबारे तयार पारेको नीति तथा कार्यक्रमसम्बन्धी प्रतिवेदन अर्थ मन्त्रालयलाई पेस गरेको छ ।
  • आइतबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.
  • डा.

७ वैशाख, काठमाडौं-

राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८२/०८३ को प्रस्तावित बजेट तथा कार्यक्रमबारे तयार पारेको नीति तथा कार्यक्रमसम्बन्धी प्रतिवेदन अर्थ मन्त्रालयलाई पेस गरेको छ । आइतबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारीले अर्थमन्त्री विष्णु पौडेललाई प्रतिवेदन पेस गरेका हुन् ।

उक्त प्रतिवेदन ग्रहण गर्दै अर्थमन्त्री पौडेलले पछिल्ला दिनमा सरकारले देशको अर्थतन्त्रमा देखा परेका समस्याहरूलाई समाधान गर्नका निम्ति सशक्त पहल गर्दै आइरहेको बताए । उनले अघिल्लो वर्षको तुलनामा अर्थतन्त्र सुध्रिँदै लयमा फर्किरहेको बताए । उनले भने, ‘पछिल्ला दिनमा सरकारले देशको अर्थतन्त्रमा देखा परेका समस्याहरूलाई समाधान गर्नका निम्ति सशक्त पहल गर्दै आइरहेको छ । अर्थतन्त्रका सबै परिसूचकहरू हेर्नुभयो भने अघिल्लो वर्षको तुलनामा केही सुधारहरु गर्न सकेका छौं । अर्थतन्त्र सुध्रिँदै छ । अर्थतन्त्र लयमा फर्किँदै छ । ’ साथै उनले अहिले मुलुक राजनीतिक अस्थिरतातर्फ नभई स्थिरतातर्फ अघि बढेकाले अस्थिरतावादी प्रवित्ति भने यो स्थिरताका खिलाफमा विभिन्न गतिविधि गर्ने कोसिस गरिरहेको बताए ।

उनले भने, ‘अहिले मुलुक राजनीतिक अस्थिरतातर्फ होइन स्थिरतातर्फ अघि बढेको छ । तर अस्थिरतावादी प्रवित्ति भने स्थिरताका खिलाफमा विभिन्न गतिविधि गर्ने कोसिस गरिरहेका छन् । अस्थिरतावादी, प्रतिज्ञावादी, प्रतिगामी र अराजकतावादी प्रवृत्तिहरू सिर्जना भइरहेका छन् । तर अस्थिरता सिर्जना गर्ने कोसिसहरू निकाम हुने छन् । मुलुकले एउटा सुनिश्चित स्थिरताको यात्रा तय गर्नेछ । स्थिरताका निम्ति मात्रै स्थिरताको खोजेका होइनौँ, सरकार टिकोस्, रहोस्, चलोस् भन्नका निम्ति मात्रै स्थिरताको खोजी गरेका होइनौँ, स्थिरताको उद्देश्य संविधानको रक्षा, संविधानको प्रभावकारिता कार्यान्वयन एवम् आर्थिक सामाजिक क्षेत्रमा सुधार, अग्रगामी परिवर्तनकारी सुधार मुख्य उद्देश्य हो ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सशस्त्र प्रहरी जवानमा भर्ना खुल्यो, ८०० बढीलाई अवसर
सशस्त्र प्रहरी जवानमा भर्ना खुल्यो, ८०० बढीलाई अवसर
विवाहपञ्चमीको तेस्रो दिन धनुषयज्ञ मनाइयो, आज तिल्कोत्सव
विवाहपञ्चमीको तेस्रो दिन धनुषयज्ञ मनाइयो, आज तिल्कोत्सव
सुनको मूल्यमा ‘रेकर्ड ब्रेक’, आज फेरि बन्यो सर्वाधिक महँगो
सुनको मूल्यमा ‘रेकर्ड ब्रेक’, आज फेरि बन्यो सर्वाधिक महँगो
वैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरूको पुनः एकीकरण सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक
वैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरूको पुनः एकीकरण सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक
भूमि आयोगद्वारा तनहुँमा जग्गा नापजाँच सुरु   
भूमि आयोगद्वारा तनहुँमा जग्गा नापजाँच सुरु   
अस्ट्रेलियाको प्रधानमन्त्रीमा एन्थोनी अल्बनीज दोस्रोपटक निर्वाचित
अस्ट्रेलियाको प्रधानमन्त्रीमा एन्थोनी अल्बनीज दोस्रोपटक निर्वाचित
बालुवाटारमा सत्ता पक्षीय दलहरूको बैठक
बालुवाटारमा सत्ता पक्षीय दलहरूको बैठक
प्रधानमन्त्री कार्कीद्वारा युवापुस्ताको चाहनाबमोजिम काम गर्न निर्देशन
प्रधानमन्त्री कार्कीद्वारा युवापुस्ताको चाहनाबमोजिम काम गर्न निर्देशन
सातै प्रदेश र ७७ जिल्लाका सभापतिलाई पोखरामा प्रशिक्षण दिंदै कांग्रेस
सातै प्रदेश र ७७ जिल्लाका सभापतिलाई पोखरामा प्रशिक्षण दिंदै कांग्रेस
कोसी प्रदेशसभामा मागियो गृहमन्त्री रमेश लेखकको राजीनामा
कोसी प्रदेशसभामा मागियो गृहमन्त्री रमेश लेखकको राजीनामा