रक्सी चोर्नेलाई भन्दा पशुपतिका बाँदरलाई मन्त्री बनाउँदा राम्रो : प्रधानमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र ३०, २०८१
|
|
३ पटक हेरिएको
Shares
रक्सी चोर्नेलाई भन्दा पशुपतिका बाँदरलाई मन्त्री बनाउँदा राम्रो : प्रधानमन्त्री

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले अब देशमा तोडफोड, आगजनी, हत्या, हिंसाजस्ता कुराहरू स्वीकार गर्न नसकिने बताएका छन् ।
  • शनिबार झापाको दमकमा पार्टीले आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्ने क्रममा उनले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा देखिएको दृश्यको व्याख्या गर्दै यस्तो बताएका हुन् ।
  • ‘जनतालाई भड्काएर आफ्नो दुनु सोझो पार्न खोज्नेहरू, यही मौका पारेर जनताले मिल्काएर रछ्यानमा पुगिसकेको राजतन्त्र फेरि फर्काउँछौं भन्नेहरू, उल्किन कति सकेको ?

३० चैत, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अब देशमा तोडफोड, आगजनी, हत्या, हिंसाजस्ता कुराहरू स्वीकार गर्न नसकिने बताएका छन् । शनिबार झापाको दमकमा पार्टीले आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्ने क्रममा उनले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा देखिएको दृश्यको व्याख्या गर्दै यस्तो बताएका हुन् ।

‘जनतालाई भड्काएर आफ्नो दुनु सोझो पार्न खोज्नेहरू, यही मौका पारेर जनताले मिल्काएर रछ्यानमा पुगिसकेको राजतन्त्र फेरि फर्काउँछौं भन्नेहरू, उल्किन कति सकेको ?,’ प्रधानमन्त्री ओलीले भने, ‘दुई चार सडकछाप मान्छेहरूले राजा फर्काउँछौं भन्दा गाडीको हुटमाथि हात हल्लाउँदै हिँडेको सबै दृश्य देख्नुपर्‍यो । यी तमासाहरू यीनको तरिका के हो ? शैली के हो ?’ शान्तिपूर्ण सभा गर्छौं भन्नेहरू आगजनी र चोरीको काममा लागेको भन्दै यो कस्तो खालको प्रदर्शन हो ? भन्दै प्रश्न गरे । ‘यी कस्ता तत्व हुन भन्ने गत १५ गते देखियो । चैत १५ गते तीनकुनेमा शान्तिपूर्ण सभा गर्छौं भनेको के को सभा गर्थे

,’ प्रधानमन्त्री ओलीले भने, ‘आगजनी गर्दै, अरुका पसल लुट्दै, क्रान्ति गर्ने, खुब ठूला परिवर्तन ल्याउने त रक्सीका बोतल चोरेर भाग्दै गरेका, स्याउ चोरेर भाग्दै गरेका, औषधि कारखाना आगो लगाउँदै गरेका यस्ताले बनाउँछन् देश ?’ यस्ता तत्वले राजा फर्काउने भन्दै हिँडेको उल्लेख गर्दै उक्त प्रदर्शनमा सहभागी भन्दा पशुपतिका बाँदर नै राम्रो भएको जिकिर गरे । राजा फर्काउने अरे, राजा फर्काएपछि ती प्रधानमन्त्री मन्त्री बन्ने अरे,’ ओलीले भने, ‘तिनीहरूलाई भन्दा त पशुपतिका बाँदरलाई मन्त्री बनायो भने अलिकति राम्रो हुन्छ ।’उनले आफ्नो पार्टीले सरकारको नेतृत्व गर्दा सधैं सकारात्मक काम भएको जिकिर गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सांसदको प्रश्नमा प्रधानमन्त्रीको जवाफः ‘भ्रष्टाचार गर्दिन, गर्न दिन्न’
सांसदको प्रश्नमा प्रधानमन्त्रीको जवाफः ‘भ्रष्टाचार गर्दिन, गर्न दिन्न’
ब्रिज कोर्स बन्द गर्ने सूचना मन्त्रालयको वेबसाइटबाट किन हटाइयो ?
ब्रिज कोर्स बन्द गर्ने सूचना मन्त्रालयको वेबसाइटबाट किन हटाइयो ?
भद्रपुर उडेको बुद्ध एयरको जहाज आज फेरी ठूलो दुर्घटनाबाट जोगिएको छ : आगो देखिएसँगै बायाँ इन्जिन फेल भएको थियो
भद्रपुर उडेको बुद्ध एयरको जहाज आज फेरी ठूलो दुर्घटनाबाट जोगिएको छ : आगो देखिएसँगै बायाँ इन्जिन फेल भएको थियो
बाघ खोज्न ४ स्थानमा क्यामेरा जडान
बाघ खोज्न ४ स्थानमा क्यामेरा जडान
भिजिट भिसालाई मानव तस्करीको माध्यम बनाइएको आरोप लगाएको रास्वपा निलो रिबन लगाएर संसदमा
भिजिट भिसालाई मानव तस्करीको माध्यम बनाइएको आरोप लगाएको रास्वपा निलो रिबन लगाएर संसदमा
रवि लामिछानेको भोलि म्याद थप गरिँदै
रवि लामिछानेको भोलि म्याद थप गरिँदै
गाजा युद्ध अन्त्य र बन्धकको रिहाइको माग गर्दै इजरायलमा विशाल प्रदर्शन
गाजा युद्ध अन्त्य र बन्धकको रिहाइको माग गर्दै इजरायलमा विशाल प्रदर्शन
निर्वाचन बिथोलिन दिँदैनौँ : गृहमन्त्री अर्याल
निर्वाचन बिथोलिन दिँदैनौँ : गृहमन्त्री अर्याल
डडेल्धुरामा ठूलो उलटफेर, देउवा जित्दै आएको क्षेत्रमा रास्वपाको कब्जा
डडेल्धुरामा ठूलो उलटफेर, देउवा जित्दै आएको क्षेत्रमा रास्वपाको कब्जा
सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीको अनुरोध
सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीको अनुरोध