आज राति सातै प्रदेशमा वर्षाको सम्भावना, बढी कहाँ?

Raju Yadav Raju Yadav
|
शुक्रबार, चैत्र २९, २०८१
|
|
३ पटक हेरिएको
Shares
आज राति सातै प्रदेशमा वर्षाको सम्भावना, बढी कहाँ?

सारांश

  •   २९ चैत, काठमाडौं ।
  •   अहिले (शुक्रबार साँझ) पनि देशका विभिन्न स्थानमा पानी पर्ने क्रम जारी छ।
  •   मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि देशका सातै प्रदेशमा वर्षा हुने सम्भावना छ।

२९ चैत, काठमाडौं । 

अहिले (शुक्रबार साँझ) पनि देशका विभिन्न स्थानमा पानी पर्ने क्रम जारी छ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि देशका सातै प्रदेशमा वर्षा हुने सम्भावना छ।  महाशाखाको प्रक्षेपणअनुसार राति कोसी प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात तथा पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। तराई क्षेत्रका पनि एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

यस्तै राति मधेस प्रदेशका पनि एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।  महाशाखाका अनुसार राति बागमती प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात तथा पहाडी क्षेत्रका थोरै स्थान र तराई क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।यसैगरी आज राति गण्डकी प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात तथा पहाडी क्षेत्रका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै तराई क्षेत्रका पनि एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।  महाशाखाले दिएको जानकारी अनुसार राति लुम्बिनी प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात तथा पहाडी क्षेत्रका थोरै स्थान र तराई क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। यस्तै राति कर्णाली प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात तथा पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

यसैगरी राति सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का हिमपात तथा पहाडी र दुवै क्षेत्रका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। मौसमविद्का अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो।   यस्तै केही स्थानमा वर्षा भन्नाले सम्बन्धित भूभागको ५० प्रतिशत, थोरै स्थान भन्नाले २५ देखि ३० प्रतिशत र एक-दुई स्थान भन्नाले २५ प्रतिशतभन्दा कम ठाउँमा वर्षा भयो भनेर बुझ्न सकिने मौसमविद् बताउँछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ऊर्जामन्त्रीको गुनासो- बत्ती गयो भन्दै मध्यराति विदेशबाट फोन गरेर हैरान बनाउँछन्
ऊर्जामन्त्रीको गुनासो- बत्ती गयो भन्दै मध्यराति विदेशबाट फोन गरेर हैरान बनाउँछन्
राष्ट्रिय सभामा रिक्त सदस्यको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय
राष्ट्रिय सभामा रिक्त सदस्यको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय
शिक्षक महासंघसँगको वार्ता सकारात्मक चरणमा पुगेको छ : शिक्षामन्त्री पन्त
शिक्षक महासंघसँगको वार्ता सकारात्मक चरणमा पुगेको छ : शिक्षामन्त्री पन्त
जेन‍-जी आन्दोलनमा मृ*त्यु भएका ७६ मध्ये २२ प्रदर्शनकारी: नेपाली सेना
जेन‍-जी आन्दोलनमा मृ*त्यु भएका ७६ मध्ये २२ प्रदर्शनकारी: नेपाली सेना
जय ट्रफी: बुधबार दुई खेल हुँदै
जय ट्रफी: बुधबार दुई खेल हुँदै
आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता निष्कर्षविहीन
आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता निष्कर्षविहीन
आजदेखि धरहरा दैनिक १२ घण्टा खुला हुने, सार्वजनिक विदाका दिन पनि बन्द नहुने
आजदेखि धरहरा दैनिक १२ घण्टा खुला हुने, सार्वजनिक विदाका दिन पनि बन्द नहुने
विदेशमा रहेका नेपालीलाई मतदान गर्ने विषय यसपटक सम्भव बनाउनैपर्छ : गृहमन्त्री
विदेशमा रहेका नेपालीलाई मतदान गर्ने विषय यसपटक सम्भव बनाउनैपर्छ : गृहमन्त्री
कुवेतविरुद्ध आसिफ शेखको पनि अर्धशतक पूरा
कुवेतविरुद्ध आसिफ शेखको पनि अर्धशतक पूरा
जीतपुरसिमराका वडा अध्यक्ष कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
जीतपुरसिमराका वडा अध्यक्ष कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर