काँकडभिट्टाबाट पौने १८ अर्बको कृषिजन्य वस्तु निर्यात

Raju Yadav Raju Yadav
|
शुक्रबार, चैत्र २२, २०८१
|
|
२ पटक हेरिएको
Shares
काँकडभिट्टाबाट पौने १८ अर्बको कृषिजन्य वस्तु निर्यात

सारांश

  •   २२ चैत,  काठमाडौं – प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकडभिट्टाबाट चालु आर्थिक वर्षको आठ महिनामा रु १७ अर्ब ७३ करोड ८४ लाख बराबरको कृषिजन्य वस्तु निर्यात भएको छ ।
  •   कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन् ।
  • आठ महिनाको अवधिमा सबैभन्दा धेरै चिया रु आठ अर्ब २० करोड ९६ लाख, अलैँची रु पाँच अर्ब २४ करोड ४० लाख, प्लाइ तथा भेनियर रु दुई अर्ब ७३ करोड ६३ लाखको निर्यात भएको छ ।

२२ चैत,  काठमाडौं

प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकडभिट्टाबाट चालु आर्थिक वर्षको आठ महिनामा रु १७ अर्ब ७३ करोड ८४ लाख बराबरको कृषिजन्य वस्तु निर्यात भएको छ ।  कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन् ।

आठ महिनाको अवधिमा सबैभन्दा धेरै चिया रु आठ अर्ब २० करोड ९६ लाख, अलैँची रु पाँच अर्ब २४ करोड ४० लाख, प्लाइ तथा भेनियर रु दुई अर्ब ७३ करोड ६३ लाखको निर्यात भएको छ ।  यसैगरी कार्यालयको तथ्याकंअनुसार अदुवा रु २६ करोड ६३ लाख, अम्लिसो रु ७६ करोड ९७ लाख, बन्दा रु आठ करोड १७ लाख, जडीबुटी रु चार करोड २६ लाख, मसुरो दाल रु चार करोड मूल्य बराबरको निर्यात भएको छ । सूचना अधिकारी ठाकुरका अनुसार सोही अवधिमा पूर्वी नाकाबाट रु दुई अर्ब ४० करोड ४६ लाख २२ हजार मूल्य बराबरको कृषिजन्य मालवस्तु आयात भएको छ ।

आयत हुने मुख्य कृषिजन्य वस्तुमा कोदो, गेडागुडी दलहन, चामल, ताजा तरकारी, ताजा फलफूल, लसुन, आलु, मकै पशु दानालगायत रहेका छन् । क्वारेन्टिन कार्यालयको तथ्यांकअनुसार कोदो रु १३ करोड १७ लाख १२ हजार, चामल रु चार करोड ९७ लाख, ताजा तरकारी रु २८ करोड ८७ लाख मूल्य बराबरको आयात भएको छ ।  यसैगरी, ताजा फलफूल रु २६ करोड ३७ लाख, लसुन रु ६२ करोड ४६ लाख, आलु रु २८ करोड ९१ लाख मूल्य बराबरको आयात भएको क्वारेन्टिन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टी-२० आई क्रिकेट: अमेरिकालाई नेपालले दियो १६५ रनको लक्ष्य
टी-२० आई क्रिकेट: अमेरिकालाई नेपालले दियो १६५ रनको लक्ष्य
काबिल पूर्वन्यायाधीशलाई तीन मन्त्रालय
काबिल पूर्वन्यायाधीशलाई तीन मन्त्रालय
कुलेखानी जलाशय भरिएपछि ३१ वर्षपछि ड्यामको दुवै ढोका खोलियो सर्लाही सम्मको बस्ती खतरा मा
कुलेखानी जलाशय भरिएपछि ३१ वर्षपछि ड्यामको दुवै ढोका खोलियो सर्लाही सम्मको बस्ती खतरा मा
तुइनखोला पहिरो : १६० मिटर सडक ढाकिने गरी बन्यो २० मिटर अग्लो पहाड
तुइनखोला पहिरो : १६० मिटर सडक ढाकिने गरी बन्यो २० मिटर अग्लो पहाड
सबै नेताको सम्पत्ति छानबिन गर्न रास्वपा सांसदको माग
सबै नेताको सम्पत्ति छानबिन गर्न रास्वपा सांसदको माग
पत्रकार रजक र महर्जनको परिवारलाई  भाटभटेनीले पाँच र तीन लाख आर्थिक सहयोग गर्ने
पत्रकार रजक र महर्जनको परिवारलाई भाटभटेनीले पाँच र तीन लाख आर्थिक सहयोग गर्ने
विराटनगरमा कवाडी गोदाममा आगलागी हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
विराटनगरमा कवाडी गोदाममा आगलागी हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
नुवाकोट १ मा डा.प्रकाश शरण महतलाई झिनो अग्रता
नुवाकोट १ मा डा.प्रकाश शरण महतलाई झिनो अग्रता
बाढीले भेडीगोठका २६ बाख्रा पुरिए
बाढीले भेडीगोठका २६ बाख्रा पुरिए
द्रुत बस सेवाका लागि धमाधम बन्दै ‘डेडिकेटेड लेन’
द्रुत बस सेवाका लागि धमाधम बन्दै ‘डेडिकेटेड लेन’