कोल्ड स्टोर सञ्चालनमा नआउँदा किसान मर्कामा

Raju Yadav Raju Yadav
|
मंगलबार, चैत्र १९, २०८१
|
|
३ पटक हेरिएको
Shares
कोल्ड स्टोर सञ्चालनमा नआउँदा किसान मर्कामा

सारांश

  •    बैतडी  १९ चैतः बैतडीमा शीतभण्डार (कोल्ड स्टोर) सञ्चालनमा नआउँदा किसान मर्कामा परेका छन् ।
  • जिल्लाको पाटन नगरपालिका–८ खोडपे बजारमा निर्माण गरिएको कोल्ड स्टोर सञ्चालनमा नआउँदा किसान मर्कामा परेका हुन् ।
  • दुई वर्षअघि निर्माणसम्पन्न भएको १० मेट्रिकटन क्षमताको कोल्ड स्टोर सञ्चालनमा नआउँदा तरकारी भण्डारणका लागि समस्या भएको पाटन–८ का कृषक भरत चन्दले बताउनुभयो ।

 

 बैतडी  १९ चैतः

बैतडीमा शीतभण्डार (कोल्ड स्टोर) सञ्चालनमा नआउँदा किसान मर्कामा परेका छन् । जिल्लाको पाटन नगरपालिका–८ खोडपे बजारमा निर्माण गरिएको कोल्ड स्टोर सञ्चालनमा नआउँदा किसान मर्कामा परेका हुन् । दुई वर्षअघि निर्माणसम्पन्न भएको १० मेट्रिकटन क्षमताको कोल्ड स्टोर सञ्चालनमा नआउँदा तरकारी भण्डारणका लागि समस्या भएको पाटन–८ का कृषक भरत चन्दले बताउनुभयो । पाटन वडा नं ८, ९ र १० तरकारी उत्पादनका लागि पकेट क्षेत्र हुन् ।

यहाँ उत्पादन भएका तरकारी उपजले बजार नपाएका बेला भण्डारण गरी राख्न कोल्ड स्टोर निर्माण गरिएको भए पनि सञ्चालनमा चासो नदेखाउँदा समस्या भएको उहाँले जानकारी दिनुभयो । अहिले यहाँका किसान तरकारी तथा बीउ भण्डारणका लागि डडेल्धुरा जाने गरेका छन् । “डडेल्धुरामा त्यहीँका किसानलाई प्राथमिकता हुन्छ, उत्पादन कम भएका बेलामात्रै हामी आलुको बीउ भण्डारण गर्न पाउँछौँ”, चन्दले भन्नुभयो, “गत वर्ष भण्डारणमा समस्या भएको थियो ।” घर नजिकै कोल्ड स्टोरका लागि भौतिक निर्माण गरिएको भए पनि सञ्चालनमा नआउँदा डडेल्धुरा तरकारी स्टोरका लागि लैजानुपर्ने समस्या भएको अर्का कृषक गगनसिंह विष्टले बताउनुभयो । “

आलु, बन्दा, रायो लगायतका तरकारीका लागि पकेट क्षेत्र हो, दुई वर्षअघि नै यसकै लागि भनेर कोल्ड स्टोर निर्माण गरिएको थियो”, विष्टले भन्नुभयो, “सञ्चालनमा नआउँदा समस्या भएको भइरहेको छ ।” प्रदेश सरकार, कृषि ज्ञान केन्द्र र जिल्ला प्रशासनलाई कोल्ड स्टोर सञ्चालनका लागि पटक–पटक माग गर्दै आएको भए पनि सञ्चालन आउन नसकेको पाटन–८ का वडाध्यक्ष हरिश विष्टले बताउनुभयो । किसानलाई डडेल्धुरासम्म ढुवानी नै बढी पर्ने गरेको वडाध्यक्ष विष्टले बताउनुभयो । सोमबार सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री वीरबहादुर थापाले उक्त कोल्ड स्टोर निरीक्षण गर्नुभएको थियो । मन्त्री थापासँग यहाँका किसानले कोल्ड स्टोर सञ्चालन ल्याउन पहल गरिदिन माग गरेका थिए ।


“प्रदेशभरि नै कोल्ड स्टोर, तरकारी सङ्कलन केन्द्रका लागि थुप्रै संरचना निर्माण भए पनि प्रयोगमा आउन सकेका छैनन्”, उहाँले भन्नुभयो, “ती संरचना निर्माण गर्दा सम्भाव्यता तथा प्रभावकारिताको अध्ययन हुनु जरुरी छ ।” कोल्ड स्टोरका लागि प्रदेशबाट बजेट विनियोजन हुने तर निर्माण कार्य सम्पन्न नहुँदै अलपत्र हुने गरेको छ । तरकारी सङ्कलन केन्द्र तथा कोल्ड स्टोर सञ्चालनका लागि स्पष्ट मोडालिटी नबन्दा समस्या भइरहेको मन्त्री थापाको भनाइ थियो । यहाँका किसानले कोल्ड स्टोर सञ्चालनसँगै तरकारी सङ्कलन केन्द्रको मागसमेत गरेका थिए । कृषि ज्ञान केन्द्रको रु १५ लाख अनुदान र दोगडाकेदार भूमिराज कोल्ड स्टोरको बाँकी लगानी गरी झण्डै रु ४५ लाखको लागतमा कोल्ड स्टोर निर्माण गरिएको थियो । कोल्ड स्टोर सञ्चालक ललितमोहन भट्ट अहिले सम्पर्कविहीन छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंमा बढाइयो सुरक्षा सतर्कता, एआईजी तामाङ भन्छन्– निषेधित क्षेत्र तोड्न दिँदैनौं
काठमाडौंमा बढाइयो सुरक्षा सतर्कता, एआईजी तामाङ भन्छन्– निषेधित क्षेत्र तोड्न दिँदैनौं
पर्सामा रविको बयान सकियो, भोलि पोखरा पठाइने
पर्सामा रविको बयान सकियो, भोलि पोखरा पठाइने
काँडाघारीबाट ४६२ किलो रक्तचन्दन बरामद, दुई जना पक्राउ
काँडाघारीबाट ४६२ किलो रक्तचन्दन बरामद, दुई जना पक्राउ
अहिले बैंकहरुको लाइसेन्स बाँड्न सकिन्नः डेपुटी गभर्नर ढुंगाना
अहिले बैंकहरुको लाइसेन्स बाँड्न सकिन्नः डेपुटी गभर्नर ढुंगाना
महाधिवेशनको लोगो नेतृत्व र राष्ट्रिय पहिचानको प्रतिक हो : सचिव अर्याल
महाधिवेशनको लोगो नेतृत्व र राष्ट्रिय पहिचानको प्रतिक हो : सचिव अर्याल
क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प
क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प
सांसद कार्कीको आरोपः नेताहरूको रगतमै भ्रष्टाचार छ
सांसद कार्कीको आरोपः नेताहरूको रगतमै भ्रष्टाचार छ
सुनचाँदीको मूल्यमा फेरि कीर्तिमान, सुनको मूल्य २ लाख ७० हजार नजिक
सुनचाँदीको मूल्यमा फेरि कीर्तिमान, सुनको मूल्य २ लाख ७० हजार नजिक
राष्ट्रियसभा चुनावको उम्मेदवार छनोट गर्न एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक
राष्ट्रियसभा चुनावको उम्मेदवार छनोट गर्न एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक
बाघको आक्रमणबाट महिलाको मृत्यु
बाघको आक्रमणबाट महिलाको मृत्यु