‘अप्ठ्यारो परिस्थितिमा मुलुकको नेतृत्व गर्न कांग्रेस सफल’

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र ७, २०८१
|
|
३ पटक हेरिएको
Shares
‘अप्ठ्यारो परिस्थितिमा मुलुकको नेतृत्व गर्न कांग्रेस सफल’

सारांश

  • ७ चैत, काठमाडौँ ।
  • नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अप्ठ्यारो परिस्थितिमा मुलुकको नेतृत्व कांग्रेसले गर्दै आएको बताउनुभएको छ ।
  • गिरिजाप्रसाद कोइरालाको १५औँ स्मृति दिवसका अवसरमा जिपी कोइराला फाउण्डेशनले आज यहाँ आयोजना गरेको “गिरिजाप्रसाद र लोकतन्त्र” विषयक विचार गोष्ठीमा उहाँले भन्नुभयो, “जहिले जहिले मुलुक अप्ठ्यारोमा परेको छ, त्यसबेला नेपाली कांग्रेसले नै विभिन्न घटना क्रमको अगुवाइ गरेको छ र सफल भएको छ ।

७ चैत, काठमाडौँ ।

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अप्ठ्यारो परिस्थितिमा मुलुकको नेतृत्व कांग्रेसले गर्दै आएको बताउनुभएको छ । गिरिजाप्रसाद कोइरालाको १५औँ स्मृति दिवसका अवसरमा जिपी कोइराला फाउण्डेशनले आज यहाँ आयोजना गरेको “गिरिजाप्रसाद र लोकतन्त्र” विषयक विचार गोष्ठीमा उहाँले भन्नुभयो, “जहिले जहिले मुलुक अप्ठ्यारोमा परेको छ, त्यसबेला नेपाली कांग्रेसले नै विभिन्न घटना क्रमको अगुवाइ गरेको छ र सफल भएको छ ।”

उहाँले कांग्रेस कुनै दलको पछि लाग्न नहुने बताउनुभयो । कांग्रेसले आगामी रणनीति बनाएर अन्य दललाई मिलाएर अगाडि लैजान सक्नुपर्ने बताउँदै उहाँले उक्त क्षमता नेपाली कांग्रेसमा रहेको धारणा राख्नुभयो । सरकारमा रहेका काँग्रेसका मन्त्रीहरूले एमालेसँग सहकार्य गर्दा आफूहरूलाई कुनै आपत्ति नभएको बताउँदै उहाँले कांग्रेस र सरकारलाई खबरदारी गर्नु प्रमुख जिम्मेवारी रहेको उल्लेख गर्नुभयो ।

उहाँले कृषि, हाइड्रोपावर, पर्यटन र डिजिटलाइजेशनलाई प्राथमिकतामा राख्न सके मात्रै मुलुकको समृद्धि हुने जिकिर गर्नुभयो ।

(रासस)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
बिमा कार्यक्रम संकटमा परेपछि कार्यकारी निर्देशक काफ्लेले दिए राजीनामा
बिमा कार्यक्रम संकटमा परेपछि कार्यकारी निर्देशक काफ्लेले दिए राजीनामा
वर्तमान व्यवस्थाविरुद्ध जानेलाई कारबाही गर्ने मुख्यमन्त्री पाण्डेको चेतावनी
वर्तमान व्यवस्थाविरुद्ध जानेलाई कारबाही गर्ने मुख्यमन्त्री पाण्डेको चेतावनी
देश आलोचनात्मक चेतबाट आक्रान्त भइसक्योः प्रधानमन्त्री ओली
देश आलोचनात्मक चेतबाट आक्रान्त भइसक्योः प्रधानमन्त्री ओली
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
ओलीलक्षित प्रचण्डको टिप्पणी- अझै अहंकार देखाउनु देशका लागि दुर्भाग्य
ओलीलक्षित प्रचण्डको टिप्पणी- अझै अहंकार देखाउनु देशका लागि दुर्भाग्य
सरकारले एक वर्षभित्र पाँच सार्वजनिक संस्थान खारेज गरिँदै
सरकारले एक वर्षभित्र पाँच सार्वजनिक संस्थान खारेज गरिँदै
प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौंको थलीमा एक पुरुषको श*व फेला
काठमाडौंको थलीमा एक पुरुषको श*व फेला
भक्तपुरमा स्कुटर दुर्घटना हुँदा श्रीमान्‌को मृत्यु, श्रीमती गम्भीर घाइते
भक्तपुरमा स्कुटर दुर्घटना हुँदा श्रीमान्‌को मृत्यु, श्रीमती गम्भीर घाइते