खोटाङका कुनै पनि क्याम्पसमा स्ववियु निर्वाचन भएन

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र ५, २०८१
|
|
२ पटक हेरिएको
Shares
खोटाङका कुनै पनि क्याम्पसमा स्ववियु निर्वाचन भएन

सारांश

  •   खोटाङ, ५ चैत:  दश स्थानीय तह रहेको खोटाङमा त्रिभुवन विश्वविद्यालय काठमाडौँबाट सम्बन्धन प्राप्त सात वटा सामुदायिक क्याम्पस सञ्चालनमा छन् ।
  • तर, त्रिविले तोकेको निर्वाचन कार्यतालिकामा यस वर्ष खोटाङका कुनै पनि क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुन सकेन ।
  • जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा दिक्तेल बहुमुखी क्याम्पस, त्रिधार्मिकस्थल हलेसी बजारमा हलेसी क्याम्पस, रावाबेँसी गाउँपालिकाको खार्पामा रावा क्याम्पस, साकेला गाउँपालिकाको रतन्छामा साकेला क्याम्पस, खोटेहाङ गाउँपालिकाको खोटाङ बजारमा खोटाङ क्याम्पस तथा सिम्पानी बजारमा सिम्पानी क्याम्पस र जन्तेढुङ्गा गाउँपालिकाको चिसापानी बजारमा चिसापानी क्याम्पस सञ्चालनमा रहेका छन् ।

 

खोटाङ, ५ चैत:  दश स्थानीय तह रहेको खोटाङमा त्रिभुवन विश्वविद्यालय काठमाडौँबाट सम्बन्धन प्राप्त सात वटा सामुदायिक क्याम्पस सञ्चालनमा छन् । तर, त्रिविले तोकेको निर्वाचन कार्यतालिकामा यस वर्ष खोटाङका कुनै पनि क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुन सकेन ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा दिक्तेल बहुमुखी क्याम्पस, त्रिधार्मिकस्थल हलेसी बजारमा हलेसी क्याम्पस, रावाबेँसी गाउँपालिकाको खार्पामा रावा क्याम्पस, साकेला गाउँपालिकाको रतन्छामा साकेला क्याम्पस, खोटेहाङ गाउँपालिकाको खोटाङ बजारमा खोटाङ क्याम्पस तथा सिम्पानी बजारमा सिम्पानी क्याम्पस र जन्तेढुङ्गा गाउँपालिकाको चिसापानी बजारमा चिसापानी क्याम्पस सञ्चालनमा रहेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को बखेडाका कारण जिल्लाका सातवटै क्याम्पसमा स्ववियु निर्वाचन हुन नसकेको अन्य विद्यार्थी सङ्गठनहरूले आरोप लगाएका छन् ।

दिक्तेल बहुमुखी क्याम्पसमा एमाले अखिलले झिकेको बखेडाका कारण सहमति जुट्न नसकेपछि जिल्लाका सबै क्याम्पसमा यस वर्षको स्ववियु निर्वाचन हुन नसकेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का कोशी प्रदेश अध्यक्ष शम्भु घिमिरेले बताउनुभयो ।

त्रिविले माघ ११ गतेसम्म भर्ना भएका विद्यार्थीलाई मात्र मतदानमा सहभागी गराउनेगरी कार्यतालिका सार्वजनिक गरेको थियो । एमाले अखिलले त्योभन्दा पछाडि भर्ना भएका विद्यार्थीलाई मतदानको अधिकार दिनुपर्ने माग राखेपछि अन्य विद्यार्थी सङ्गठनले फागुन १५ गतेसम्म भर्ना भएका विद्यार्थीलाई मतदानमा सहभागी गराउने लिखित सहमति गरेको थियो ।

निर्वाचन गराउन एमाले अखिलको मागबमोजिम सबै सहमति गरिए पनि आफू पराजित हुने निश्चित भएपछि विभिन्न बखेडा झिकेर एमाले अखिल निर्वाचनबाट भागेको नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घ खोटाङका अध्यक्ष मोतिचन्द्र राईले बताउनुभयो ।

 

आफूहरू निर्वाचनमा जाने तयारी गर्दागर्दै निर्वाचन समितिका पदाधिकारीले राजीनामा दिएर निर्वाचनको प्रक्रिया नै रोकेपछि दिक्तेल बहुमुखी क्याम्पसमा निर्वाचन सम्भव नभएको अनेरास्ववियुका अध्यक्ष विष्णु उपरकोटीले बताउनुभयो ।

 

निर्वाचन समितिका संयोजक कृष्णबहादुर राईले भने, निर्वाचनका लागि दर्ता भएका सङ्गठनहरूलाई सहमति गरेर बैठकमा आउन पटकपटक आग्रह गर्दासमेत नेविसङ्घ, अखिल क्रान्तिकारी र अनेरास्ववियबाहेक अन्य सङ्गठन सहभागी नभएपछि फागुन–२६ गते बेलुका आफूहरूले राजीनामा दिएको जानकारी दिनुभयो । दिक्तेल बहुमुखी क्याम्पसमा निर्वाचनका लागि पाँचवटा विद्यार्थी सङ्गठन दर्ता भएको थियो ।

 

एउटा विद्यार्थी सङ्गठनको स्वार्थका कारण जिल्लाका सातवटै क्याम्पसमा स्ववियु नेतृत्वविहीन हुनु दुःखद् भएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी खोटाङका अध्यक्ष डार्विन चाम्लिङले बताउनुभयो । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पशुपति मन्दिर वरपर मासु र मदिरा निषेध
पशुपति मन्दिर वरपर मासु र मदिरा निषेध
गृहमन्त्रीको राजीनामा माग्दै संसद्‌मा रास्वपाको नाराबाजी
गृहमन्त्रीको राजीनामा माग्दै संसद्‌मा रास्वपाको नाराबाजी
ललितपुरको कुम्भेश्वरमा आगलागी
ललितपुरको कुम्भेश्वरमा आगलागी
घोषित मितिमै चुनाव गराउन सरकार सम्पूर्ण रूपमा जुटेको छ : प्रधानमन्त्री
घोषित मितिमै चुनाव गराउन सरकार सम्पूर्ण रूपमा जुटेको छ : प्रधानमन्त्री
प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेका लागि सारियाे
प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेका लागि सारियाे
मध्यपूर्व संकटका बीच होर्मुज स्ट्रेट पार गर्दै तेल र ग्याँस बोकेका जहाज भारत आउँदै
मध्यपूर्व संकटका बीच होर्मुज स्ट्रेट पार गर्दै तेल र ग्याँस बोकेका जहाज भारत आउँदै
सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउनुपर्छ : राष्ट्रपति
सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउनुपर्छ : राष्ट्रपति
सहकारी विवादमा प्रधानमन्त्रीद्वारा गृहमन्त्रीको प्रतिरक्षा
सहकारी विवादमा प्रधानमन्त्रीद्वारा गृहमन्त्रीको प्रतिरक्षा
विश्वकप लिग–२ : आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै
विश्वकप लिग–२ : आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै
जनकपुरधाममा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन
जनकपुरधाममा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन