मिथिला माध्यमिकी परिक्रमा आज जनकपुरधाम फर्किंदै

Raju Yadav Raju Yadav
|
बिहिबार, फाल्गुन २९, २०८१
|
|
१ पटक हेरिएको
Shares
मिथिला माध्यमिकी परिक्रमा आज जनकपुरधाम फर्किंदै

सारांश

  •   २९ फागुन, जनकपुरधाम ।
  • मधेशको महाकुम्भ मानिने पन्ध्रदिने मिथिला माध्यमिकी परिक्रमा आज जनकपुरधाम पुनः फर्किंदै छ ।
  • परिक्रमा यात्रुहरू १४औं दिन हिजो भारत बिहारको विसौलमा विश्राम गरेपछि आज १५औं दिन जनकपुरधाम आउन लागेका हुन् ।

२९ फागुन, जनकपुरधाम । मधेशको महाकुम्भ मानिने पन्ध्रदिने मिथिला माध्यमिकी परिक्रमा आज जनकपुरधाम पुनः फर्किंदै छ । परिक्रमा यात्रुहरू १४औं दिन हिजो भारत बिहारको विसौलमा विश्राम गरेपछि आज १५औं दिन जनकपुरधाम आउन लागेका हुन् । जनकपुरधाम प्रवेश गरेका तीर्थयात्रीहरू ऐतिहासिक बाह्रविघा रंगभूमि मैदान, तिरहुतिया गाछी तथा अन्य स्थानहरूमा विश्राम गर्नेछन् ।

फागुन १५ गते धनुषाको मिथिला नगरपालिका–८, कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट सुरु भएको परिक्रमा जनकपुरमा किशोरीजीको डोला समावेश भएपछि विधिवत रूपमा प्रारम्भ भएको थियो । फागु पूर्णिमाको अवसरमा आज जनकपुरधाम फर्किएका तीर्थयात्रीहरूले भोलि अन्तिम दिन अन्तरगृह परिक्रमा गर्नेछन् । यो परिक्रमालाई ‘पञ्चकोशी परिक्रमा’ पनि भनिन्छ । जसमा माध्यमिकी परिक्रमामा सहभागी हुन नसकेका भक्तजनहरू पनि सामेल हुने गर्छन् । यस परिक्रममा लाखौंं श्रद्धालुहरु सहभागी हुने गर्दछन् । १५ दिने परिक्रमा यात्रामा धनुषाको हनुमाननगर, बिहारको कलना (कल्यानेश्वर), फुलहर (गिरिजास्थान), महोत्तरीको मठिहानी, जलेश्वर, मडैई, ध्रुवकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर, औरही र पुनः भारतको करुणा, विसौल हुँदै जनकपुरधामसम्म १३३ किलोमिटरको यात्रा गरिन्छ ।

धार्मिक जनविश्वासअनुसार, मिथिला बिहारी र किशोरीजीको डोलासँगै परिक्रमा गर्दा भक्तजनहरू विभिन्न रोग, दुःख–कष्ट तथा समस्याबाट मुक्त भई मनोकामना पूर्ण हुने आस्था राख्छन् । त्यसैले धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरीका साथै भारतको बिहार— सितामढी, मधुबनी, दरभंगा आदि स्थानहरूबाट हजारौं श्रद्धालु एवं साधु–सन्तहरू यसमा सहभागी हुने गर्छन् । परिक्रमा यात्रामा सहभागीहरूले खानपानका सामग्री तथा आवश्यक बन्दोबस्तीका सामानसहित यात्रा गर्छन् । परम्परागत बाजागाजा, झाँकी, कीर्तन तथा मौलिक पहिरनमा विशेषतः पाका उमेरका नर–नारीहरू सहभागी हुने गर्छन् । शुक्रबार परिक्रमा समापन भएसँगै पर्सी शनिबार मिथिलाञ्चलभरि होली पर्व उल्लासका साथ मनाइनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज देशैभरका निजी विद्यालयले बस र्याली  गर्दै, यस्तो छ रूट निर्धारण
आज देशैभरका निजी विद्यालयले बस र्याली  गर्दै, यस्तो छ रूट निर्धारण
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने प्रचण्डको घोषणा
सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने प्रचण्डको घोषणा
धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आएपछि काठमाडौं फिर्ता
धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आएपछि काठमाडौं फिर्ता
सहकारी ठगीविरुद्ध कांग्रेसले आज काठमाडौं उपत्यकामा प्रदर्शन गर्दै
सहकारी ठगीविरुद्ध कांग्रेसले आज काठमाडौं उपत्यकामा प्रदर्शन गर्दै
लेबनानविरुद्ध इजरायलका लागि जासुसी गर्ने दुई सिरियाली नागरिक पक्राउ
लेबनानविरुद्ध इजरायलका लागि जासुसी गर्ने दुई सिरियाली नागरिक पक्राउ
कक्षा १२ को परीक्षा आजदेखि, सबै तयारी पूरा
कक्षा १२ को परीक्षा आजदेखि, सबै तयारी पूरा
चितवन निकुञ्जद्वारा नियमविपरीत काम गर्ने ६५ जनालाई कारबाही
चितवन निकुञ्जद्वारा नियमविपरीत काम गर्ने ६५ जनालाई कारबाही
प्रधानमन्त्री कप : कोसी प्रदेशमाथि एपीएफको जित
प्रधानमन्त्री कप : कोसी प्रदेशमाथि एपीएफको जित
बढी नाफाको लोभ देखाउँदै ‘नेप्से एआई’ एपबाट ठगी धन्दा, सतर्क रहन आग्रह
बढी नाफाको लोभ देखाउँदै ‘नेप्से एआई’ एपबाट ठगी धन्दा, सतर्क रहन आग्रह