बद्रीनाथमा हिमपहिरो, फसेका ५७ मध्ये १६ को उद्धार

Raju Yadav Raju Yadav
|
शुक्रबार, फाल्गुन १६, २०८१
|
|
२ पटक हेरिएको
Shares
बद्रीनाथमा हिमपहिरो, फसेका ५७ मध्ये १६ को उद्धार

सारांश

  •   १६ फागुन, उत्तराखण्ड (चमोली) ।
  • भारतको उत्तराखण्डको चमोली जिल्लामा शुक्रबार ठूलो हिमपहिरो गएको छ ।
  • सडक निर्माणमा संलग्न कम्तीमा ५७ जना कामदार हिउँको ठूलो थुप्रोमुनि फसेका छन् ।

१६ फागुन, उत्तराखण्ड (चमोली) । भारतको उत्तराखण्डको चमोली जिल्लामा शुक्रबार ठूलो हिमपहिरो गएको छ । सडक निर्माणमा संलग्न कम्तीमा ५७ जना कामदार हिउँको ठूलो थुप्रोमुनि फसेका छन् । फसेका १६ जनालाई उद्धार गरिएको छ । ४१ जना अझै उद्धारको प्रतीक्षामा छन् ।

गम्भीर अवस्थाका उनीहरूलाई मानानजिकै रहेको सेनाको क्याम्पमा पठाइएको सुरक्षा अधिकारीहरूले बताएका छन् । बाक्लो हिमपातका कारण उद्धार टोलीलाई त्यहाँ पुग्न समस्या भइरहेको उनीहरूको भनाइ छ । उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले भने, ‘सीमा सडक संगठन (बीआरओ) शिविरका निर्माण मजदुरहरू बद्रीनाथको माना गाउँनजिकै काम गरिरहेका समय एक्कासी हिमपहिरो आउँदा केही व्यक्ति हिउभित्र फसेका छन् । उद्धारका लागि सुरक्षाकर्मी त्यसतर्फ गइसकेका छन् ।

प्रहरी मुख्यालयका प्रवक्ता आईजी निलेश आनन्द भर्नेले यो समाचार तयार पार्दासम्म ५७ जना कामदारमध्ये १६ जना कामदारको उद्धार गरिएको बताए । ‘मानाको सीमा क्षेत्रमा रहेको सीमा सडक संगठनको शिविरनजिकै ठूलो हिमपहिरो खसेको छ, जसमा सडक निर्माणमा संलग्न ५७ जना कामदार फसेका छन्,’ प्रहरी महानिरीक्षक निलेश आनन्द भर्नेले भने, ‘तीमध्ये १६ जना कामदारलाई उद्धार गरिएको छ ।’

यसैबीच, बीआरओका कार्यकारी इञ्जिनियर सीआर मीनाले उद्धार कार्य जारी रहेको र भारी हिमपातका कारण टोलीलाई कठिनाइ भइरहेको बताए । उनले चारवटा एम्बुलेन्स परिचालन गरिएको तर बाक्लो हिउँको कारण पुग्न कठिन भएको बताएका छ्न । उत्तराखण्डका मुख्यमन्त्री धामीले भारत–तिब्बत सीमा प्रहरी र बीआरओले राहत र उद्धार कार्य जारी राखेको प्रतिक्रिया दिए । बिहीबार लाहौल र स्पीति प्रहरीले यस क्षेत्रका लागि हिमस्खलनको चेतावनी जारी गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डाइभर्सन मर्मतपछि कान्तिलोकपथ सञ्चालनमा
डाइभर्सन मर्मतपछि कान्तिलोकपथ सञ्चालनमा
पृथ्वी जयन्तीको अवसरमा ओलीको सन्देश : आगजनी र विनाशकारी प्रवृत्तिको अन्त्य आवश्यक
पृथ्वी जयन्तीको अवसरमा ओलीको सन्देश : आगजनी र विनाशकारी प्रवृत्तिको अन्त्य आवश्यक
आप्रवासीलाई निर्बाध डिर्पोट गर्न अनुमति माग्दै सर्वोच्च पुगे ट्रम्प
आप्रवासीलाई निर्बाध डिर्पोट गर्न अनुमति माग्दै सर्वोच्च पुगे ट्रम्प
मौसम पूर्वानुमान : आज देशभरको मौसम सफा रहने
मौसम पूर्वानुमान : आज देशभरको मौसम सफा रहने
जिम्मेवार वहन गर्न नसक्ने ‘नक्कली कम्युनिष्ट’ हो : वामदेव गौतम
जिम्मेवार वहन गर्न नसक्ने ‘नक्कली कम्युनिष्ट’ हो : वामदेव गौतम
राजर्षि जनक विश्व विद्यालयका ८६ विद्यार्थी दीक्षित
राजर्षि जनक विश्व विद्यालयका ८६ विद्यार्थी दीक्षित
भिजिट भिसालाई मानव तस्करीको माध्यम बनाइएको आरोप लगाएको रास्वपा निलो रिबन लगाएर संसदमा
भिजिट भिसालाई मानव तस्करीको माध्यम बनाइएको आरोप लगाएको रास्वपा निलो रिबन लगाएर संसदमा
खोटाङ केन्द्रबिन्दु भएर भूकम्प
खोटाङ केन्द्रबिन्दु भएर भूकम्प
दुर्गा प्रसाईलाई सर्वोच्च अदालत लगियो
दुर्गा प्रसाईलाई सर्वोच्च अदालत लगियो
नेपाल महिला संघका २० केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा
नेपाल महिला संघका २० केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा