सर्लाहीमा स्रोत नखुलेको सात लाखभन्दा बढी नेपाली रुपैयाँसहित भारतीय युवक पक्राउ

Raju Yadav Raju Yadav
|
बुधबार, फाल्गुन १४, २०८१
|
|
२ पटक हेरिएको
Shares
सर्लाहीमा स्रोत नखुलेको सात लाखभन्दा बढी नेपाली रुपैयाँसहित भारतीय युवक पक्राउ

सारांश

  •   १४ फागुन, सर्लाही ।
  • सर्लाही प्रहरीले स्रोत नखुलेको सात लाखभन्दा बढी  नेपाली रुपैयाँसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ।
  • नेपाल–भारत सीमा दशगजा नजिक मलङ्गवा नगरपालिका–८ स्थित प्रहरी चौकी गोरखकाली अगाडि चेकजाँचका क्रममा भारतको बिहार राज्य, सितामढी जिल्ला, ग्राम पंचायत बिसनपुर १५ का २२ वर्षीय चन्दनकुमार महतो पक्राउ परेका हुन्।

१४ फागुन, सर्लाही । सर्लाही प्रहरीले स्रोत नखुलेको सात लाखभन्दा बढी  नेपाली रुपैयाँसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ।

नेपाल–भारत सीमा दशगजा नजिक मलङ्गवा नगरपालिका–८ स्थित प्रहरी चौकी गोरखकाली अगाडि चेकजाँचका क्रममा भारतको बिहार राज्य, सितामढी जिल्ला, ग्राम पंचायत बिसनपुर १५ का २२ वर्षीय चन्दनकुमार महतो पक्राउ परेका हुन्। महतो बीआर ३० ए बी ९१८३ नम्बरको मोटरसाइकलमा मलंगवा–सोनवर्षा नाका हुँदै नेपाल प्रवेश गरेका थिए।

चेकजाँचका क्रममा उनको शरीर खानतलासी गर्दा पाइन्टभित्र लुकाएर ल्याएको ७ लाख ५८ हजार ३१० रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सरोज राईले जानकारी दिए। प्रहरीले महतोलाई थप अनुसन्धानका लागि भन्सार कार्यालय मलंगवाको जिम्मा लगाएको छ। स्रोत नखुलेको रकम अवैध हुण्डी कारोबारमा प्रयोग हुनसक्ने आशंकामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निमावि तहका ६८६ शिक्षकका लागि आवेदन खुला
निमावि तहका ६८६ शिक्षकका लागि आवेदन खुला
स्कुल बस दुर्घटना प्रकरण  : उपचारको क्रममा एक बालकको मृत्यु
स्कुल बस दुर्घटना प्रकरण : उपचारको क्रममा एक बालकको मृत्यु
तीनकुने घटनामा ज्यान गुमाएकाको परिवारलाई सरकारले १०/१० लाख दिने
तीनकुने घटनामा ज्यान गुमाएकाको परिवारलाई सरकारले १०/१० लाख दिने
मुख्यमन्त्री यादवले बुझाए प्रदेश प्रमुखलाई राजीनामा पत्र
मुख्यमन्त्री यादवले बुझाए प्रदेश प्रमुखलाई राजीनामा पत्र
राप्रपाको निष्कर्ष– निषेधाज्ञा जारी गर्नु हाम्रो आन्दोलन सफल हुनु हो
राप्रपाको निष्कर्ष– निषेधाज्ञा जारी गर्नु हाम्रो आन्दोलन सफल हुनु हो
अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक
अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक
फेक लाइसेन्स प्रकरण : अख्तियारले माग्यो ४०२ कर्मचारीको तीनपुस्ते विवरण
फेक लाइसेन्स प्रकरण : अख्तियारले माग्यो ४०२ कर्मचारीको तीनपुस्ते विवरण
रोशी खोलाले बगाएको डाइभर्सन मर्मत, बिपी राजमार्गमा यातायात सञ्चालन
रोशी खोलाले बगाएको डाइभर्सन मर्मत, बिपी राजमार्गमा यातायात सञ्चालन
अस्ट्रेलिया पुगेको नेपाली टिमले आज पहिलो खेल खेल्दै
अस्ट्रेलिया पुगेको नेपाली टिमले आज पहिलो खेल खेल्दै
२ सय ४० किलो चरेससहित दुई जना पक्राउ
२ सय ४० किलो चरेससहित दुई जना पक्राउ