उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँदै सरकार

Raju Yadav Raju Yadav
|
सोमबार, फाल्गुन ५, २०८१
|
|
४ पटक हेरिएको
Shares
उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँदै सरकार

सारांश

  •   ५ माघ, काठमडौं ।
  • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उच्च शिक्षा मापदण्ड ऐन बनाउने भएको छ ।
  • उच्च शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई उच्च शिक्षा मापदण्ड ऐन बनाउने भएको हो ।

 

५ माघ, काठमडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उच्च शिक्षा मापदण्ड ऐन बनाउने भएको छ । उच्च शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई उच्च शिक्षा मापदण्ड ऐन बनाउने भएको हो । कानुन मन्त्रालयबाट विधेयक फिर्ता भएपछि शिक्षा मन्त्रालयले विधेयकमाथि राय सुझाव मागेको थियो ।

राय सुझाव लिएर शिक्षा मन्त्रालयले विधेयकलाई अध्ययनको लागि कानुन आयोगमा पठाएको थियो । कानुन आयोगमा भएको छलफलले मापदण्ड ऐन बनाउन सुझाव दिएको हो । सबै विश्वविद्यालयको आआफ्नो ऐन भएकालले मापदण्डमा एकरुपता बनाउन  लागिएको मन्त्रालयको भनाइ छ । मापदण्डमा विद्यार्थी र प्राध्यापक संघ संगठन के गर्ने भन्ने पनि स्पष्ट गरिने भएको छ । शिक्षा मन्त्री विद्या भट्टराई विधेयकमाथि छलफल चलिरहेको बताउँछिन् । ‘विधेयक कानुन आयोगमा छ । थप परिस्कृत बनाउने काम भइरहेको छ,’ उनले भनिन् ।

मस्यौदामा नेपालमा केन्द्रीय, प्रदेश र मानित गरी तीन प्रकारका विश्वविद्यालय कल्पना गरिएको छ । हाल सञ्चालनमा रहेकामध्ये त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयलाई केन्द्रीय विश्वविद्यालयमा राखिएको छ । त्रिभुवन विश्वविद्यालयलाई भने ऐतिहासिक पृष्ठभूमि, नेपालको उच्च शिक्षा क्षेत्रमा भएको योगदान, संस्थागत क्षमता र प्राज्ञिक उन्नयनको आधारमा त्रिभुवन विश्वविद्यालयलाई प्राज्ञिक उत्कृष्टताको केन्द्रको रूपमा प्रस्ताव गरेको छ ।

अन्य विश्वविद्यालयलाई भने पाँच वर्षभित्र केन्द्रीय विश्वविद्यालयको रूपमा स्तरोन्नति हुन नसके प्रदेश विश्वविद्यालयमा घटुवा हुने प्रावधान प्रस्ताव गरिएको छ । विधेयकको मस्यौदामा प्राज्ञिक उत्कृष्टताको केन्द्रका रूपमा वर्गीकृत विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था गरिएको छ । केन्द्रीय विश्वविद्यालयको कुलपति वा सभापति शिक्षामन्त्री र प्रदेश विश्वविद्यालयको कुलपति मुख्यमन्त्री रहने व्यवस्था छ । गैरनाफामूलक विश्वविद्यालयमा भने बोर्ड अफ ट्रस्टिजको प्रमुख सभापति वा चेयरमेन हुनेछ ।

मस्यौदाले शिक्षामन्त्रीको अध्यक्षतामा उच्च शिक्षा आयोगको परिकल्पना गरेको छ । मुलुकको उच्च शिक्षा व्यवस्थापन गरी उच्चस्तरीय मानव संशाधनको आवश्यकता परिपूर्तिका लागि उच्च शिक्षाको नियामक निकायका रूपमा एक उच्च शिक्षा आयोग रहने उल्लेख गरिएको छ । सात सदस्यीय सदस्यसहितको आयोगमा दुई जना महिला अनिवार्य रहने व्यवस्था गरेको छ । मस्यौदामा केन्द्रीय विश्वविद्यालयको शिक्षक तथा कर्मचारीको नियुक्ति र बढुवा गर्न एक विश्वविद्यालय सेवा आयोग रहने परिकल्पना गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोसीको नीति तथा कार्यक्रम बहुमतले पारित
कोसीको नीति तथा कार्यक्रम बहुमतले पारित
सिंहदरबार पूर्णरूपमा जेनजीको कब्जामा
सिंहदरबार पूर्णरूपमा जेनजीको कब्जामा
उद्योगहरूको बिजुली नकाट्ने प्राधिकरण बोर्डको निर्णय
उद्योगहरूको बिजुली नकाट्ने प्राधिकरण बोर्डको निर्णय
प्रधानमन्त्री कार्यालयको ६८ दरबन्दी काटिने
प्रधानमन्त्री कार्यालयको ६८ दरबन्दी काटिने
सर्लाहीमा ट्र्याक्टर र मोटरसाइकल ठो*क्किँदा एकको मृ*त्यु, अर्का एक घाइते
सर्लाहीमा ट्र्याक्टर र मोटरसाइकल ठो*क्किँदा एकको मृ*त्यु, अर्का एक घाइते
ऊर्जामन्त्री खड्कासँग नेपालका लागि रसियाका राजदूतको शिष्टाचार भेट
ऊर्जामन्त्री खड्कासँग नेपालका लागि रसियाका राजदूतको शिष्टाचार भेट
जसपा नेपालले महन्थ ठाकुरलाई बनायो राष्ट्रिय सभाको उम्मेदवार
जसपा नेपालले महन्थ ठाकुरलाई बनायो राष्ट्रिय सभाको उम्मेदवार
खुर्पा प्रहार गरी श्रीमतीको हत्या, २ छोरी घाइते
खुर्पा प्रहार गरी श्रीमतीको हत्या, २ छोरी घाइते
राजनीतिक दलहरूले संविधानको कार्यान्वयन गरेनन् : सन्तोष परियार
राजनीतिक दलहरूले संविधानको कार्यान्वयन गरेनन् : सन्तोष परियार
गृहमन्त्रीद्वारा तस्करी नियन्त्रणका लागि सम्बन्धित निकायलाई निर्देशन
गृहमन्त्रीद्वारा तस्करी नियन्त्रणका लागि सम्बन्धित निकायलाई निर्देशन