काठमाडौं बन्यो विश्वकै चौथो प्रदूषित सहर

Raju Yadav Raju Yadav
|
सोमबार, फाल्गुन ५, २०८१
|
|
४ पटक हेरिएको
Shares
काठमाडौं बन्यो विश्वकै चौथो प्रदूषित सहर

सारांश

  •   ५ फागुन, काठमाडौं ।
  • काठमाडौं विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ ।
  • विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअरका अनुसार बिहान ७ बजेसम्म काठमाडौंको वायु प्रदूषण १७० एक्यूआई मापन गरिएको छ ।

 

५ फागुन, काठमाडौं । काठमाडौं विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ । विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअरका अनुसार बिहान ७ बजेसम्म काठमाडौंको वायु प्रदूषण १७० एक्यूआई मापन गरिएको छ । ५० एक्यूआईभन्दा माथि प्रदूषण सूचकांक कटेमा उक्त वायुलाई अस्वस्थ मानिन्छ ।

छिमेकी राष्ट्र भारतको दिल्ली प्रदूषित सहरको शीर्ष स्थानमा छ । २०१ एक्यूआईसहित दिल्ली विश्वै सबैभन्दा प्रदूषित सहर बनेको हो । त्यस्तै दक्षिण यसियाली मुलुक बंगलादेशको ढाका दोस्रो नम्बरमा छ । बिहानसम्म ढाकाको वायु प्रदूषण १७० एक्यूआई मापन गरिएको छ ।
तेस्रो नम्बरमा रहेको पाकिस्तानको लाहोरको वायु प्रदूषण १९० एक्यूआई मापन गरिएको छ ।

पोखरा लगातार प्रदूषित सहर

विश्वरको तुलनामा नेपालको संघीय राजधानी प्रदूषित सहर बने पनि नेपालमा भने पोखरा लगाता। प्रदूषित सहर बन्दै आएको छ । वातावरण विभागअन्तर्गतको वायु गुणस्तर निगरानीका अनुसार यो समाचार तयार पार्दासम्म पोखराको वायु प्रदूषण ३३७ एक्यूआरई मापन गरिएको छ । पछिल्लो २४ घन्टामा पनि पोखरा नै सबैभन्दा प्रदूषित सहर थियो । ४७५ एक्यूआईसहित पोखरा पछिल्लो २४ घन्टामा नेपालकै प्रदूषित सहरका रुपमा थियो । त्यस्तै आज भक्तपुर १९१, शंखपार्क १७९ रत्नपार्क १७२, खुमलल्टार १७०, भैंसेपाटी १६८, भरतपुर १६७, हेटौडा १६२ र धनगढइ १५७ एक्यूआईसहित वायु प्रदूषणको रेडजोनमा छन् ।

वातावरण विभागका अनुसार ०-५० एक्यूआईसम्मको सूचकांक मात्रै राम्रो मानिन्छ । ५१-१०० मध्यम, १०१-१५० हुँदा अस्वस्थ, १५१-२०० अस्वस्थ, २०१-३०० निकै अस्वस्थ र ३०१ एक्यूआई भएमा खतरनाक तहमा पुगेको मानिन्छ । मंसिरदेखि जेठ महिनासम्म वायु प्रदूषण उच्च हुने भएकाले सुरक्षा अपनाउन वातावरण विभागले सूचनामार्फत जानकारी दिएको छ । ‘वायू प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने र विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वास र मुटुका बिरामी, गर्भवती महिलाहरुलाई बढी प्रभाव पार्ने भएकाले यस्तोबेला विशेष सावधानी अपनाउन अनुरोध छ’, विभागले सूचना जारी गर्दै भनेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डाइभर्सन मर्मतपछि कान्तिलोकपथ सञ्चालनमा
डाइभर्सन मर्मतपछि कान्तिलोकपथ सञ्चालनमा
जनताको आर्थिक स्थितिलाई रुपान्तरित गर्नु आजको आवश्यकताः सांसद विश्वकर्मा
जनताको आर्थिक स्थितिलाई रुपान्तरित गर्नु आजको आवश्यकताः सांसद विश्वकर्मा
पर्सामा सवारी दुर्घटना, एक जनाको मृ*त्यु, अर्का घाइते
पर्सामा सवारी दुर्घटना, एक जनाको मृ*त्यु, अर्का घाइते
ताप्लेजुङमा बाढीको वितण्डा मोटरेबल पुल र घर बगायो
ताप्लेजुङमा बाढीको वितण्डा मोटरेबल पुल र घर बगायो
कानुन र नीतिगत सुधारलाई प्राथमिकता : गृहमन्त्री लेखक
कानुन र नीतिगत सुधारलाई प्राथमिकता : गृहमन्त्री लेखक
भन्सार विधेयक पारित भएसँगै राजस्व चुहावट नियन्त्रण हुन्छ : अर्थमन्त्री पौडेल
भन्सार विधेयक पारित भएसँगै राजस्व चुहावट नियन्त्रण हुन्छ : अर्थमन्त्री पौडेल
गृहमन्त्री नारायणकाजी श्रेष्ठद्वारा सर्लाही कारागार उद्घाटन
गृहमन्त्री नारायणकाजी श्रेष्ठद्वारा सर्लाही कारागार उद्घाटन
कुशल र आरिफको अर्धशतकमा लुम्बिनीलाई पुलिसले दियो २५० रनको लक्ष्य
नक्कली टिकट बेचेको र धेरै भाडा असुलेको आरोपमा १३ जना पक्राउ
नक्कली टिकट बेचेको र धेरै भाडा असुलेको आरोपमा १३ जना पक्राउ
बिहान सबेरै खाली पेटमा नखानुहोस् यी ४ चिज
बिहान सबेरै खाली पेटमा नखानुहोस् यी ४ चिज