श्रीलंकामा १३ वर्षपछि अस्ट्रेलियाले जित्यो टेस्ट सिरिज

Raju Yadav Raju Yadav
|
आइतबार, माघ २७, २०८१
|
|
३ पटक हेरिएको
Shares
श्रीलंकामा १३ वर्षपछि अस्ट्रेलियाले जित्यो टेस्ट सिरिज

सारांश

  •   २७ माघ,  काठमाडौँ – अस्ट्रेलियाले श्रीलंकाविरुद्धको दोस्रो टेस्ट ९ विकेटले जितेको छ।
  • अस्ट्रेलिया यो जितसँगै सिरिज २-० ले जित्न सफल भयो।
  • यसअघि अस्ट्रेलियाले पहिलो टेस्ट इनिङ्स अन्तरले जितेको थियो।

२७ माघ,  काठमाडौँ – अस्ट्रेलियाले श्रीलंकाविरुद्धको दोस्रो टेस्ट ९ विकेटले जितेको छ। अस्ट्रेलिया यो जितसँगै सिरिज २-० ले जित्न सफल भयो। यसअघि अस्ट्रेलियाले पहिलो टेस्ट इनिङ्स अन्तरले जितेको थियो। अस्ट्रेलिया टिमले १३ वर्षपछि श्रीलंकामा टेस्ट सिरिज जितेको हो। यसअघि अस्ट्रेलियाले श्रीलंकामा २०११ मा जित हासिल गरेको थियो। त्यसपछि श्रीलंकामा भएका २ सिरिजमा एक खेल श्रीलंकाले जितेको थियो भने अर्को एउटा बराबरी भएको थियो।

अब यी दुई टिमबीच दुई खेलको एकदिवसीय श्रृंखला हुनेछ। श्रृंखलाको पहिलो खेल १२ फेब्रुअरीमा कोलम्बोमा हुनेछ। दोस्रो टेस्टमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली श्रीलंकाले पहिलो इनिङ्समा २ सय ५७ रन बनाउँदा कुशल मेन्डिसले अविजित ८५ रन र दिनेश चन्डिमलले ७४ रन बनाएका थिए। जवाफमा अस्ट्रेलियाले पहिलो इनिङ्समा स्टिभ स्मिथ र एलेक्स क्यारीको शतकीय योगदानमा ४ सय १४ रन बनायो। कप्तान स्मिथले १ सय ३१ रन बनाउँदा क्यारीले १ सय ५६ रन बनाएका थिए।

पहिलो इनिङ्समा १ सय ५७ रनको अग्रता बनाएको अस्ट्रेलियाविरुद्ध जवाफी इनिङ्स सुरु गरेको श्रीलंका दोस्रो इनिङ्समा २ सय ३१ रनमा अलआउट भयो। उसका लागि एन्जेलो म्याथ्युजले ७६ रन तथा कुशल मेन्डिसले ५० रनको इनिङ्स खेल्नुबाहेक अन्य खेलाडीको प्रदर्शन गतिलो रहेन। समग्रमा दोस्रो इनिङ्समा ७५ रनको लक्ष्य पाएको अस्ट्रेलियाले उक्त लक्ष्य १ विकेट गुमाएर पूरा गर्दै सिरिज क्लिन स्विप गर्‍यो। अस्ट्रेलियाका लागि उस्मान ख्वाजा २७ र मार्नुस लबुसेन २६ रनमा अविजित रहँदा ट्रेभिस हेड २० रनमा आउट भए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपसभामुख हटाउने प्रक्रियामा सहभागी हुँदैनौं : एकीकृत समाजवादी
उपसभामुख हटाउने प्रक्रियामा सहभागी हुँदैनौं : एकीकृत समाजवादी
गाउँपालिका महासंघ, नगरपालिका संघ र जीसस महासंघको आह्वान– संविधानसम्मत निकास खोजौं
गाउँपालिका महासंघ, नगरपालिका संघ र जीसस महासंघको आह्वान– संविधानसम्मत निकास खोजौं
सहरी विकासको करिब ६२ अर्ब बजेट रोक्का
सहरी विकासको करिब ६२ अर्ब बजेट रोक्का
प्रधानमन्त्री कपमा सुदूरपश्चिमको विजयी सुरुआत, किरण ठगुन्नाको शानदार शतक
प्रधानमन्त्री कपमा सुदूरपश्चिमको विजयी सुरुआत, किरण ठगुन्नाको शानदार शतक
बाढीले डाइभर्सन भत्काउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
बाढीले डाइभर्सन भत्काउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
शीर्ष–२ मा पुग्न मुम्बई र पञ्जाबबीच कडा प्रतिस्पर्धा, कुन टिम छ बलियो ?
शीर्ष–२ मा पुग्न मुम्बई र पञ्जाबबीच कडा प्रतिस्पर्धा, कुन टिम छ बलियो ?
आज कुन विदेशी मुद्राको भाउ कति ?
आज कुन विदेशी मुद्राको भाउ कति ?
मोटरसाइकल दुर्घटनामा दुईको मृ*त्यु, एक गम्भीर
मोटरसाइकल दुर्घटनामा दुईको मृ*त्यु, एक गम्भीर
बैतडीमा ५.१ म्याग्निच्युडको भूकम्प
बैतडीमा ५.१ म्याग्निच्युडको भूकम्प
नेपालगञ्ज आइसिपीलाई प्रभावकारी बनाउन पहल गर्छु : अध्यक्ष प्रचण्ड
नेपालगञ्ज आइसिपीलाई प्रभावकारी बनाउन पहल गर्छु : अध्यक्ष प्रचण्ड