दिल्लीको मुख्यमन्त्री पदबाट आतिशीले दिइन् राजीनामा

Raju Yadav Raju Yadav
|
आइतबार, माघ २७, २०८१
|
|
३ पटक हेरिएको
Shares
दिल्लीको मुख्यमन्त्री पदबाट आतिशीले दिइन् राजीनामा

सारांश

  •   दिल्ली ।
  • विधानसभा चुनावमा आफ्नो पार्टीको पराजयपछि आतिशीले आइतबार दिल्लीको मुख्यमन्त्री पदबाट राजीनामा दिएकी छन् ।
  • आम आदमी पार्टी (आप) की नेत्रीले आइतबार राज निवासमा उपराज्यपाल भिके सक्सेनालाई आफ्नो राजीनामा बुझाएकी हुन् ।

दिल्ली । विधानसभा चुनावमा आफ्नो पार्टीको पराजयपछि आतिशीले आइतबार दिल्लीको मुख्यमन्त्री पदबाट राजीनामा दिएकी छन् । आम आदमी पार्टी (आप) की नेत्रीले आइतबार राज निवासमा उपराज्यपाल भिके सक्सेनालाई आफ्नो राजीनामा बुझाएकी हुन् ।  ४३ वर्षीया आतिशी गत सेप्टेम्बरदेखि दिल्लीको मुख्यमन्त्रीको रूपमा कार्यरत थिइन् ।

अरविन्द केजरीवालले आफ्नो पदबाट राजीनामा दिएको केही दिनपछि उनी शीर्ष पदमा पुगेकी थिइन् । उनी सुष्मा स्वराज र शीला दीक्षितपछि दिल्लीको तेस्रो महिला मुख्यमन्त्री थिइन् । दिल्ली विधानसभा चुनावमा आप (आम आदमी पार्टी) ले ठूलो झट्का बेहोरेको छ । आपले आफ्नो पहिलेको ६२ सिटको तुलनामा मात्र २२ सिट मात्र जित्न सकेको छ । आम आदमी पार्टीलाई सत्ताच्यूत गरेर २७ वर्षपछि भारतको राजधानीमा सत्तामा फर्किएको भारतीय जनता पार्टी (भाजपा) ले शनिबार दिल्ली चुनावमा ऐतिहासिक जनादेश प्राप्त गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिपक्षकाे विरोधपछि सुदूरपश्चिम प्रदेशसभाकाे बैठक स्थगित, सरकारले अनावश्यक खर्च बढाएको आराेप
प्रतिपक्षकाे विरोधपछि सुदूरपश्चिम प्रदेशसभाकाे बैठक स्थगित, सरकारले अनावश्यक खर्च बढाएको आराेप
असारका लागि बैंकहरुको नयाँ ब्याजदर घोषणा, कसको कति ?
असारका लागि बैंकहरुको नयाँ ब्याजदर घोषणा, कसको कति ?
आलमको निधनप्रति कांग्रेस गहिरो दुःखमा, ३ दिने शोक कार्यक्रम घोषणा
आलमको निधनप्रति कांग्रेस गहिरो दुःखमा, ३ दिने शोक कार्यक्रम घोषणा
ज्ञानेन्द्र शाहलाई छाडा हुने छुट दिन सकिँदैन : प्रचण्ड
ज्ञानेन्द्र शाहलाई छाडा हुने छुट दिन सकिँदैन : प्रचण्ड
सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु, ११ घाइते
सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु, ११ घाइते
विराटनगरले पोखरालाई दियो १४० रनको लक्ष्य
विराटनगरले पोखरालाई दियो १४० रनको लक्ष्य
पहिरोका कारण बेनी–दरबाङ सडक अवरुद्ध
पहिरोका कारण बेनी–दरबाङ सडक अवरुद्ध
एडीबीबाट प्राप्त १४ अर्ब ३८ करोड ऋण स्वीकृत, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय
एडीबीबाट प्राप्त १४ अर्ब ३८ करोड ऋण स्वीकृत, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय
मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
घर भत्किँदा गम्भीर घाइते भएका काभ्रेका एक पुरुषको हेलिकप्टरबाट उद्धार
घर भत्किँदा गम्भीर घाइते भएका काभ्रेका एक पुरुषको हेलिकप्टरबाट उद्धार