इजरायली राष्ट्रपतिसँग नेपाली राजदूतको टेलिफोन संवाद, विपिन जोशीबारे छलफल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, माघ २३, २०८१
|
|
२ पटक हेरिएको
Shares
इजरायली राष्ट्रपतिसँग नेपाली राजदूतको टेलिफोन संवाद, विपिन जोशीबारे छलफल

सारांश

  • २३ माघ, काठमाडौं ।
  • इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले इजरायलका राष्ट्रपति इसहाक हर्जोगसँग टेलिफोन संवाद गरेका छन् ।
  • मंगलबार अपराह्न राजदूत पण्डितले त्यहाँका राष्ट्रपति हर्जोगसँग संवाद गरेको परराष्ट्रमन्त्रालयले विज्ञप्ति जारी गरेर बताएको छ ।

२३ माघ, काठमाडौं ।

इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले इजरायलका राष्ट्रपति इसहाक हर्जोगसँग टेलिफोन संवाद गरेका छन् । मंगलबार अपराह्न राजदूत पण्डितले त्यहाँका राष्ट्रपति हर्जोगसँग संवाद गरेको परराष्ट्रमन्त्रालयले विज्ञप्ति जारी गरेर बताएको छ । संवादका क्रममा राष्ट्रपति हर्जोगले इजरायलले नेपाली विद्यार्थी विपिन जोशीसहित हमासले बन्धक बनाएकाहरुको उद्धारका लागि सबै प्रयासहरु लगाइरहेको भनेको परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ ।

गएको २१ असोज २०८० मा प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले इजरायलमा आक्रमण गर्दा १० जना नेपाली मारिएका थिए । हमासले आक्रमण गरेको गाजा क्षेत्र नजिक किबुज अलुमिममा रहेको बंकरमा १६ नेपाली थिए । तीमध्ये १० जना मारिएका थिए भने एक जना विपिन जोशीलाई हमासले बन्धक बनाएको थियो ।

बंकरमा रहेर घाइते भएका धनबहादुर चौधरीले अनलाइनखबरलाई बताएअनुसार, आक्रमणका क्रममा हमासका लडाकुहरुले बंकरतिर ग्रिनेड हानेपछि जोशीले समातेर बाहिर फ्याँकेका थिए । त्यसपछि लडाकुहरुले जोशीलाई कब्जामा लिएका थिए । चौधरीसहित इजरायलमा रहेका विद्याथीहरुलाई पछि सरकारले उद्दार गरेर विशेष विमानमार्फत काठमाडौं ल्याएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगामी निर्वाचनमा एमालेको एकल बहुमत आउने गरी लाग्न ओलीको निर्देशन
आगामी निर्वाचनमा एमालेको एकल बहुमत आउने गरी लाग्न ओलीको निर्देशन
नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन सकिन्छ तर ऐन परिमार्जन गर्नुपर्छ : विप्लव अधिकारी
नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन सकिन्छ तर ऐन परिमार्जन गर्नुपर्छ : विप्लव अधिकारी
२५ सय तल झर्‍यो सेयर बजार, सबै क्षेत्रका सूचक घटे
२५ सय तल झर्‍यो सेयर बजार, सबै क्षेत्रका सूचक घटे
शिक्षा क्षेत्रको लागि २ खर्ब ११ अर्ब बजेट विनियोजन, विद्यालय खाजाका लागि १० अर्ब
शिक्षा क्षेत्रको लागि २ खर्ब ११ अर्ब बजेट विनियोजन, विद्यालय खाजाका लागि १० अर्ब
धरानलाई खानेपानी माग्दै खानेपानी मन्त्रालय पुगे मेयर हर्क साम्पाङ
धरानलाई खानेपानी माग्दै खानेपानी मन्त्रालय पुगे मेयर हर्क साम्पाङ
जसपाका प्रदेश अध्यक्ष अशोक यादवले छाडे पार्टी, साधारण सदस्यसमेत नरहने गरी दिए राजीनामा
जसपाका प्रदेश अध्यक्ष अशोक यादवले छाडे पार्टी, साधारण सदस्यसमेत नरहने गरी दिए राजीनामा
भन्सार नियमावली आज मन्त्रिपरिषद्मा जान्छः अर्थमन्त्री खनाल
भन्सार नियमावली आज मन्त्रिपरिषद्मा जान्छः अर्थमन्त्री खनाल
माझफाँट–लेकफाँट सडक कालोपत्र
माझफाँट–लेकफाँट सडक कालोपत्र
जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण
जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण
पाँच महिनामा नेपालको व्यापार घाटा ५ खर्ब ८७ अर्ब
पाँच महिनामा नेपालको व्यापार घाटा ५ खर्ब ८७ अर्ब