कार्यव्यस्था परामर्श समितिको बैठक बस्दै

Raju Yadav Raju Yadav
|
मंगलबार, माघ १५, २०८१
|
|
५ पटक हेरिएको
Shares
कार्यव्यस्था परामर्श समितिको बैठक बस्दै

सारांश

  • हिउँदे अधिवेशनका लागि तयारी तीव्र पारिएको छ।
  • माघ १८ गते देखी सुरु हुने हिउँदे अधिवेशनका लागि सभामुख देवराज घिमिरेले सक्रियता बढाएका छन्।
  • जसअनुसार सभामुख घिमिरेले आज दिउँसो १ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक सिंहदरबारमा तय गरिएको छ।

 

१५ माघ, काठमाडौं । हिउँदे अधिवेशनका लागि तयारी तीव्र पारिएको छ। माघ १८ गते देखी सुरु हुने हिउँदे अधिवेशनका लागि सभामुख देवराज घिमिरेले सक्रियता बढाएका छन्। जसअनुसार सभामुख घिमिरेले आज दिउँसो १ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक सिंहदरबारमा तय गरिएको छ।

साथै, विधेयक रहेका संसदीय समितिका सभापतिसँग पनि सभामुख घिमिरेले अलग अलग संवाद गरिरहेको उनका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए। हिजो प्रमुख पाँच दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग सिंहदरबारमा छलफल गरिएको थियो भने सो अघि सत्तापक्षका मुख्य सचेतक, प्रमुख सचेतकसँग छलफल गरेका सभामुख घिमिरेले सो पछि दिउँसो २ बजे प्रमुख प्रतिपक्ष तथा प्रतिपक्षी दलका प्रमुख सचेतकसँग छलफल गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?