महाकुम्भ मेला : डेढ करोड बढीले गरे स्नान
सारांश
- १ माघ, काठमाडौं ।
- महाकुम्भको पहिलो दिन १ करोड ६५ लाखभन्दा बढीले भारतको उत्तर प्रदेशस्थित प्रयागराजको संगममा स्नान गरेका छन् ।
- पौष पूर्णिमाका दिन ४४ घाटमा स्नानको व्यवस्था गरिएको छ ।
१ माघ, काठमाडौं ।
महाकुम्भको पहिलो दिन १ करोड ६५ लाखभन्दा बढीले भारतको उत्तर प्रदेशस्थित प्रयागराजको संगममा स्नान गरेका छन् । पौष पूर्णिमाका दिन ४४ घाटमा स्नानको व्यवस्था गरिएको छ । जर्मनी, ब्राजिल, रुसलगायत ५० देशका भक्तजनले कुम्भमा स्नान गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
समाचारअनुसार लाखौं भक्तजनले ४५ दिने कल्पवास शुरू गरेका छन् । मकर संक्रान्तिको अवसरमा आज महाकुम्भमा पहिलो अमृत स्नान गरिने भएको छ । महाकुम्भको पहिलो अमृत स्नान (शाही स्नान) शुरू भएको छ । दुई हजार नागा साधु हर-हर महादेवको जप गर्दै संगम पुगेका छन् ।
नागा साधुको आशीर्वाद लिन लाखौं भक्तजन संगम पुगेका छन् । संगम जाने सबै सडकमा १० देखि १२ किलोमिटरसम्म भक्तजनको जुलुस मात्रै छ । सुरक्षा व्यवस्थामा ६० हजार सैनिक तैनाथ छन् ।





प्रतिक्रिया