‘जनतासँग जसपा नेपाल’ लिएर सप्तरीमा उपेन्द्र यादव

Raju Yadav Raju Yadav
|
बुधबार, पौष २४, २०८१
|
|
१ पटक हेरिएको
Shares
‘जनतासँग जसपा नेपाल’ लिएर सप्तरीमा उपेन्द्र यादव

सारांश

  •   २४ पुस,  काठमाडौँ- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव तीन दिने कार्यक्रमका लागि सप्तरी पुगेका छन्।
  • बुधबारदेखि तीन दिनसम्म सप्तरीका चारवटै निर्वाचन क्षेत्रको तीन स्थानमा आयोजित अभिमुखीकरण कार्यक्रममा अध्यक्ष यादव प्रमुख प्रशिक्षक एवं वक्ताका रुपमा पुगेका हुन्।
  • पहिलो दिन सप्तरीको क्षेत्र नं १, कञ्चनरुप नगरपालिका-८ स्थित मिथिला पार्टी प्यालेस बेरियरमा पार्टी प्रशिक्षणसहित अभिमुखिकरण कार्यक्रमको उद्घाटन भएको छ।

 

२४ पुस,  काठमाडौँ- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव तीन दिने कार्यक्रमका लागि सप्तरी पुगेका छन्। बुधबारदेखि तीन दिनसम्म सप्तरीका चारवटै निर्वाचन क्षेत्रको तीन स्थानमा आयोजित अभिमुखीकरण कार्यक्रममा अध्यक्ष यादव प्रमुख प्रशिक्षक एवं वक्ताका रुपमा पुगेका हुन्।

पहिलो दिन सप्तरीको क्षेत्र नं १, कञ्चनरुप नगरपालिका-८ स्थित मिथिला पार्टी प्यालेस बेरियरमा पार्टी प्रशिक्षणसहित अभिमुखिकरण कार्यक्रमको उद्घाटन भएको छ। जसमा जिल्लाका केन्द्रीय नेतृत्वसहित क्षेत्रिय, पालिका र वडा स्तरका नेता कार्यकर्ताको उत्साहजनक सहभागिता छ। दोस्रो दिन पुस २५ गते सप्तरी क्षेत्र नं. २ र ३ को संयुक्त अभिमुखिकरण कार्यक्रम विष्णुपुर गाउँपालिका-१ स्थित प्रसाहीमा आयोजना गरिएको छ।

त्यसलगत्तै पौष २६ गते क्षेत्र नं ४ को लागि खड्क नगरपालिकाको विष्णुपुर बजारमा प्रशिक्षण कार्यक्रम राखिएको छ।पछिल्लो पाँच महिनायता काठमाडौंदेखि हरेक पालिका र वडास्तरसम्मै संगठन विस्तारका लागि जसपा नेता-कार्यकर्ता ‘जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियान’मा छन्। पछिल्लो समय म्याद थप गरी आगामी माघ मसान्तसम्म सञ्चालित अभियानको क्रममा लुम्बिनी प्रदेशमा पाँच दिवसीय कार्यक्रम गरेलगत्तै अध्यक्ष यादव सप्तरी पुगेका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?