गृहमन्त्री लेखकसहित पाँच सांसदविरुद्धको रिटमा आज सुनुवाइ

Raju Yadav Raju Yadav
|
बुधबार, पौष २४, २०८१
|
|
५ पटक हेरिएको
Shares
गृहमन्त्री लेखकसहित पाँच सांसदविरुद्धको रिटमा आज सुनुवाइ

सारांश

  • बुधबार न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा उक्त रिट निवेदनमाथि सुनुवाइका लागि पेसी तोकिएको हो ।
  • अधिवक्ता यज्ञप्रसाद अधिकारीले उनीहरूविरुद्ध अदालतको अवहेलनासम्बन्धी रिट निवेदन दर्ता गराएका थिए ।
  • २०८० पुस २ गते दर्ता भएको रिट निवेदनमा अहिलेसम्म सुनुवाइ भएको थिएन ।

 

काठमाडौँ, २४ पुसः गृहमन्त्री रमेश लेखकसहित पाँच सांसदविरुद्ध परेको रिट निवेदनमाथि सर्वोच्च अदालतको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

बुधबार न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा उक्त रिट निवेदनमाथि सुनुवाइका लागि पेसी तोकिएको हो । अधिवक्ता यज्ञप्रसाद अधिकारीले उनीहरूविरुद्ध अदालतको अवहेलनासम्बन्धी रिट निवेदन दर्ता गराएका थिए । २०८० पुस २ गते दर्ता भएको रिट निवेदनमा अहिलेसम्म सुनुवाइ भएको थिएन ।

गत भदौ ५ गते न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ भएको थियो ।पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशका बारेमा असन्तुष्टि जनाउँदै ती सांसदले संसदमा दिएका अभिव्यक्तिका आधारमा अदालतको अवहेलना मुद्दा दर्ता भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?