माओवादी र एमालेको केन्द्रीय समितिको बैठक आजदेखि

Raju Yadav Raju Yadav
|
आइतबार, पौष २१, २०८१
|
|
२ पटक हेरिएको
Shares
माओवादी र एमालेको केन्द्रीय समितिको  बैठक आजदेखि

सारांश

  •   काठमाडौं ।
  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ।
  • पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेदेखि सुरु हुने बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिक परिस्थितिसहितको विषयवस्तु समेटिएको प्रतिवेदन प्रस्तुत गर्नेछन्।

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेदेखि सुरु हुने बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिक परिस्थितिसहितको विषयवस्तु समेटिएको प्रतिवेदन प्रस्तुत गर्नेछन्।

बैठकमा प्रतिवेदनसहित समसामयिक विषयमाथि प्रत्येक केन्द्रीय सदस्यलाई धारणा राख्न करिब तीन मिनेटको समय उपलब्ध गराइने उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए। बैठकमा तीन सय ५७ केन्द्रीय सदस्य, सात प्रदेशका अध्यक्ष र चारवटा केन्द्रीय आयोगका प्रमुख सहभागी हुने छन्। दुई दिनभित्र बैठक सक्ने तयारी छ। यसैगरी पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज दिउँसो १ बजेदेखि बस्ने बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन्।

‘पार्टी रुपान्तरण र पुननिर्माणको सङ्कल्प : आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदनमाथि केन्द्रित रही बैठकमा छलफल हुने पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। बैठकको प्रारम्भमा अध्यक्ष दाहालले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा ‘ब्रिफिङ’ गर्ने र लगत्तै उनको प्रतिवेदनमाथि छलफल हुने छ। बैठकमा चार सय नौ पूर्ण केन्द्रीय सदस्य, दुई सय पाँच वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगबाट ७५ तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका पदाधिकारी गरी एक सय २५ जनाको समेत सहभागिता रहने छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोटीहोमलाई अवरोध नगर्न पोखरा महानगरलाई उच्च अदालतको आदेश
कोटीहोमलाई अवरोध नगर्न पोखरा महानगरलाई उच्च अदालतको आदेश
चिसो घटेसँगै मुस्ताङ पर्यटन पुनः जागृत,मुक्तिनाथ केन्द्रमा चहलपहल
चिसो घटेसँगै मुस्ताङ पर्यटन पुनः जागृत,मुक्तिनाथ केन्द्रमा चहलपहल
गृहमन्त्री अर्यालको गरियो विदाई, ९० दिने कार्यकालमा शान्ति सुरक्षा र निर्वाचनमा उपलब्धि भएको दाबी
गृहमन्त्री अर्यालको गरियो विदाई, ९० दिने कार्यकालमा शान्ति सुरक्षा र निर्वाचनमा उपलब्धि भएको दाबी
शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त
शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त
नेपालमा दन्त चिकित्सकको भूमिका महत्वपूर्ण छ : मन्त्री यादव
नेपालमा दन्त चिकित्सकको भूमिका महत्वपूर्ण छ : मन्त्री यादव
प्राथमिक स्वास्थ्य केन्द्र जमुनियाको नयाँ प्रसूति भवन उद्घाटन
प्राथमिक स्वास्थ्य केन्द्र जमुनियाको नयाँ प्रसूति भवन उद्घाटन
कर नबुझाउने एक सय बाइस करदातामाथि कारबाही
कर नबुझाउने एक सय बाइस करदातामाथि कारबाही
कानेपोखरी बजारमा रहेको बान्तवा होटलमा एक
कानेपोखरी बजारमा रहेको बान्तवा होटलमा एक
वीरगन्‍ज गोल्डकपको दोस्रो संस्करण शनिबारदेखि
वीरगन्‍ज गोल्डकपको दोस्रो संस्करण शनिबारदेखि
रास्वपा समर्थक भन्छन् : सोचेभन्दा फरक परिणाम आइरहेको छ
रास्वपा समर्थक भन्छन् : सोचेभन्दा फरक परिणाम आइरहेको छ