पर्साबाट ३० लाख बढीको अवैध कपडा बरामद

Raju Yadav Raju Yadav
|
आइतबार, मंसिर ३०, २०८१
|
|
२ पटक हेरिएको
Shares
पर्साबाट ३० लाख बढीको अवैध कपडा बरामद

सारांश

  •   ३० मंसिर, पर्सा- पर्साको वीरगन्ज महानगपालिका ६ लाटगलीबाट ३० लाख रुपैयाँ बढीको कपडा बरामद गरिएको छ।
  • सशस्त्र प्रहरी बलले विशेष सूचनाको आधारमा वीरगन्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको सुरक्षा फौज र वीरगन्ज भन्सार कार्यालयबाट नायब सुब्बा हफिज उल्लाह अंसारी सहितको संयुक्त टोलीले भन्सार छलेर गोदाममा भण्डारण गरी राखिराखेको कपडा र कस्मेटिक सामान नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
  • बरामद कपडामा कुर्ता सुरुवाल १ हजार ६ सय २७ पिस , स्काफ १ हजार ७ सय २२ पिस, सल २ हजार ७ सय ६८ पिस , लेडिज ब्याग, साडी पिन , लङ कोट लगायत रहेका छन्।

 

३० मंसिर, पर्सा- पर्साको वीरगन्ज महानगपालिका ६ लाटगलीबाट ३० लाख रुपैयाँ बढीको कपडा बरामद गरिएको छ। सशस्त्र प्रहरी बलले विशेष सूचनाको आधारमा वीरगन्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको सुरक्षा फौज र वीरगन्ज भन्सार कार्यालयबाट नायब सुब्बा हफिज उल्लाह अंसारी सहितको संयुक्त टोलीले भन्सार छलेर गोदाममा भण्डारण गरी राखिराखेको कपडा र कस्मेटिक सामान नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

बरामद कपडामा कुर्ता सुरुवाल १ हजार ६ सय २७ पिस , स्काफ १ हजार ७ सय २२ पिस, सल २ हजार ७ सय ६८ पिस , लेडिज ब्याग, साडी पिन , लङ कोट लगायत रहेका छन्। आज आइतबार सामानको ३० लाख ४९ हजार सात सय मुल्य कायम गरि आवश्यक कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइको छ। पछिल्लो करिब ९ महिनाको अबधिमा मात्र डीएसपी रिजालको टोलीले पर्साको सीमा क्षेत्र र गोदाम गरि राखिएका करोडौँ मूल्य बराबरका अवैध सामान बरामद गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?