रवि लामिछानेलाई पोखरा पुर्‍याइयो

Raju Yadav Raju Yadav
|
बुधबार, मंसिर २६, २०८१
|
|
२ पटक हेरिएको
Shares
रवि लामिछानेलाई पोखरा पुर्‍याइयो

सारांश

  •   २६ मंसिर, काठमाडौं ।
  • पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई पोखरा पुर्‍याइएको छ ।
  • उनलाई बाराको सिमराबाट काठमाडौं हुँदै हवाइमार्गबाट पोखरा पुर्‍याइएको हो ।

२६ मंसिर, काठमाडौं । पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई पोखरा पुर्‍याइएको छ । उनलाई बाराको सिमराबाट काठमाडौं हुँदै हवाइमार्गबाट पोखरा पुर्‍याइएको हो ।

वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा बचकर्ताको रकम हिनामिना गरेको प्रकरणमा बयानका लागि लगिएको थियो ।उनलाई बुद्ध एयरको विमानस्थलबाट काठमाडौं हुँदै पोखरा लगिएको हो । लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको अनुसन्धान प्रहरीले अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख दिपक थापाका अनुसार, सबैतिर बयान सकिएसँगै प्रहरीले लामिछाने जोडिएको संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको अनुसन्धान लगभग अन्तिम चरणतिर पुर्‍याएको छ ।

पोखराको सूर्यदर्शन सहकारीबाट सुरु भएको लामिछानेमाथिको अनुसन्धानपछि अरु चार सहकारी अनियमितताको छानबिनसम्म पुगेको थियो । सूर्यदर्शनसँगै रुपन्देहीको सुप्रिम सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा चितवन र वीरगञ्जको सानो पाइला सहकारीमा बचतकर्ताको रकम अनियमिततामा प्रहरीले लामिछानेसँग बयान लिएको छ । थापा समितिको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा प्रहरीले पूर्वडीआईजी छविलाल जोशीलाई ६ असोजमा पक्राउ गरेको थियो भने लामिछानेलाई २ कात्तिकमा बनस्थलीस्थित पार्टी कार्यालयबाटै नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाकिस्तानमा बसमा आक्रमण हुँदा ४१ जनाको मृत्यु
पाकिस्तानमा बसमा आक्रमण हुँदा ४१ जनाको मृत्यु
यस्तो छ, शुक्रबार विदेशी मुद्राको विनिमयदर
यस्तो छ, शुक्रबार विदेशी मुद्राको विनिमयदर
३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १ युवकको मृत्यु, अर्का घाइते
३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १ युवकको मृत्यु, अर्का घाइते
बेलायतमा नेपालको लगातार चौथो जित, आसिफ शेखको उत्कृष्ट ब्याटिङ
बेलायतमा नेपालको लगातार चौथो जित, आसिफ शेखको उत्कृष्ट ब्याटिङ
‘सिँचाइ र कृषिको संयुक्त प्रयासबाट खाद्य सुरक्षाको स्थायित्व’
‘सिँचाइ र कृषिको संयुक्त प्रयासबाट खाद्य सुरक्षाको स्थायित्व’
देशभर पश्चिमी वायुको आंशिक प्रभाव: तराईमा कुहिरो र हुस्सुको जोखिम
देशभर पश्चिमी वायुको आंशिक प्रभाव: तराईमा कुहिरो र हुस्सुको जोखिम
कोशी प्रदेशमा साना तथा मझौला उद्योगको प्रवर्द्धनका लागि ८ अर्बको परियोजना सुरु
कोशी प्रदेशमा साना तथा मझौला उद्योगको प्रवर्द्धनका लागि ८ अर्बको परियोजना सुरु
गाजाका विद्यालयमा इजरायली आक्रमणः २५ जनाको मृत्यु
गाजाका विद्यालयमा इजरायली आक्रमणः २५ जनाको मृत्यु
अदालतको आदेशपछि अमृत साइन्स क्याम्पसमा चैत १० गते स्ववियु निर्वाचन हुने
अदालतको आदेशपछि अमृत साइन्स क्याम्पसमा चैत १० गते स्ववियु निर्वाचन हुने
प्रचण्डले धोका दिएकै कारण वर्तमान सरकार बनेको हो : सिटौला
प्रचण्डले धोका दिएकै कारण वर्तमान सरकार बनेको हो : सिटौला