ब्राजिलको सर्वोच्च अदालतबाहिर विस्फोट, एक जनाको मृत्यु

Raju Yadav Raju Yadav
|
बिहिबार, कार्तिक २९, २०८१
|
|
२ पटक हेरिएको
Shares
ब्राजिलको सर्वोच्च अदालतबाहिर विस्फोट, एक जनाको मृत्यु

सारांश

  •   २९ कात्तिक, ब्रासिलिया- ब्राजिलको सर्वोच्च अदालतबाहिर भएको विस्फोटमा एक जनाको मृत्यु भएको छ ।
  • ब्राजिलको सर्वोच्च अदालतको भवन बाहिर बुधबार साँझ विस्फोट भएको हो ।
  • विस्फोटपछि सर्वोच्च अदालत खाली गरिएको थियो ।

 

२९ कात्तिक, ब्रासिलिया- ब्राजिलको सर्वोच्च अदालतबाहिर भएको विस्फोटमा एक जनाको मृत्यु भएको छ । ब्राजिलको सर्वोच्च अदालतको भवन बाहिर बुधबार साँझ विस्फोट भएको हो ।

विस्फोटपछि सर्वोच्च अदालत खाली गरिएको थियो । ब्राजिलियाका डेपुटी गभर्नरले एक व्यक्तिलाई अदालतमा प्रवेश गर्नबाट रोकिँदा विष्फोट भएको बयान दिएका थिए । भवनबाहिर एक व्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ । तर, उनको अहिलेसम्म पहिचान हुन सकेको छैन ।

ब्राजिलका महान्यायाधिवक्ता जर्ज मेसियसले एक पोस्टमा आक्रमणको निन्दा गर्दै भने, यो जानाजानी गरिएको आक्रमण थियो र यसबारे विस्तृत अनुसन्धान हुनेछ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?