अंश विवादमा बुवाको हत्या, जंगलमा लुकेर बसेको जेठो छोरो १५ दिनपछि पक्राउ

Raju Yadav Raju Yadav
|
सोमबार, कार्तिक २६, २०८१
|
|
२ पटक हेरिएको
Shares
अंश विवादमा बुवाको हत्या, जंगलमा लुकेर बसेको जेठो छोरो १५ दिनपछि पक्राउ

सारांश

  •   २६ कार्तिक, अंश विवादमा बुवाको हत्या गरेको आरोपमा काभ्रे प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा नमोबुद्ध नगरपालिका–७ निवासी ४४ वर्षीय रामलाल श्रेष्ठ छन्।
  • जिल्ला प्रहरी कार्यालय काभ्रेले आइतबार पत्रकार सम्मेलन गर्दै आरोपी श्रेष्ठलाई सार्वजनिक गरेको छ।

 

२६ कार्तिक, अंश विवादमा बुवाको हत्या गरेको आरोपमा काभ्रे प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नमोबुद्ध नगरपालिका–७ निवासी ४४ वर्षीय रामलाल श्रेष्ठ छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेले आइतबार पत्रकार सम्मेलन गर्दै आरोपी श्रेष्ठलाई सार्वजनिक गरेको छ।  डीएसपी मिनबहादुर घलेका अनुसार उनले बुवा ७४ वर्षीय बलबहादुर श्रेष्ठको हत्या गरेको स्वीकार गरेका छन्। भनेको बेला अंश नदिएको निहुँमा रामलालले यही कात्तिक ८ गते राति मुक्का, हँसिया, फलामे गलसहितले प्रहार गरेर बुवाको हत्या गरेका प्रहरी अनुसन्धानबाट खुलेको छ। तर, हत्या घटना भने दुई दिनपछि (कात्तिक १० गते) मात्रै सार्वजनिक भएको थियो।

श्रेष्ठलाई आफ्नै घरमा आफू सुत्ने कोठामा छोरीले मृत अवस्थामा फेला पारेकी थिइन्। त्यसपछि उनले काकालाई खबर गरेपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो।  डीएसपी घलेका अनुसार रामलालले कात्तिक ८ गते बुवासँग अंश मागेका थिए। बुवा बलबहादुरले भाइलाई समेत सँगै राखेर अंशको विषय टुंगो लगाउने बचन दिएपछि बाउछोराबीच विवाद भएको थियो।  ‘अंशको विषयमा विवाद बढेपछि छोराले बुबालाई अनुहार र टाउकोमा मुक्काले प्रहार गरी बुबाको छेउमा रहेको हँसियाले टाउकोमा चार/

पाँच पटक प्रहार गरेको र त्यसपछि नजिकै रहेको ढोकामा लगाउने आग्लोको रुपमा प्रयोग गर्ने गरेको फलामको गल निकाली प्रहार गर्दा बुबा (बलबहादुर) ढलेको र सोही समयमा गलले घाँटी थिचेर हत्या गरी फरार भएको खुल्न आएको छ’, अनुसन्धानपछि काभ्रे प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।  बुवाको हत्यापछि फरार रहेका रामलाललाई काभ्रे प्रहरीले यही कात्तिक २३ गते स्थानीय ढोडेनी वनमा लुकीछिपी बसेको अवस्थामा स्थानीयबासीको सहयोगमा पक्राउ गरेको हो।

उनी पद्र दिनसम्म ढोडेनी वन र नजिकै रहेकाे ढोडको कुन्यूमा दुई साता लुकेर बसेकाे खुलेकाे छ। रामलालले यसअघि पनि बुवालाई कुटपिट गरी घाइते बनाएको खुलेकाे छ। त्यतिबेला बलबहादुरले आफूलाइ खाना बनाएर खुवाउने र हेरचाह पनि रामलालले नै गर्ने भएकाले कारवाही नगर्न अनुरोध गरेका थिए।  थप अनुसन्धानका लागि रामलाललाई आइतबार काभ्रे जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा सात दिनको म्याद थप गरिएको प्रहरीले डीएसपी घलेले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?