स्रोत नखुलेको १२ लाख भारु र ५ लाख नेरुसहित १ जना पक्राउ

Raju Yadav Raju Yadav
|
बुधबार, आश्विन २३, २०८१
|
|
२ पटक हेरिएको
Shares
स्रोत नखुलेको १२ लाख भारु र ५ लाख नेरुसहित १ जना पक्राउ

सारांश

  •   २३ असोज, काठमाडौं ।
  •   सशस्त्र प्रहरी बल नेपालले स्रोत नखुलेको १२ लाख भारतीय रुपैयाँ (भारु) र ५ लाख नेपाली रुपैयाँ (नेरु) सहित १ जनालाई कञ्चनपुरबाट पक्राउ गरेको छ ।
  • कञ्चनपुरको भीमदत्त नगरपालिका–१० ब्रह्मदेवस्थित सीमा ईलाकाबाट १२ लाख ७४ हजार २३० भारु र ५ लाख १३ हजार ७० नेरु तथा स्कुटसहित १ जना भारतीय व्यक्तिलाई बोर्डर आउट पोस्ट ब्रह्मदेवले नियन्त्रणमा लिएको छ ।

 

२३ असोज, काठमाडौं ।  सशस्त्र प्रहरी बल नेपालले स्रोत नखुलेको १२ लाख भारतीय रुपैयाँ (भारु) र ५ लाख नेपाली रुपैयाँ (नेरु) सहित १ जनालाई कञ्चनपुरबाट पक्राउ गरेको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१० ब्रह्मदेवस्थित सीमा ईलाकाबाट १२ लाख ७४ हजार २३० भारु र ५ लाख १३ हजार ७० नेरु तथा स्कुटसहित १ जना भारतीय व्यक्तिलाई बोर्डर आउट पोस्ट ब्रह्मदेवले नियन्त्रणमा लिएको छ ।

यूके ०३ बी ०९६५ भारतीय नम्बरको स्कुटरमा नेपालबाट भारततर्फ जाँदै गरेका भारतको चम्पावत टनकपुर ग्राम पञ्चायत बस्ने ४३ वर्षीय अभिशेक गुप्तालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । उनलाई बरामद रुपैयाँ र स्कुटरसहित आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठले जानकारी दिए ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?