दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न कांग्रेस सांसद शर्माको माग

Raju Yadav Raju Yadav
|
आइतबार, आश्विन ६, २०८१
|
|
२ पटक हेरिएको
Shares
दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न कांग्रेस सांसद शर्माको माग

सारांश

  •   ६ असोज , काठमाडौँ ।
  • नेपाली कांग्रेसका सांसद डा.
  • सुनिलकुमार शर्माले दुर्गा प्रसाईंको गिरफ्तारीको भर्त्सना गर्दै तत्काल निःशर्त रिहाइको माग गरेका छन् ।

६ असोज , काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा.सुनिलकुमार शर्माले दुर्गा प्रसाईंको गिरफ्तारीको भर्त्सना गर्दै तत्काल निःशर्त रिहाइको माग गरेका छन् ।

उनले लोकतन्त्रमा स्वतन्त्र अभिव्यक्ति दिने हरेक नेपाली नागरिकको अधिकार भएको स्मरण गराएका हुन् । सरकारले जनतालाई डेलिभरी दिने, समयसापेक्ष जनताका पक्षमा काम गर्ने जिम्मेवारी बिर्सेर सरकारका गलत कामका विरुद्ध बोल्ने, सरकारलाई खबरदारी गर्ने अभियन्ताको बोली बन्द गराउने गलत नियतले प्रसाईंलाई गिरफ्तार गरिनु राज्य आतङ्क भएको उनको ठहर छ ।‘सरकारलाई हेक्का रहोस्, दैनिक बिदेसिन परेका हजारौँ युवाको विवशता, कर्णालीमा तुइनबाट खसेर मृत्युवरण हुनुपरेको विद्यमान परिस्थिति र  स्वदेशमा मेडिकल, नर्सिङ पढ्न नपाएर अरबौँ रकम बिदेसिन परेको वर्तमान परिस्थिति बारे सरकार अन्धो छ ।

तर गरिब र निमुखाहरूको आवाज बोक्ने अभियन्ता दुर्गा प्रसाईंलाई गिरफ्तार गर्नतर्फ सरकारको ध्यान छ । यो भन्दा ठुलो राज्य अपराधीकरण के हुन्छ ?,’ उनले प्रश्न गरे । उनले लोकतन्त्रको घाँटी निमोठ्ने काम बन्द गर्न समेत सरकारलाई चेतावनी दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विपीले नेपाली जनतालाई रैतीबाट मालिक बनाउनु भयोः दीपक खड्का
विपीले नेपाली जनतालाई रैतीबाट मालिक बनाउनु भयोः दीपक खड्का
परिवर्तनप्रेमी शक्तिबीच एकताको आवश्यकता छ : अध्यक्ष प्रचण्ड
परिवर्तनप्रेमी शक्तिबीच एकताको आवश्यकता छ : अध्यक्ष प्रचण्ड
चीनमा भूकम्पबाट १२६ जनाको मृत्यु, नेपालीको अवस्था के छ ?
चीनमा भूकम्पबाट १२६ जनाको मृत्यु, नेपालीको अवस्था के छ ?
आगामी निर्वाचनमा एमालेको एकल बहुमत आउने गरी लाग्न ओलीको निर्देशन
आगामी निर्वाचनमा एमालेको एकल बहुमत आउने गरी लाग्न ओलीको निर्देशन
संसद्‍मा रामहरिले सुनाए खानेपानीमन्त्री हराएको सूचना
संसद्‍मा रामहरिले सुनाए खानेपानीमन्त्री हराएको सूचना
चितवनमा भारतीय नागरिकको शव फेला, पहिरोमा परेको बसका यात्रु भएको आशङ्का
चितवनमा भारतीय नागरिकको शव फेला, पहिरोमा परेको बसका यात्रु भएको आशङ्का
सहकारी सञ्चालकबाट ठगिएका वचत कर्ताहरुको रकम यथाशिघ्र फिर्ता गराउन सरकारलाई देउवाको आग्रह
सहकारी सञ्चालकबाट ठगिएका वचत कर्ताहरुको रकम यथाशिघ्र फिर्ता गराउन सरकारलाई देउवाको आग्रह
दार्चुला–टिङ्कर सडक निर्माणः सेनाले दुईतिरबाट काम थाल्यो
दार्चुला–टिङ्कर सडक निर्माणः सेनाले दुईतिरबाट काम थाल्यो
धोनी आईसीसीको ‘हल अफ फेम’ सूचीमा, गर्वको क्षण
धोनी आईसीसीको ‘हल अफ फेम’ सूचीमा, गर्वको क्षण
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै