युरोप पठाउने भन्दै ठगेको आरोपमा कलाकार इकु पक्राउ
सारांश
- २६ भदौ, कलाकारका रूपमा युरोप पठाउने भन्दै ठगेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले एक जना कलाकारलाई पक्राउ गरेको छ।
- सिआइबीले ललितपुर महानगरपालिका-२४ धापाखेल घर भई काठमाडौंको धुम्बाराही बस्ने ४० वर्षीय सुलेमान शंकर (इकु) भनिनने सूर्यमान शंकरलाई पक्राउ गरेको एसपी होबिन्द्र बोगटीले जानकारी दिए।
- विभिन्न देशहरूमा हुने नेपाली सांस्कृतिक कार्यक्रमहरूमा आवश्यक पर्ने कलाकारको रूपमा कलाकार भिसामा क्यानडा, अष्ट्रेलिया तथा युरोपेली देशहरूमा लैजाने भन्दै ठगी गरेको आरोप उनीमाथि छ।
२६ भदौ, कलाकारका रूपमा युरोप पठाउने भन्दै ठगेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले एक जना कलाकारलाई पक्राउ गरेको छ।
सिआइबीले ललितपुर महानगरपालिका-२४ धापाखेल घर भई काठमाडौंको धुम्बाराही बस्ने ४० वर्षीय सुलेमान शंकर (इकु) भनिनने सूर्यमान शंकरलाई पक्राउ गरेको एसपी होबिन्द्र बोगटीले जानकारी दिए। विभिन्न देशहरूमा हुने नेपाली सांस्कृतिक कार्यक्रमहरूमा आवश्यक पर्ने कलाकारको रूपमा कलाकार भिसामा क्यानडा, अष्ट्रेलिया तथा युरोपेली देशहरूमा लैजाने भन्दै ठगी गरेको आरोप उनीमाथि छ। विशेषगरी भौगोलिक रूपमा विकट क्षेत्रका मानिसहरूलाई युरोपेली मुलुकहरूमा राम्रो काम पाइने र आम्दानी समेत हुने प्रलोभन देखाएर उनले सञ्चालन गरिरहेको एसएमएस फिल्म्स प्रालीको नाममा ग्लोबल आइएमई बैंकमा रहेको खातामा रकम जम्मा गर्न लगाउने गरेको आरोप छ। एसपी बोगटीका अनुसार खातामा १५ देखि २० लाख सम्म जम्मा गर्न लगाएको खुलेको हो।
![]()
विदेशी मुलुकमा भिसा प्रयोजनका लागि आवश्यक पर्ने बैंक स्टेटमेन्ट लगायतका कागजातहरू समेत नक्कली बनाउने गरेको र रकम जम्मा गर्ने पीडितहरूले भिसा तथा जाने मितिको बारेमा सोधपुछ गर्दा विदेशमा कार्यक्रमको लागि तयार हुँदैछ तयार भएपछि खबर गर्छु भनेर झुलाएर सम्पर्कबिहीन भएको खुलेको हो।उनीमाथि अनुसन्धान गर्न अदालतबाट ५ दिन हिरासतमा राख्न अनुमति लिएको छ। उनीबाट ठगिएका व्यक्तिहरू प्रहरीको सम्पर्कमा आउन पनि सिआइबीले अनुरोध गरेको छ।

प्रतिक्रिया