सुनसरीबाट २४५ किलो गाँजा बरामद

Raju Yadav Raju Yadav
|
मंगलबार, भाद्र २५, २०८१
|
|
२ पटक हेरिएको
Shares
सुनसरीबाट २४५ किलो गाँजा बरामद

सारांश

  •   २५ भदौ, काठमाडौं ।
  • सुनसरीबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले २४५ किलो गाँजा बरामद गरेको छ ।
  • सुनसरीको बराह क्षेत्र नगरपालिका-६ स्थित शिसौलीघाटबाट सशस्त्रको टोलीले उक्त गाँजा बरामद गरेको हो ।

 

२५ भदौ, काठमाडौं । सुनसरीबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले २४५ किलो गाँजा बरामद गरेको छ ।सुनसरीको बराह क्षेत्र नगरपालिका-६ स्थित शिसौलीघाटबाट सशस्त्रको टोलीले उक्त गाँजा बरामद गरेको हो । सप्तकोशी नदि हुँदै उत्तरबाट दक्षिणतर्फ गाडीको ट्युबमा बाधेर ल्याउँदै गरेको ८ बोरा गाँजा र तीन थान ट्युब सशस्त्र प्रहरीको सुरक्षा बेश चतरा र नेपाल प्रहरीको संयुक्त टोलीले बरामद गरेको हो । बरामद गाँजा र ट्युब आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा राखिएको छ । मान्छे भने फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?