मुख्यमन्त्री सिँहद्वारा संस्कृत विद्यालय निरीक्षण

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र ९, २०८१
|
|
२ पटक हेरिएको
Shares
मुख्यमन्त्री सिँहद्वारा संस्कृत विद्यालय निरीक्षण

सारांश

  •   ‘शैक्षिक गुणस्तर विकासका लागि प्रदेशमा शैक्षिक पार्क बनाइने’ जनकपुरधाम,८ भदौ ।
  • मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिँहले शैक्षिक गुणस्तर विकासका लागि सिकाइ प्रणाली रूपान्तरण गर्न प्रदेशको शैक्षिक पार्क बनाइने बताएका छन् ।
  • जनकपुरधामस्थित याज्ञवल्क्य संस्कृत विद्यालय ज्ञानकुपको शनिबार अवलोकन तथा निरीक्षण गर्दै मुख्यमन्त्री सिँहले बहुबुद्धिमत्ता, सामाजिक सिकाइ सिद्धान्त, गेमिफिकेसन र २१ औँ शताब्दीको सीप प्रबद्र्धनका सिद्धान्तहरूमा आधारित शैक्षिक पार्क मधेश प्रदेशका सन्दर्भमा नवीन र महत्त्वपूर्ण कदम हुने विश्वास व्यक्त गरे।

 

‘शैक्षिक गुणस्तर विकासका लागि प्रदेशमा शैक्षिक पार्क बनाइने’

जनकपुरधाम,८ भदौ । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिँहले शैक्षिक गुणस्तर विकासका लागि सिकाइ प्रणाली रूपान्तरण गर्न प्रदेशको शैक्षिक पार्क बनाइने बताएका छन् ।

जनकपुरधामस्थित याज्ञवल्क्य संस्कृत विद्यालय ज्ञानकुपको शनिबार अवलोकन तथा निरीक्षण गर्दै मुख्यमन्त्री सिँहले बहुबुद्धिमत्ता, सामाजिक सिकाइ सिद्धान्त, गेमिफिकेसन र २१ औँ शताब्दीको सीप प्रबद्र्धनका सिद्धान्तहरूमा आधारित शैक्षिक पार्क मधेश प्रदेशका सन्दर्भमा नवीन र महत्त्वपूर्ण कदम हुने विश्वास व्यक्त गरे।

 

मुख्यमन्त्री सिँहले पदभार ग्रहण गरेकै बेला प्रदेशका महत्त्वपूर्ण नवप्रवर्तनका योजनामा खुला शैक्षिक पार्क निर्माणको योजना रहने जानकारी दिएका थिए ।

संस्कृत विद्यालयमा खुला शैक्षिक पार्क सञ्चालन गर्ने विषयमा खाका तयार गर्न केही दिनमै प्राविधिक खटिने समेत उनले जानकारी दिए ।

मुख्यमन्त्री सिँहले विज्ञहरूको परामर्श र आधुनिक शिक्षाका परिवेशलाई ध्यानमा राखेर खुल्ला शैक्षिक पार्कको योजना निर्माण गरिएको र यसलाई पहिलो चरणमा मधेश प्रदेशका आठवटै जिल्लामा एक–एक वटा स्थापना गर्ने नीति लिइएको बताए ।

उनले खुला शैक्षिक पार्कलाई मधेशको कमजोर शैक्षिक अवस्था सुधार गर्ने एक नयाँ प्रयोगको रूपमा लिइएको र यसले विद्यार्थी तथा अभिभावकले नयाँ तरिकाले शैक्षिक ज्ञान र सीप सिक्ने विश्वास व्यक्त गरे ।

खुल्ला शैक्षिक पार्क पाठ्यक्रम कार्यन्वयनको नयाँ र सिकाइमैत्री अवधारणा हो । शिक्षाविद् तथा मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक यदु प्रसाद ज्ञवालीका अनुसार शैक्षिक पार्कले विद्यार्थीहरूको जिज्ञासा र रुचि बढाउन मद्दत गर्नेछ । थियरी अफ मल्टिपल इन्टेलिजेन्स, सामाजिक शिक्षा सिद्धान्तहरू र २१औं शताब्दीका सीपलाई मुख्य आधार मानेर शैक्षिक पार्कमा विद्यालयस्तरका पाठ्यक्रमसँग मेल खाने गरी फरक–फरक विभागहरू हुनेछन् ।

ती विभागहरूमा विज्ञान र प्रविधि, गणित, भाषा, संस्कृति र इतिहास, मस्तिष्क विज्ञान, र शारीरिक तथा मानसिक कल्याण जस्ता विषयहरू समावेश हुनेछन् ।

मधेसको शैक्षिक अवस्था सुधारमा यो प्रयोग महत्त्वपूर्ण हुने बताइएको छ ।

सुशासन र संस्थागत विकास विज्ञ हरिहर न्यौपानेका अनुसार यो पार्कले अन्तरक्रियात्मक शिक्षण विधिबाट विद्यार्थीहरूको सोच परिवर्तन गर्नेछ । मधेश प्रदेशको गुणस्तरीय शिक्षा विकासको आवश्यकतालाई ध्यानमा राखेर यो अवधारणा निर्माण गरिएको र यसले विद्यार्थी, अभिभावक, शिक्षक, र सरोकारवालालाई बदलिँदो परिवेशअनुसार थप ज्ञान प्राप्तिको अवसर प्रदान गर्ने विश्वास लिइएको छ ।

पूर्वाधारविज्ञ इन्जिनियर रञ्जित सिँहका अनुसार यसले विद्यार्थीहरूलाई सिकाइमा सजिलो पहुँच प्रदान गर्नेछ र प्रविधिमैत्री वातावरण निर्माण गरी मधेश प्रदेशमात्र नभई देशभरका विद्यार्थीहरूले यसबाट लाभ उठाउन सक्नेछन् ।

खुल्ला शैक्षिक पार्क मार्फत हुने प्रतक्ष्य सिकाई विधिको यो प्रयोग नेपालमा नयाँ हुनेछ ।यसको प्रयोगबाट शिक्षाको गुणस्तरमा के कस्तो नतीजा प्राप्त हुन्छ सोही अनुसार थप योजना बनाउन सकिने सरोकारवालाहरूको मत रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इन्टरपोलको महासभामा भाग लिन आईजीपी कुँवर बेलायत प्रस्थान
इन्टरपोलको महासभामा भाग लिन आईजीपी कुँवर बेलायत प्रस्थान
सम्झौतामा हस्ताक्षरपछि जेनजी आन्दोलनमा तनाव, प्रधानमन्त्री कार्यालयमै चर्को विवाद
सम्झौतामा हस्ताक्षरपछि जेनजी आन्दोलनमा तनाव, प्रधानमन्त्री कार्यालयमै चर्को विवाद
सभामुख घिमिरे र आयरल्याण्डका राष्ट्रपति माइकलबीच भेटर्वाता।
सभामुख घिमिरे र आयरल्याण्डका राष्ट्रपति माइकलबीच भेटर्वाता।
नेपालले आज थाइल्याण्डविरुद्व खेल्दै
नेपालले आज थाइल्याण्डविरुद्व खेल्दै
खेतमा लुकाएका ४५० थान मोबाइल बरामद
खेतमा लुकाएका ४५० थान मोबाइल बरामद
ईश्वरपुरमा बि.पी. कोईरालाको ४३औं स्मृति दिवस मनाइयो, रक्तदान र उत्कृष्ट विद्यार्थी सम्मान
ईश्वरपुरमा बि.पी. कोईरालाको ४३औं स्मृति दिवस मनाइयो, रक्तदान र उत्कृष्ट विद्यार्थी सम्मान
खोलामा डुबेर १७ वर्षीय किशोरको मृत्यु, एक बेपत्ता
खोलामा डुबेर १७ वर्षीय किशोरको मृत्यु, एक बेपत्ता
एमाले सचिवालय बैठक जारी
एमाले सचिवालय बैठक जारी
ताप्लेजुङको तेम्बा बजारमा भीषण आगलागीः चार घर पूर्ण रूपमा नष्ट हुँदा करोड बढीको क्षति
ताप्लेजुङको तेम्बा बजारमा भीषण आगलागीः चार घर पूर्ण रूपमा नष्ट हुँदा करोड बढीको क्षति
करोडौंको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन
करोडौंको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन