भ्रष्टाचारका फाइल खोलेपछि रातारात सत्ता समीकरणमा फेरबदल भयो : गृहमन्त्री लामिछाने

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ १८, २०८१
|
|
३ पटक हेरिएको
Shares
भ्रष्टाचारका फाइल खोलेपछि रातारात सत्ता समीकरणमा फेरबदल भयो : गृहमन्त्री लामिछाने

सारांश

  •   १८ असार, काठमाडौँ ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निश्चित व्यक्तिलाई जोगाउन रातारात सत्ता समीकरणमा फेरबदल हुन लागेको बताएका छन् ।
  • मंगलबार पार्टीको पदाधिकारी बैठकपछि बोल्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

 

१८ असार, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निश्चित व्यक्तिलाई जोगाउन रातारात सत्ता समीकरणमा फेरबदल हुन लागेको बताएका छन् ।

मंगलबार पार्टीको पदाधिकारी बैठकपछि बोल्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । लामिछानेले आफूले भ्रष्टाचारका फाइल खोल्न थालेपछि रातारात सरकार परिवर्तन हुन प्रयत्न भएको बताए । उनले भ्रष्टाचारका फाइल खोलेपनि एकरात पनि टिक्न नसक्ने गरी सरकार बनाउन चलखेल भएको आरोप लगाए । उनले भने, ‘अब यो रातारात जे भएको छ, केही भन्नैपर्ने छैन, सबै स्पष्ट नै छ नि । जुन ढंगले सरकार अघि बढेको छ । तपाईँहरू नै भन्नुहुन्थ्यो फाइल खोल्नुपर्‍यो, फाइल यस्तो खुल्यो कि त्यो एकरात पनि टिक्न नसक्ने भयो । एकाएक संविधान जोगाउनुपर्ने चिन्ता भयो । संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेको ? त्यति पनि बुझ्न सक्दैन त ।’ लामिछानेले एकाएक संविधान जोगाउनुपर्ने चिन्ता कसरी भयो भन्दै प्रश्न गरे । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?