गंगादशहरा, के छ यसको महत्व ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ २, २०८१
|
|
२ पटक हेरिएको
Shares
गंगादशहरा, के छ यसको महत्व ?

सारांश

  •   जेठमहिनाको शुक्ल पक्ष दशमी तिथिका दिन गंगा दशहरा पर्व मनाइन्छ ।
  • यस दिन हस्ता नक्षत्रमा गंगा नदी पृथ्वीमा अवतरण भएको विश्वास गरिन्छ ।
  • पौराणिक मान्यताअनुसार यस दिन गंगा स्नान गर्नाले विशेष फल प्राप्त हुन्छ तसर्थ यस दिन गंगा वा अन्य कुनै पवित्र नदी एवं तलाउको पूजा अर्चनाका साथ भगवान् शिवलाई जलाभिषेक गरिन्छ ।

 

जेठमहिनाको शुक्ल पक्ष दशमी तिथिका दिन गंगा दशहरा पर्व मनाइन्छ । यस दिन हस्ता नक्षत्रमा गंगा नदी पृथ्वीमा अवतरण भएको विश्वास गरिन्छ ।

पौराणिक मान्यताअनुसार यस दिन गंगा स्नान गर्नाले विशेष फल प्राप्त हुन्छ तसर्थ यस दिन गंगा वा अन्य कुनै पवित्र नदी एवं तलाउको पूजा अर्चनाका साथ भगवान् शिवलाई जलाभिषेक गरिन्छ ।

यस दिनको दान तथा उपवासको विशेष महत्व छ । दस प्रकारकाा पापको नाश हुने भएका कारण यस दिनलाई दशहरा भनिएको हो ।

कायिक, वाचिक एवं मानसिक गरी तीन वर्गमा पर्ने दश प्रकारका पाप यस दिन गरिने पुण्य कार्यबाट सहजै नाश हुन्छन् ।

गंगा दशहराको पौराणिक कथा

एक समयको कुरा हो । सूर्यवंशी महाराज सगरले ९९ अश्वमेध यज्ञ विधिपूर्वक पूरा गरिसकेपछि सयौं यज्ञका लागि आफ्ना ६० हजार पुत्रहरूको रक्षामा घोडा यज्ञको छाडे । सयौं यज्ञ पूरा भएमासहगर पनि इन्द्र हुने भएकाले त्यसो हुन नदिन इन्द्रले उक्त घोडा चोरेर महर्षि कपिलको आश्रममा लगेर बाँधिदिए । सगर पुत्रहरूले घोडा नदेखेपछि चारैतिर खोजी गरे ।

सारा संसार खोजी गर्दा पनि घोडा नभेटेपछि बलवान् सगर पुत्रहरूले पृथ्वी खन्न सुरु गरे । अन्ततः घोडा कपिल मुनिको आश्रममा चरिरहेको अवस्थामा फेला पर्‍यो । नजिकै महषिर् कपिल समाधिमा लीन थिए । बलको जोशमा सगर पुत्रहरूले होस गुमाए र कपिललाई नै घोडाचोर ठानेर चोर चोर भनेर कराउन तथा उनको अपमान गर्न थाले ।

महषिर् कपिलको समाधि भंग भयो । उनले रोषपूर्वक आँखा उघारेर हेर्दा आगाको मुस्लो निस्कियो र त्यसले सगर राजाका सबै पुत्र तथा अश्वरक्षक सैनिकहरूलाई भष्म तुल्यायो ।

समयमा यज्ञीय घोडा नआइपुगेपछि राजा सगरले नाति अंशुमानलाई यज्ञको घोडा खोज्न पठाए । अंशुमानले कपिल मुनिको आश्रमसम्म पुगेर घोडा फेला पारे । उनले घोडा लिएर आए । सबै वृत्तान्त बुझिसकेपछि सगर आफ्ना पुत्रहरूको मुक्तिका लागि गंगालाई पृथ्वीमा ल्याउने उद्देश्यले राज्य नाति अंशुमानलाई सुम्पिएर तपस्या गर्न गए । तपस्याकै क्रममा उनको मृत्यु भयो ।

पछि अंशुमान पनि आफ्ना छोरा भगीरथलाई राज्यभार दिएर गंगालाई पृथ्वीमा ल्याउने उद्देश्यका साथ तपस्या गर्न गए । यसमा उनी सफल भएनन् । उनको पनि मृत्यु भयो ।

भगीरथका सन्तान थिएनन् । पितृहरूलाई मुक्ति प्रदान गर्ने उद्देश्यले उनी राज्य मन्त्रीहरूलाई दिएर गर या मरको स्थितिमा तपस्या गर्न गए । उनको तपस्याबाट प्रसन्न भएका ब्रह्माजीले उनलाई गंगा पृथ्वीमा लैजाने वरदान त दिँदै भने, ‘भगीरथ ! गंगालाई पृथ्वीमा त लैजान्छौ नै तर गंगाको वेग थाम्न पृथ्वी समर्थ होलिन् ? यो बुझेका छौं ? गंगाको वेग थाम्ने शक्ति केवल महादेवमा छ, पहिले उनलाई खुसी तुल्याऊ ।’

ब्रह्माको परामर्शपछि भगीरथले महादेवको तपस्या गरेर उनलाई खुसी तुल्याए र महादेवबाट गंगाको वेग थाम्ने आश्वासन पाए ।

गंगा संसारै बगाउँछु भनेझैँ गरी वेगले पृथ्वीमा झरिन् । महादेवले गंगालाई आफ्नो विशाल जटामा थापेर त्यहीँ नै बन्दीजस्तो बनाइदिए । फेरि भगीरथले महादेवको पुकारा गरेपछि महादेवले सातवटा प्वाल पारेर गंगालाई छोडिदिए ।

भगीरथ रथमा अघिअघि गंगा त्यही बाटोमा पछिपछि हुँदै अघि बढ्दै थिए । बाटोमा महर्षि जन्हुको आश्रम पथ्र्यो । गंगाले उनको आश्रम बगाइदिइन् । यसबाट रिसाएका महर्षि जन्हुले योगबलको प्रयोग गरी सम्पूर्ण गंगा पिइदिए । गंगा सुकिन् ।

भगीरथले फेरि महर्षि जन्हुसित प्रार्थना गरे आफ्नो समस्यमा सुनाए । अनि जन्हुले आफ्नो घुँडा चिरेर गंगालाई निकालिदिए । त्यसैकारण गंगालाई जान्हवी पनि भनिन्छ ।

अन्ततः भगीरथले गंगालाई कपिल मुनिको आश्रमसम्म पुर्‍याए । गंगाको जलमा खारानी मिसिएपछि सगर पुत्रहरू सबै मुक्त भए । गंगालाई भगीरथले पृथ्वीमा ल्याएको हुनाले भागिरथी पनि भनिन्छ ।

प्रसिद्ध ज्योतिष गुरु बिबेक ज्यु
(जन्मकुण्डली र हस्तरेखामा आधारित भविष्यवाणी र वास्तुसम्बन्धी परामर्श प्रदान गर्दै आउनुभयेका प्रसिद्ध ज्योतिष गुरु बिबेक पाण्डेयलाई ९८१२००५३७८ मा सम्पर्क गर्न सक्नुहुनेछ।)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाजुराका स्थानीय तहमा १३ करोड बढी रकम अनियमितता
बाजुराका स्थानीय तहमा १३ करोड बढी रकम अनियमितता
चुनाव हारेपछि रुस गएका पूर्ववडाध्यक्ष तिलक युद्धमा मारिए
चुनाव हारेपछि रुस गएका पूर्ववडाध्यक्ष तिलक युद्धमा मारिए
चिकित्सकको परामर्श शुल्क आजदेखि बढ्यो
चिकित्सकको परामर्श शुल्क आजदेखि बढ्यो
राष्ट्रिय सभामा कुलिङ पिरियडबारे एमालेका सांसदहरुको संशोधनले गम्भीर बनायोः पाण्डे
राष्ट्रिय सभामा कुलिङ पिरियडबारे एमालेका सांसदहरुको संशोधनले गम्भीर बनायोः पाण्डे
रिहा भएपछि रवीन्द्रको प्रतिक्रिया- अदालतले न्याय गर्दो रहेछ  
रिहा भएपछि रवीन्द्रको प्रतिक्रिया- अदालतले न्याय गर्दो रहेछ  
युलेन्स स्कुलको व्यवस्थापन समिति अध्यक्षबाट आरजु राणाले दिइन् राजीनामा
युलेन्स स्कुलको व्यवस्थापन समिति अध्यक्षबाट आरजु राणाले दिइन् राजीनामा
कोरोनालाई हेप्दा एक सातामै ३५० अमेरिकनको मृ*त्यु
कोरोनालाई हेप्दा एक सातामै ३५० अमेरिकनको मृ*त्यु
टाइटानिक डुबेजस्तै देश डुब्दै छ: जनमत अध्यक्ष राउत
वुमन्स डे कपमा नेपालले युगाण्डासँग खेल्दै,
वुमन्स डे कपमा नेपालले युगाण्डासँग खेल्दै,
उद्योग मन्त्रालयमा सडक निर्माणको बजेट, मन्त्री भण्डारीको जिल्ला मात्रै २१ करोड
उद्योग मन्त्रालयमा सडक निर्माणको बजेट, मन्त्री भण्डारीको जिल्ला मात्रै २१ करोड