सेनामा जागिर नभएकालाई काठमाडौँ महानगरपालिकाले नगर प्रहरी बनाउने

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ २९, २०८१
|
|
२ पटक हेरिएको
Shares
सेनामा जागिर नभएकालाई काठमाडौँ महानगरपालिकाले नगर प्रहरी बनाउने

सारांश

  •   २९ जेठ, काठमाडौँ ।
  • काठमाडौँ महानगरपालिकाले करार सेवामा नियुक्ति गर्नेगरी १३७ जना नगर प्रहरी जवान माग गरेको छ ।
  • नेपाली सेनाको सैन्य पदको विज्ञापन नं.

 

२९ जेठ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले करार सेवामा नियुक्ति गर्नेगरी १३७ जना नगर प्रहरी जवान माग गरेको छ ।

नेपाली सेनाको सैन्य पदको विज्ञापन नं. ०८०–८१–०२ मा वैकल्पिक सूचीमा समावेश भएका इच्छुक उम्मेदवारलाई नियुक्ति गर्नेगरी महानगरले दरखास्त आह्वान गरेको हो । नेपाली सेना, भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग, जङ्गी अड्डाबाट प्राप्त वैकल्पिक सूचीमा समावेश भएका उम्मेदवारहरू मध्ये इच्छुक उम्मेदवारले ७ (सात) दिनभित्र काठमाडौँ महानगरपालिका प्रशासन विभागमा दरखास्त पेस गर्नुपर्ने सूचनामा उल्लेख छ । दरखास्त पेश गर्दा वैकल्पिक दर्ता नं खुलेको ढाँचा बमोजिमको निवेदन र र नागरिकताको प्रमाण पत्रको प्रतिलिपि संलग्न गर्नुपर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?