बालकुमारी आन्दोलनमा गम्भीर घाइते अर्का युवकको पनि मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, पौष १३, २०८०
|
|
२ पटक हेरिएको
Shares
बालकुमारी आन्दोलनमा गम्भीर घाइते अर्का युवकको पनि मृत्यु

सारांश

  • १३ पुस, काठमाडौं ।
  • कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा अर्का युवकको पनि मृत्यु भएको छ ।
  • पाटन अस्पतालमा उपचाररत वीरेन्द्र शाहको पनि मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कठायतले अनलाइनखबरसँग बताए ।

१३ पुस, काठमाडौं । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा अर्का युवकको पनि मृत्यु भएको छ ।

पाटन अस्पतालमा उपचाररत वीरेन्द्र शाहको पनि मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कठायतले अनलाइनखबरसँग बताए । यसअघि किस्ट अस्पतालमा उपचाररत २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो । राउतको गोली लागेर मृत्यु भएको यसअघि प्रहरीले बताए पनि अस्पतालले गरेको जाँचमा गोली लागेको देखिएन । बरु छातीमा दाग देखिएको छ । पानीजहाज बनाउने कम्पनीका लागि परीक्षा फर्म भरेका युवाले अन्य क्षेत्रका लागि परीक्षा दिन नमिल्ने ईपीएस कार्यालयले जनाएको थियो । पानी जहाज सम्बन्धी कम्पनीमा परीक्षा दिएका तर अनुत्तीर्णले फर्म भर्न नपाउने निर्णय विरुद्ध युवाहरु अदालत गएका थिए ।

उत्पादनमूलक तथा कृषि क्षेत्रमा हुने परीक्षा पनि उनीहरुलाई सहभागी गराउन अदालतले आदेश दिएको थियो । ईपीएस कार्यालयले अदालतमा रिट दायर गर्नेलाई मात्रै आवेदन दिन आह्वान गरेको थियो । अरु विद्यार्थीले फर्म भर्न नपाउने स्थिति भएपछि विरोध प्रदर्शन भइरहेको थियो । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्यास हानेको थियो । स्थिति साम्य हुने स्थिति नदेखिएको भन्दै हवाई फायर गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल पुलिस क्लबले जित्यो जय ट्रफीको उपाधि, सागरले लिए छ विकेट
नेपाल पुलिस क्लबले जित्यो जय ट्रफीको उपाधि, सागरले लिए छ विकेट
एमालेमा खुला प्रतिस्पर्धा हुन्छ,उम्मेदवारी घोषणा गर्न कसैले रोक्दैन : ओली
एमालेमा खुला प्रतिस्पर्धा हुन्छ,उम्मेदवारी घोषणा गर्न कसैले रोक्दैन : ओली
मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी
मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी
चितवनमा बाघको आक्रमणबाट १ जनाको मृ*त्यु
चितवनमा बाघको आक्रमणबाट १ जनाको मृ*त्यु
साक्षरता दिवसका अवसरमा माननीय मुख्यमन्त्री सतिशकुमार सिँहज्यूको शुभकामना सन्देश
साक्षरता दिवसका अवसरमा माननीय मुख्यमन्त्री सतिशकुमार सिँहज्यूको शुभकामना सन्देश
काठमाडौंमा आजदेखि आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट
काठमाडौंमा आजदेखि आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट
सात महिनामा बिमा कम्पनीद्वारा पौने ४१ अर्ब दाबी भुक्तानी
सात महिनामा बिमा कम्पनीद्वारा पौने ४१ अर्ब दाबी भुक्तानी
गगन थापाको आह्वान : जेन–जी आन्दोलनले उठाएका मुद्दामा सामूहिक छलफल गरौँ
गगन थापाको आह्वान : जेन–जी आन्दोलनले उठाएका मुद्दामा सामूहिक छलफल गरौँ
नारायणघाट–बुटवल सडक विस्तार : म्याद थप्ने तयारी
नारायणघाट–बुटवल सडक विस्तार : म्याद थप्ने तयारी
बालबालिकाको क्षेत्रमा लगानी वृद्धि गर्न आग्रह
बालबालिकाको क्षेत्रमा लगानी वृद्धि गर्न आग्रह