नयाँ हलमा मन्त्रिपरिषदको बैठक जारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष ४, २०८०
|
|
३ पटक हेरिएको
Shares
नयाँ हलमा मन्त्रिपरिषदको बैठक जारी

सारांश

  • ४ पुस, काठमाडौं ।
  • मन्त्रिपरिषदको बैठक सिंहदरबारमा जारी छ ।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको नयाँ हलमा जारी बैठकमा मन्त्रालयका नियमित एजेण्डामा छलफल भइरहेको छ ।

४ पुस, काठमाडौं । मन्त्रिपरिषदको बैठक सिंहदरबारमा जारी छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको नयाँ हलमा जारी बैठकमा मन्त्रालयका नियमित एजेण्डामा छलफल भइरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार अबदेखि मन्त्रिपरिषदको बैठक नयाँ हलमा नै बस्ने छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्ष पनि सिंहदरबारमा पश्चिमतर्फको (रेट्रो फिटिङ भएको) भागमा सारिएको थियो । २०७२ को भूकम्पले क्षति पुगेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रबलीकरण शहरी विकास मन्त्रालयले गरेको थियो । २ वर्षभित्र सक्ने गरी लगाइएको पुनर्निर्माणको ठेक्का करिब साढे ४ वर्षपछि सकिएसँगै प्रधानमन्त्री प्रचण्डले भूकम्पअघिकै कार्यकक्ष प्रयोग थालेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयभित्रका स्टेट हल र बेलायती कक्ष तत्कालीन राणा प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरले निर्माण र प्रयोग गरेका कक्ष हुन् । यी कक्षहरु विगतमा २०७२ अघिका प्रधानमन्त्रीहरुले पनि प्रयोग गरेका थिए । पश्चिम मोहोडाका यी विशिष्ट पाहुनाहरुसँगको बैठक गर्ने विशिष्ट र ऐतिहासिक कक्षहरु तयार भएसँगै सिंहदरबारको मूल भवनको पुनर्निर्माणको काम लगभग सकिएको छ । अब प्रधानमन्त्रीको कार्यकक्षसँगै पुरानै स्वरुपमा पुनर्निर्माण भएका स्टेट हल र बेलायती कक्ष पनि प्रयोगमा ल्याउने तयारी छ । यसअघि प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुनर्निर्माण गरिएको सिंहदरबारको भागको संयुक्त रुपमा अवलोकन गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माइतीघरबाट पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न ज्ञानेन्द्र शाहीको माग
माइतीघरबाट पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न ज्ञानेन्द्र शाहीको माग
भ्रष्टाचारका फाइल खोलेपछि रातारात सत्ता समीकरणमा फेरबदल भयो : गृहमन्त्री लामिछाने
भ्रष्टाचारका फाइल खोलेपछि रातारात सत्ता समीकरणमा फेरबदल भयो : गृहमन्त्री लामिछाने
संसद् भवनअगाडि प्रदर्शन गर्ने कृष्ण पहाडी सहित १६ अधिकारकर्मी प्रहरी नियन्त्रणमा
संसद् भवनअगाडि प्रदर्शन गर्ने कृष्ण पहाडी सहित १६ अधिकारकर्मी प्रहरी नियन्त्रणमा
त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह आज
त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह आज
सिरहाको नवराजपुरमा मैथिली भाषाको पाठ्यपुस्तक लागू
सिरहाको नवराजपुरमा मैथिली भाषाको पाठ्यपुस्तक लागू
जथाभावी डिप बोरिङ खन्ने सरकारको निर्णय भविष्यमा घातक बन्नसक्ने विज्ञको चेतावनी
जथाभावी डिप बोरिङ खन्ने सरकारको निर्णय भविष्यमा घातक बन्नसक्ने विज्ञको चेतावनी
आज कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही अन्य मौसम सफा रहने
आज कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही अन्य मौसम सफा रहने
सभामुख पदका लागि डीपी अर्यालले दिए उम्मेदवारी
सभामुख पदका लागि डीपी अर्यालले दिए उम्मेदवारी
सर्लाही–२ बाट राजेन्द्र महतोको एकल नाम सिफारिस
सर्लाही–२ बाट राजेन्द्र महतोको एकल नाम सिफारिस
नरेशले प्राण त्याग्नुअघि नाम लिएका ४ जना प्रहरीको नियन्त्रणमा
नरेशले प्राण त्याग्नुअघि नाम लिएका ४ जना प्रहरीको नियन्त्रणमा