चितवनमा गैँडाको खागसहित ८ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर १४, २०८०
|
|
२ पटक हेरिएको
Shares
चितवनमा गैँडाको खागसहित ८ जना पक्राउ

सारांश

  • ११ मंसिर, काठमाडाैँ।
  • चितवन राष्ट्रिय निकुञ्जको भित्री भागमा दुईवटा गैँडाको खागसहित आठ जना पक्राउ परेका छन् ।
  • पक्राउ परेका उनीहरूलाई आज सार्वजनिक गरिँदै छ ।

११ मंसिर, काठमाडाैँ। चितवन राष्ट्रिय निकुञ्जको भित्री भागमा दुईवटा गैँडाको खागसहित आठ जना पक्राउ परेका छन् ।

पक्राउ परेका उनीहरूलाई आज सार्वजनिक गरिँदै छ । निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने चपरचुली सुरक्षा चौकीबाट दुई किलोमिटर दक्षिण–पूर्वतर्फ कात्तिक ३० गते खाल्डोमा पारेर दुईवटा गैँडा मारिएका थिए । अन्दाजी १८ र छ वर्षका पोथी गैँडा मारिएपछि निकुञ्ज प्रशासन, नेपाली सेना र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तस्कर पक्राउ गर्न खटिएको थियो । गैँडा मृत भेटिएको १० दिन नबित्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मङ्सिर ९ गते पूर्वी चितवनको राप्ती नगरपालिका–३ बाट छ जना र ११ गते सोही नगरपालिकाको भण्डाराबाट दुई जना पक्राउ परेका जनाइएको छ । पक्राउ परेकाहरू चितवन र मकवानपुरका हुन् । गैँडा मारेर खाग बिक्री गर्न तयारी गरिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् । पक्राउपछि उनीहरूबाट खागसमेत बरामद गरिएको छ । निकुञ्जको गस्ती भइरहने क्षेत्रमा गैँडा मारिएपछि वन तथा वातावरण मन्त्रालयले अध्ययनका लागि टोली गठन गरेको थियो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक बेदकुमार ढकालको संयोजकत्वमा गठित टोलीले स्थलगतरूपमा अध्ययन गरेर यही मङ्सिर १२ गते विभागका महानिर्देशक डा सिन्धुप्रसाद ढुङ्गानालाई प्रतिवेदन बुझाएको छ । निकुञ्जको महत्त्वपूर्ण भू–भागमा पुरातन शैलीमा गैँडा मारिएपछि सर्वत्र चासो र चिन्ता व्यक्त गरिएको थियो । घटनालगत्तै निकुञ्ज प्रशासन, नेपाली सेना र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो खटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए । उनका अनुसार आज राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा पत्रकार सम्मेलनमार्फत पक्राउ परेका उनीहरुलाई सार्वजनिक गरिँदै छ । निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार पत्रकार सम्मेलनमा निकुञ्ज विभागका महानिर्देशक ढुङ्गाना, ब्यूरोका प्रवक्ता नवराज अधिकारी, नेपाली सेनाको राष्ट्रय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका अधिकारीसमेतको उपस्थिति रहनेछ । सशस्त्र द्वन्द्वको समयमा एकै वर्षमा ३८ वटासम्म गैँडा तस्करले मारेका थिए । पछिल्ला वर्षहरूमा वन्यजन्तु चोरी सिकारी घटेर गएको थियो । कतिपय वर्षमा निकुञ्जले शून्य चोरी सिकार वर्ष मनाएको थियो ।गत वर्ष दुईवटा गैँडा सिकारीले मारेका निकुञ्जले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो गणनाअनुसार छ सय ९४ गैँडा रहेका छन् । नेपालमा सात सय ५२ गैँडा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन मङ्सिर १३ गते दुबई प्रस्थान गर्ने
प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन मङ्सिर १३ गते दुबई प्रस्थान गर्ने
कांग्रेसकै नेताले मागे गृहमन्त्री लेखकको राजीनामा
कांग्रेसकै नेताले मागे गृहमन्त्री लेखकको राजीनामा
३ महिनापछि सेयरबजारमा १२ अर्ब बढीको कारोबार
३ महिनापछि सेयरबजारमा १२ अर्ब बढीको कारोबार
दिलभूषणको पक्राउ पूर्जीविरुद्ध परेको मुद्दामा सुनुवाइ सकियो
दिलभूषणको पक्राउ पूर्जीविरुद्ध परेको मुद्दामा सुनुवाइ सकियो
लहान मुटु अस्पताल : कम शुल्कमा गुणस्तरीय सेवा
लहान मुटु अस्पताल : कम शुल्कमा गुणस्तरीय सेवा
जसपाका प्रदेश अध्यक्ष अशोक यादवले छाडे पार्टी, साधारण सदस्यसमेत नरहने गरी दिए राजीनामा
जसपाका प्रदेश अध्यक्ष अशोक यादवले छाडे पार्टी, साधारण सदस्यसमेत नरहने गरी दिए राजीनामा
वर्षाले १३ स्थानमा सडक अवरुद्ध
वर्षाले १३ स्थानमा सडक अवरुद्ध
विद्यार्थीहरूलाई च्याटजीपीटी प्लस निःशुल्क दिदै ओपन एआई
विद्यार्थीहरूलाई च्याटजीपीटी प्लस निःशुल्क दिदै ओपन एआई
आमाको उपचारमा जाँदा दुर्घटनामा परिवार गुम्यो, सहाराविहीन भए दुई सन्तान र श्रीमती
आमाको उपचारमा जाँदा दुर्घटनामा परिवार गुम्यो, सहाराविहीन भए दुई सन्तान र श्रीमती
कर्णाली करिडोर सडकखण्ड मंगलबारदेखि चार दिन पूर्ण रूपमा बन्द हुने
कर्णाली करिडोर सडकखण्ड मंगलबारदेखि चार दिन पूर्ण रूपमा बन्द हुने